बागमती प्रदेश

बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

Breaking News 2, बागमती प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका वडम नम्बर ८ स्थित जन जागृति माध्यमिक विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने भएको हो । घलानले मंगलबार विद्यालयमामा पुगी एक थान प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेको थियो । विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्न लागेको घलानले बताए बताएका छन् । घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घलान राजनीति र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन्। नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत घलान उक्त वडामा जिल्ला प्रतिनिधिको रुपमा पुगेका थिए ।...
हेटौँडा सिमेन्ट उद्योग पुन सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग पुन सञ्चालनमा

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौँडा/ हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुन सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो । कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएपछि उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए । उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको महाप्रबन्धक पाण्डेले दिएका छन् ।...
आर्मीलाई सडनडेथमा पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश

आर्मीलाई सडनडेथमा पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश

Breaking news 3, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ आर्मीलाई सडनडेथमा पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार हेटौंडा – ६ स्थित गौरिटार रंगशालामा भएको खेलमा धनकुटाले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै सेमिफाइनलमा स्प्रवेश गरेकोे हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । खेलको ११ औं मिनेटमा आर्मीको तर्फबाट रसबहादुर मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८४औं मिनेटमा धनकुटाका तर्फबाट विदेशी खेलाडी अजायी मार्टिनले गोल गर्दै खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा ३–३ गोल भएपछि सडनडेथमा राजारानीका प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । धनकुटाले सेमिफाइनलमा न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि मंगलबार थ्रीस्टार क्लब ललितपुर र सशस्त्र प्रहरीको एपी...
निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

Breaking News 2, बागमती प्रदेश, स्थानीय तह विशेष
बागमती/ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु देखिएको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ एसले मकवानपुर सहित बारा सर्लाहीमा निशुल्क आँखा शिविर अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा आइतबार मकवानपुरको पाथीभरा र बारा जिल्लाको ईनारुवामा शिविर सञ्चालन गरिएको एरिया २ का एरिया चिफ जेपि यादवले बताए । पाथिभरामा १२६ जनाले आँखा परिक्षण गर्दा २० जनामा मोतिया विन्दु देखा परेको कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । त्यस्तै, बाराको ईनरुवामा भएको निशुल्क आँखा शिविरमा ३२८ जनाले परिक्षण गरेका छन् । जसमध्ये ७८ जनामा मोतियाविन्दु देखा परेको संयोजक भेटवालले बताए । आज सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर र सर्लाहीको रामनगरमा कार्यक्रम सञ्चालन हुने चिफ यादवले बताए । यस अघि २० गते शनिबार मकवानपुरगढी गाउँपा...
प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई बागमती प्रदेश सरकारको तीव्रता

प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई बागमती प्रदेश सरकारको तीव्रता

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा /  बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन गर्दै गत पुस ९ र माघ २ मा भारी मात्रामा कर्मचारी भर्ना गर्ने गरी प्रदेश लोक सेवा आयोग मार्फत पदपूर्तिका लागि भर्ना खुल्ला गरी प्रक्रिया अघि बढाइसकेको छ भने उक्त ऐन कार्यान्वयनमा रहेका समस्या हल गर्न निजामती सेवा नियमावली जारी गर्ने तयारी गरेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनको प्रभावकारी कार्यान्वयनमा लागि नियमावली जारी गर्ने तयारी गरेको हो । प्रदेश सरकारले निजामती सेवा ऐन २०७९ को दफा १३५ ले दिएको अधिकार प्रयोग गरेर नियमावली जारी गर्न तयारी गरेको हो । सो दफा अनुसार नियमावली जारी गर्न प्रदेश सरकारले नियमावलीको ड्राफ्ट तयार गरी विभिन्न चरणको छलफल पछि जारी गर्ने अन्तिम तयारी गरेको हो ।...
हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउने भएको छ । मकवानपुर जिल्ला अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव आउने भएको हो । जनता समाजवादी पार्टी मकवानपुर जिल्ला कार्यलयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दे माघ २४ गते यादव हेटौंडा आउने बारे जानकारी दिएको थियो । कार्यक्रममा नगर कमिटी संयोजक कविन सिन्तानको सभाध्यक्षता र यादवको प्रमुख आतिथ्यता रहने मकवानपुर जिल्ला कार्यलयले जनाएको छ ।...
उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
सिन्धुली/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताए। सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।...
नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै घेदुङले गरे सिडिओलाई धन्यवाद ज्ञापन

नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै घेदुङले गरे सिडिओलाई धन्यवाद ज्ञापन

Breaking News 2, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै सिडिओलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाल तामाङ घेदुङ बागमति प्रदेश र घेदुङ जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख सुर्य प्रसाद सेडाईलाई धन्यवाद ज्ञापन गरेको हो । बागमति प्रदेश सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजिको भाषा रुपमा प्रयोग गर्ने ऐन पारित भए पछि मकवानपुर जिल्ला प्रशासन कार्यलयका प्रमुख सेडाईले पहिलो चोटि तामाङ भाषामा बडा पत्र राखिएकोमा हष्रित भएको घेदुङ बागमति प्रदेशका अध्यक्ष लिला कुमार घलानले बताए । जिल्ला प्रशासन कार्यलयमा नागरिकता शाखा र राहधानि शाखामा तामाङ भाषामा जिगंल तयार पारी प्रस्तुत गरिकाले तामाङ समुदायका नागरिकलाई टेवा पुगेको उनको भनाई छ ।...
मकवानपुरगढीमा सोनाम ल्होछार कार्यक्रम हुने- मकवानपुरगढी घेदुङमा ६ सदस्य थप

मकवानपुरगढीमा सोनाम ल्होछार कार्यक्रम हुने- मकवानपुरगढी घेदुङमा ६ सदस्य थप

Breaking News 1, बागमती प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले दमार चौरमा सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढीगाउँपालिका समितिको बिहीबार बसेको बैठकले ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको हो । तामाङ संस्कार रितिरीवाजको जर्गेना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिले जनाएको छ । ल्होछार कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै तामाङ संस्कृति झल्काउने तामाङ सेलो नृत्य, तामाङ सेलो गायन,बोेम्बो झाक्रि,लामा ताम्बाको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । तामाङ समुदायको मुख्य परिकारहरुको स्थानियहरुले स्टल राखी प्रर्दशन समेत गर्ने छ । यसै गरी सोनाम ल्होछार कार्यक्रममा ४ देखि ५ हजार दर्शकशरुले अनुगमा गर्ने अनुमान गरिएको छ । कार्यक्रमको लागि ८ देखि १० लाख खर्च हुने अनुमान गरिएको उक्त पालिका घेदुङका अध्यक्ष सानो कान्छा थि...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"