बागमती प्रदेश सरकारमा नेकपा एसका आलेमगर मन्त्रीमा नियुक्त
हेटौंडा / बागमती प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर मन्त्रीमा नियुक्त भएको छ ।
बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार आलेलाई मन्त्री नियुक्त गरेको हो । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने बताइएको छ । सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् ।...








