समाचार

नेकपा एसले माघ २५देखि महाधिवेशन अभियान गर्ने

नेकपा एसले माघ २५देखि महाधिवेशन अभियान गर्ने

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ /नेकपा (एकीकृत समाजवादी)ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाखसम्म सञ्चालन हुने अभियानअन्तर्गत संगठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्न लागेको पार्टीले मातहतका कमिटीलाई यही माघ १४ र १५ गते काठमाडौँमा हुने आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिएको छ । विधान संशोधन मस्यौदाबारे छलफल गरिने सो बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामा तल्लो कमिटीका सुझाव समावेश गरिने जनाएको छ । बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यलाई बैठकबारे जानकारी गराउनुपर्ने प्रावधान रा...
रूसी सेनामा भएका नेपालीलाई फिर्ता पठाउन परराष्ट्रमन्त्रीको आग्रह

रूसी सेनामा भएका नेपालीलाई फिर्ता पठाउन परराष्ट्रमन्त्रीको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
काठमाडौं /परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गर्नुभएको छ । युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरी उक्त आग्रह गर्नु भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताउनु भएको थियो ।...
१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

Breaking News 1, प्रमुख समाचार, समाचार
५ माघ, काठमाण्डौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार  बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा ६ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए । प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ । उनले भने, “हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौँ र त्यसको र...
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौं- प्रधानमन्त्री दाहाल

प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौं- प्रधानमन्त्री दाहाल

Breaking News 2, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्र संघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ । साझा विश्व समृद्धिका लागि गहन सहकार्य नारामा सुरु भएको ‘नाम’ को १९ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ‘विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्र संघका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसंघपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नु पर्ने बताउनस भयो ।...
हेटौंडामा माघ १० देखि १६ गते सम्म सहिद सप्ताह मलाईने

हेटौंडामा माघ १० देखि १६ गते सम्म सहिद सप्ताह मलाईने

Breaking News 2, बागमती प्रदेश, समाचार, समाज
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सहिद सप्ताह हुने भएको छ । हेटौडा –११ स्थित सहिद स्मारक बिकास समितिले माघ १० देखि १६ गते सम्म दिवस–२०८० सप्ताहव्यापी रूपमा मनाउने बिकास समितिले जनाएको छ । स्मारक विकास समितिले सहिद सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्ने समितिले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र भारतका विदेशमन्त्री एस. जयशंकर बिच भेटवार्ता

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गर्नु भएको छ । युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान नाम का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो । उक्त अवसरमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएको छ ।...
सातै प्रदेशमा निर्वाचनको मतपत्र पुग्यो

सातै प्रदेशमा निर्वाचनको मतपत्र पुग्यो

Breaking News 2, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं /सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतपत्र पुगेको छ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पु¥याइएको हो । शुक्रबारसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिनुभयो । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ । प्रदेश सभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङ्गको कागजमा रातो रङ्गको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।...
हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने

हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ६ स्थित गौरीटार रंगशालामा छैठौं सहिद अन्तराष्टिय मकवानपुर गोल्डकप हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १६ गते देखि २७ गते सम्म प्रतियोगिता हुने मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको हो । प्रतियोगितामा  १२ वटा टिम सहभागि रहने आयोजकले जनाएको छ । यसै गरी प्रतियोगितामा प्रथम हुनेलाई रु १५ लाख प्रदान गर्ने छन् भने द्धितिय हुने टिमले रु १० लाख ,सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईक , बिद्यागत उत्कृष्ट खेलाडिलाई २५ हजार प्रदान गर्ने र म्यान अफ दि म्याच घोषित हुनेलाई रु १० हजार प्रदान गर्ने र अन्य सहभागि टिमलाई यातायात खर्च प्रदान गरिने  जनाएको छ । हेटौंडा -४ निवासी युवा व्यबसायी परशुराम स्मृति प्रतिष्ठानका प्रमुख सन्तोष गौतमले प्रतियोगितामा सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईकको सौजन्य गरिएको जिल्ला जिल्ला फुटबल संघ...
मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने-अध्यक्षओली

मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने-अध्यक्षओली

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ पर्खिन नसक्ने अवस्था आउनेबताउनु भएको छ । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उहाले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताउनु भएको हो । अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उहाले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताउनु भयो ।...
बाग्लुङमा दुर्गा प्रसाईं माथि हातपातको प्रयास

बाग्लुङमा दुर्गा प्रसाईं माथि हातपातको प्रयास

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
बाग्लुङ/ बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथि हातपातको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताउनु भएको छ । हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो । बाग्लुङमा गौतमले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् । यसै गरी प्रसाई अभियानकै लागि ६ गते आईतबार हेटौंडा आउदै छ ।    ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"