समाचार

उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री दाहाल

उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री दाहाल

Breaking News 1, समाचार
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएकोे छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्ता साझेदार दलहरुको तर्फबाट प्रस्तुत साझा न्युनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मुलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्नेगरी सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए । राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्युनिकरण गर्दै त्यसको अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दलहरु, टे«ड युनियनहरु, निजी क्षेत्र लगायतका साथ रहन...
विदेश पठाउँछु भनेर ठगि गरी फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गर्यो

विदेश पठाउँछु भनेर ठगि गरी फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गर्यो

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ । ‘विदेश पठाउँछु’ भनेर ठगेपछि फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका घर भएका ३२ वर्षीय रबिन तामाङ, काभ्रे घर भएका २३ वर्षीय सहदेव रिजाल र मकवानपुर घर भएका २० वर्षीय कविराज सुवेदी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर थप कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ । रबिन तामाङले अफ्रिका पठाउँछु भनेर पीडितहरूसँग ४ लाख ९० हजार लिएपछि सम्पर्क विहीन भएका थिए । आरोपी रिजालले क्यानडा पठाउँछु भनेर ८ लाख रुपैयाँ ठगी गरेका हुन् । कविराज सुवेदीले दुबई पठाउँछु भनेर ८० हजार लिएपछि सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् । ...
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित,रास्वपाका उम्मेद्धार मिलन लिम्बुको जमानत जफत

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित,रास्वपाका उम्मेद्धार मिलन लिम्बुको जमानत जफत

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो । त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । चुनाव जित्ने आंकलन गरेका रास्वपाका उम्मेद्धार मिलन लिम्बु सहित १६ जनाको जमानत जफत भएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका ...
सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरे

सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरे

Breaking News 1, राजनीति, समाचार
काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् । ४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।...
बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत

बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत

Breaking News 1, समाचार
काठमाडौँ / बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो । निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने हुन्थ्यो । निर्वाचनमा पराजित नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले भने जमानत जोगाउन सफल भएका छन्।   उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।...
जीबी राई समूहले सञ्चालन गरेको सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिए

जीबी राई समूहले सञ्चालन गरेको सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिए

Breaking News 2, अर्थ, समाचार
काठमाडौँ / जीबी राई समूहले सञ्चालन गरेको काठमाडौं स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालीमाटीमा ५ सय २८ जनाले करिब १ अर्ब बचत रकम फिर्ताको माग गर्दै उजुरी दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुमन खनालका अनुसार उजुरी दर्तापछि थप पीडितहरू सम्पर्कमा आएका छन् । ‘थप ५०÷६० जनाको उजुरी प्राप्त भएको छ । संकलन गरेर प्रहरीमा बुझाउँछौं,’ उनले भने । प्रहरीले उजुरी स्विकारे पनि दर्ता गरिसकेको छैन । ‘धेरैको उजुरी परेको छ, सबै उजुरी अध्ययन भइरहेकाले दर्ता गरिसकेका छैनौं,’ प्रहरी स्रोतले भन्यो, ‘प्रक्रिया पुगे नपुगेकोबारे अध्ययन गरेपछि दर्ता हुन्छ ।’ वाग्मती प्रदेश सहकारी कार्यालयबाट पत्रसहित आवश्यक कागजात आउन बाँकी रहेकाले उजुरी दर्ता नभएको सहकारी पीडितले बताए । ‘प्रहरीले ...
इलाम २ को मतगणनामा एमाले उम्मेदवार नेम्वाङले अग्रता कायमै

इलाम २ को मतगणनामा एमाले उम्मेदवार नेम्वाङले अग्रता कायमै

Breaking News 1, राजनीति, समाचार
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मतसहित अग्रता कायम गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका छन् । सुहाङ र डम्बरबिच २ हजार ८५३ मतान्तर रहेको छ । त्यसै गरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ९५१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४०१मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना जारी छ ।...
मकवानपुरगढी २ का मोक्तान सालको काठ सहित पत्राउ

मकवानपुरगढी २ का मोक्तान सालको काठ सहित पत्राउ

Breaking news 3, समाचार
हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ का २५ वर्षीय आइतसिंह मोक्तान सालको काठ सहित पत्राउ परेका छन्।  शिव राईगाउँबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १ बजे मकवानपुरको बागमती गाउँपालिका–२, भुर्कुसटोलबाट बा ५ ख ५४०० नम्बरको टिपरमा  काठ लोड गरेको अवस्थामा मोक्तानलाई पक्राउ गरेको    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।...
इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

Breaking News 2, राजनीति, समाचार
इलाम / फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस ८२ मतले अघि लागेको छ । १ र २ मा २ हजार ८३९ मत खसेकोमा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले१ हजार ६३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको  ३११ मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू २०९ मत पाएर चौथो स्थानमा छन् । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।...
सेयर बजारमा सकरात्मक प्रभाव

सेयर बजारमा सकरात्मक प्रभाव

Breaking news 3, अर्थ, समाचार
काठमाडौँ / आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैगर्दा यसको सकारात्मक प्रभाव यता सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको लगानी सम्मेलनको पहिलो दिन नेप्से सूचक १४.३३ अंकले बढ्दै १९८०.२७ अंकमा उक्लिएको हो । यस्तै आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.६२ अंकले बढ्दै ३५०.८० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । ट्रेडिङ समूहको उपसूचक बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"