समाचार

छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

Breaking News 1, कर्णाली प्रदेश, समाचार, समाज
सुर्खेत / सुर्खेतको पञ्चपुरी नगरपालिकामा–६ मा छोरी बलात्कारको घटना लुकाउन आफ्नै छोराको हत्या गरेको बुबाले स्वीकारेका छन् । ४५ वर्षीय बुबाले आफू र छोरीबीचको घटना प्रहरी कार्यालयमा पुगेपछि छोराको हत्या गरेको बताएका छन् । बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा, हवल्दार टीकाराम आचार्य, जवान नवीन योगीको टोलीले हत्या आरोपितलाई टीकापुरबाट प्रकाउ गरेको हो । गत सोमबार २१ वर्षीया छोरालाई बञ्चरो प्रहार गरी हत्या गरी उनी महेन्द्रनगर हुँदै भारत पस्ने दाउमा रहेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । छोराले जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा बहिनीलाई बलात्कार गरेको भन्दै बाबुविरुद्द जाहेरी दिएका थिए । पक्राउ परेका आरोपितलाई टीकापुरबाट सुर्खेत ल्याइँदै छ ।...
वृद्धाश्रम बनाउने खतराबाट देशलाइ मुक्त गरेरै छोड्छौँ – गृहमन्त्री श्रेष्ठ

वृद्धाश्रम बनाउने खतराबाट देशलाइ मुक्त गरेरै छोड्छौँ – गृहमन्त्री श्रेष्ठ

Breaking News 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं /उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले देशलाई कुनैपनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताउनु भयो । उहाँले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । गृहमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिष्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढीरहेको बताउनु भयो । उहाँले विकासको प्रक्रियालाई नयाँ र तिब्रताका साथ अहिले सरकारले काम गरिरहरेको बताउनु भयो । ईमेज खबरबाट साभार गरिएको...
आगामी १२ वर्षमा नेपालले २८ हजार मेगावाट विद्युत उत्पादन गर्नेछः उर्जामन्त्री बस्नेत

आगामी १२ वर्षमा नेपालले २८ हजार मेगावाट विद्युत उत्पादन गर्नेछः उर्जामन्त्री बस्नेत

Breaking News 1, समाचार, समाज
काठमाडौं/ उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने बताउनुभएको छ । बिहीवार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री बस्नेतले उक्त कुरा बताउनुभएको हो । उहाँले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गर्नुभयो । उर्जामन्त्री बस्नेतले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्षभित्रमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्नसक्ने बताउनु भयो । मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढीरहेको बताउनु भयो । उहाँले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको बताउनु भयो ।...
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

Breaking News 2, समाचार
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गर्नु भएको छ । उहा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नु भएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् ।...
रवि लामिछानेविरूद्व सहकारी ठगीको आरोपमा उजुरी दर्ता

रवि लामिछानेविरूद्व सहकारी ठगीको आरोपमा उजुरी दर्ता

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व सहकारी ठगीको आरोपमा सहकारी विभागमा उजुरी दर्ता भएको छ । उनीसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईविरूद्व युवराज सफलले उजुरी दर्ता गराएका हुन्। लामिछान गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी थिए । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदनमा भनिएको छ । रविले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफू दोषी देखिए हदैसम्मको कारबाही भोग्न तयार रहेको बताएका छन् ।  ...
चन्द्रागिरि–चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ ः प्रधानमन्त्री

चन्द्रागिरि–चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ ः प्रधानमन्त्री

Breaking News 1, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताउनु भएको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमा बजेट अभावका कारण दैनिक हजारौंले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताहरूले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष (आव) मै बजेट व्यवस्थापन हुने विश्वास दिलाउनु भयो । बुधबार नेकपा एमालेका सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरूले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने बताउनु भएको छ ।...
माओवादी केन्द्र हेटौंडा–१२ को नेतृत्वमा पोखरेल चयन

माओवादी केन्द्र हेटौंडा–१२ को नेतृत्वमा पोखरेल चयन

बागमती प्रदेश, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका – १२ नम्बर वडा कमिटिको नेतृत्वमा रामहरि पोखरेल चयन भएका छन् । बुधबार भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पोखरेललाई अध्यक्षमा सर्वसम्मत् चयन गरिएका हुन् । यस्तै, उपाध्यक्षमा अष्ट घलान, नवराज घलान, रविनकुमार प्रजा, सचिवमा माधव प्रसाद घिमिरे सहसचिव अञ्जु थिङ, औतर सिं गोले, कोषाध्यक्षमा लिलाकुमारी विक चयन भएका छन् । सदस्यहरुमा तुलाराज थिङ, घेसेदोर्जे बल, हरि पौडेल, भगवान अर्याल, शान्ता रुम्बा, रमिता बराल, सुनमाया दोङ, यशोदा खनाललगायत ३५ सदस्यीय वडा कमिटि चयन भएको छ ।यसैगरि, सम्मेलनबाट छिरिङ लामाको नेतृत्वमा ११ सदस्यीय माओवादी केन्द्रको युवा संगठन वाइसीएल वडा कमिटि चयन भएको छ । यस्तै, पार्वती घलानको नेतृत्वमा १७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटि चयन भएको छ । सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस...
बुधबार मनहरीमा आप्रवासनको प्रभावसम्बन्धी अन्तरक्रिया

बुधबार मनहरीमा आप्रवासनको प्रभावसम्बन्धी अन्तरक्रिया

Breaking News 2, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार आप्रवासनको प्रभाव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । मनहरी उँपालिकाको रोजगार शाखाको आयोजनामा भएको अन्तरक्रियामा सुरक्षित आप्रवासनका लागि दिइने परामर्श र आप्रवासनको वर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकाको सहकार्यमा संचालन भइरहेको सुरक्षित आप्रवासी (सामी) कार्यक्रम १० वटै स्थानीय तहमा संचालन हुँदै आइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट चलिरहेको सुरक्षित आप्रवासी रोजगारी सम्बन्धी कार्यक्रम नेपाल भरीमा १५६ पालिका र ३८ जिल्लामा संचालन हुँदै आइरहेको छ । स्थानीय पालिका आफँैले संचालन गर्दै आएको कार्यक्रम मनहरी गाउँपालिकाले विगत ४ वर्ष देखि संचालन गर्दै आइरहेको जनाइएको छ ।...
कालिन्चोकमा हिमपात सुरु

कालिन्चोकमा हिमपात सुरु

Breaking news 3, बागमती प्रदेश, समाचार
दोलख ः दोलखा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । मङ्गलबार दिउसो देखि कालिन्चोक भगवती मन्दिर लगाएत जिल्लाका उच्च भेगमा समान्य वर्षासहित हिमपात पर्न सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र कुमार लामाले जानाकारी दिनु भएको छ । गत वर्षको तुलनामा यो वर्ष माघको पहिलो साता अर्थात् आज हिमपात भएको छ । कालिन्चोकमा दिउसो देखि हिमपात सुरु भए सँगै मन्दिरमा दर्शन गर्न गएका कतिपय भक्तजनहरू हर्षित भएका छन् भने वृद्धहरुलाई चिसोले प्रभावीत बनाएको छ। यो हिमापात केहि दिन बस्न सक्ने र अझै हिमपात पर्न सक्ने अनुमान यहाँका होटल व्यवसायीहरुले आकलन गरेका छन् । हिमपात भएपछि यो बर्ष जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ,चेर्दुङ लगाएतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरेका छन् । हिउँमा रमाउन यहाँ आन्तरिक तथ...
हेटौंडाको बौद्ध टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने

हेटौंडाको बौद्ध टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने

Breaking News 1, बागमती प्रदेश, समाचार, समाज
अन्जना तामाङ हेटौंडा/ हेटौंडा २ स्थित बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय दोर्जे फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा हुने भएको छ । बौद्ध माणि टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने बुधबार आयोजक समितिले पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो । वाङ अभिषेक कार्यक्रम र केहि महत्जपुर्ण धार्मिक प्रवचन ज्याम्याङ कुश्याब् रिन्पोछेज्युको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यमा ३ दिवसीय पुजा हुने जनाएको छ । उक्त पुजामा १० लाख लागत लाग्ने र ३ दिनमा ५ हजार देखि ८ हजार सम्म भक्तजन आउने अनुमान गरिएको छ । यसै गरी कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका अर्थ मन्त्रि बहादुर सिङ लामाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोहमा कार्यक्रम हुने र अन्तिम दिन हेटौैंडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामाको प्रमु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"