समाचार

रवि लामिछानेलाई  कास्की अदालतमा लगियो

रवि लामिछानेलाई कास्की अदालतमा लगियो

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो । लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ । यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ ।...
फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

Breaking news 3, रोचक, समाचार
दक्षिण कोरिया , १० नोभेम्बर / दक्षिण कोरियाबाट फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न अब ५ दिन साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ । यो योजना कार्तिक ३० गते अर्थात नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन मात्र बाकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ । यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको बिजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना बिजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।...
पाकिस्तान रेलवे स्टेशनमा विस्फोट, मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

पाकिस्तान रेलवे स्टेशनमा विस्फोट, मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
इस्लामावाद / दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २५ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा पर्खिरहेका बेला विस्फोट भएको हो । “मृत्यु भएको पुष्टि भएका २५ मध्ये १४ जना सेनाका कर्मचारी छन्,” एक वरिष्ठ स्थानीय प्रहरी अधिकारी मुहम्मद बलोचले बताए । स्थानीय अस्पतालका प्रवक्ताले विस्फोटमा परी घाइते भएका दर्जनौं व्यक्तिलाई अस्पतालमा ल्याइएको र धेरैको मृत्यु भएको बताए । बलुचिस्तानमा बारम्बार आक्रमणहरू भए तापनि अफगानिस्तान र इरानको सिमाना जोडिएको दक्षिणपश्चिमी प्रान्तमा शनिबारको विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या विशेष गरी उच्च रहेको छ । रेल स्टेशनमा विष्फोट बिहान ८ः४५ बजे भएको थियो । यस क्षेत्रको मुख्य अलगाववादी समूहहरू मध्ये एक बलुच लिबरेशन आर्मी...
नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने प्रचण्डको उद्यघोष

नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने प्रचण्डको उद्यघोष

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलनको उद्यघोष गरेका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै उनले  भ्रष्टचार , व्यथिति विरुद्ध आफ्नो नेतृत्वमा नयाँ आन्दोलन छिटै ल्याउने बताएका हुन् । नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने उनको भनाई छ ।   अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष्य प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप समेत लगाएका छन् । ओली सरकारलाई उज्यालो मन नपरेको टिप्पणी गर्दै देशलाई अँध्यारोमा लैजाने काम गरिहेको बताए । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कड...
फोन मनी रिफर गर्ने र रजिष्टार गर्नेलाई उपहार

फोन मनी रिफर गर्ने र रजिष्टार गर्नेलाई उपहार

Breaking News 2, अर्थ, समाचार
दक्षिण कोरिया / फोन मनीले दक्षिण कोरियामा “रिफर एण्ड वीन“ अफर सहित “रजिष्टर गर्ने सबैलाई उपहार“ योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिने भएका छन् । आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टार गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ । यो अफर संगै फोन मनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोन मनी एप रजिष्टार गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टार गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टार गर्ने सबैले उपहार पाउने भएका छन । यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ । जस अन्तर्गत “पैसा इसेवामा,घर काठमाण्डौमा“ भनेर फोनम...
मकवानपुरको बकैया ४ का वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

मकवानपुरको बकैया ४ का वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजन दंगाल पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएको छ । वडाध्यक्ष दंगालले सरकारी कागजात कीर्ते गरेको भन्दै पुर्पक्षका लागि जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासल उनलाई थुनामा राखेको हो । वडाध्यक्ष दंगालविरुद्ध गत असार दोस्रो हप्ता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ रहेको छ । जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । गुरुङको नाममा उमादेवीको ललितपुर, कीर्तिपुर र चितवनमा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको ...
नुवाकोट समाज दक्षिण कोरियाको साधरण सभा कार्यक्रमको तयारी पुरा

नुवाकोट समाज दक्षिण कोरियाको साधरण सभा कार्यक्रमको तयारी पुरा

Breaking News 2, प्रवास, समाचार
दक्षिण कोरिया/ नुवाकोट समाज दक्षिण कोरियाको ११ औं साधरण सभा कार्यक्रमको तयारी अन्तिम पुरा भएको छ । नोभेम्बर १० तारिक आईतबार संस्थाको साधरण सभा हुन लागिएको हो । उक्त कार्यक्रम गिम्फोमा सञ्चालन हुन लागिएको आयोजकले जनाएको छ ।
नोभेम्बर १७ मा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधरणसभा हुँदै

नोभेम्बर १७ मा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधरणसभा हुँदै

Breaking news 3, प्रवास, समाचार
दक्षिण कोरिया/ः नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधरणसभा हुदैँ छ । दक्षिण कोरिया को सउलमा नोभेम्बर १७ तारीक आईतबार साधरणसभा हुने भएको हो । “तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौ, तामाङ पहिचान र अस्तित्वको लागी एक हौ “भन्ने मुल नाराको साथ कार्यक्रम हुने भएको जनाएको छ । यस्तै कार्यक्रम निक नेपाल ट्राभल्सको सभाहलमा सञचालन हुने आयोजकले जनाएको छ । आयोजक संस्थाले कार्यक्रममा दक्षिण कोरिया बासी नेपाली लगायत सरोकारवालाहरुलाई उपस्थितको लागि निमन्त्रणा गरेका छन् ।...
अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं / अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ । १० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।...
प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ भ्लगर रतनको अभिव्यक्तिले उनलाई नेपाल झिकाउन नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै

प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ भ्लगर रतनको अभिव्यक्तिले उनलाई नेपाल झिकाउन नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै

Breaking news 3, समाचार, सामाजिक सञ्जाल
काठमाडौँ / साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे ।     सो भिडियो धेरैले हेरेका छन् । कार्तिक १४ मा सो भिडियो पोस्ट गर्ने भ्लगर हुन्, रतन कार्की । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टोकियोमा बस्ने भ्लगर कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । चितवनको भरतपुर घर भएका कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोका एक जना अधिकृतले बताए । सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका छन्, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घे...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"