राजनीति

इलाम २ को मतगणनामा एमाले उम्मेदवार नेम्वाङले अग्रता कायमै

इलाम २ को मतगणनामा एमाले उम्मेदवार नेम्वाङले अग्रता कायमै

Breaking News 1, राजनीति, समाचार
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मतसहित अग्रता कायम गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका छन् । सुहाङ र डम्बरबिच २ हजार ८५३ मतान्तर रहेको छ । त्यसै गरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ९५१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४०१मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना जारी छ ।...
इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

Breaking News 2, राजनीति, समाचार
इलाम / फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस ८२ मतले अघि लागेको छ । १ र २ मा २ हजार ८३९ मत खसेकोमा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले१ हजार ६३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको  ३११ मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू २०९ मत पाएर चौथो स्थानमा छन् । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।...
इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान

इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान

Breaking News 2, राजनीति, समाचार
विराटनगर / इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६६ हजार अर्थात् ५७ प्रतिशत मतदान भएको हो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इलाम २ का ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रलाई संवेदनशील मानिए पनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो । २०७९ को संघीय निर्वाचनमा इलाम २ मा ६२ प्रतिशत मत खसेको थियो । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मतदान सम्पन्न गर्नका लागि सात सय ४५ जना कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शान्ति सुरक्षामा अति सजगता अपनाएका कारण सहज रूपमा मतदान सकिएको जानकारी दिए ।...
इलाम २ मा ५७ प्रतिशत मतदान,आजै मत गणना सुरु गर्ने तयारी

इलाम २ मा ५७ प्रतिशत मतदान,आजै मत गणना सुरु गर्ने तयारी

Breaking News 2, प्रमुख समाचार, राजनीति
इलाम। इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय गरिने जनाएको छ ।...
चैत्र २७ गतेको जनआन्दोलमा मृत्यु भएका डाँगिको श्रद्धाञ्जलि सभा

चैत्र २७ गतेको जनआन्दोलमा मृत्यु भएका डाँगिको श्रद्धाञ्जलि सभा

Breaking news 3, राजनीति, समाचार
हेटौंडा/ राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गते काठमाण्डौँमा आयोजना गरेको जनआन्दोलमा बर्दिया मधुबल नगरपालिकाका स्ंस्थापक अध्यक्ष ठाकुर प्रसाद डाँगि घाईते घाईते भएका थिए । घाईते भएका डाँगिको बैशाख ३ गते मृत्यु हुन पुग्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले मृतक प्रसाद को १३ औं पुण्य तिथिका दिन आज शनिबार दिवंगत भइ बिरगती प्राप्त गरेको भन्दै श्रद्धाञ्जलि सभा गरेको छ । श्रद्धाञ्जलि सभामा पार्टीका केन्द्रिय सदस्य रामहरी न्यौपाने , केन्द्रीय सदस्य राम बहादुर थोकर, कार्यबाहक अध्यक्ष सागर थापा, बाग्मति प्रदेश सदस्य नवराज थपलिया, जिल्ला सह सचिव कृष्ण घिमिरे , क्षेत्रिय अध्यक्ष नरहरि सुबेदि, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा र महिला संगठनका केन्द्रिय सचिव सरस्वति थिङ लगाएतको उपस्थित रहेको थियो ।...
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । चौधरीले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । सुनुवाइका लागि वैशाख १८ गतेलाई अर्को पेसी तारेख पनि तोकिएको छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि रेशम अदालत गएका थिए । रेशम चौधरीले जेलमा रहेको समयमा आफ्नो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ती पार्टीको स्थापना गरेको थियो । हाल रञ्जिता र रेशमका बिचमा विवाद उत्पन्न भएको छ । जसको कारणले गर्दा श्रीमान श्रीमतीको सम्बन्धमा पनि दरार आउन सक्ने...
कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

Breaking News 1, कर्णाली प्रदेश, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलकपरियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलकोबैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्रीनियुक्त गरेका हुन् ।...
बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

Breaking News 1, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रमा ४० भन्दा बढी व्यक्तिहरु प्रवेश गरेका छन् । सोमबार विभिन्न पार्टी परित्याग गरि व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । बागमती गाउँपालिका झुरझुरेमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सचिवलय सदस्य ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान ज्वालालगायतले खादा र टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा नेकपा एमालेका निर्मल राई...
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

Breaking News 2, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।  ...
सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।   सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीति जटिल रहेको बताउनुभयो । अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आश...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"