स्थानीय तह विशेष

दाजुभाइ एफसी ३–१ ले विजयी

दाजुभाइ एफसी ३–१ ले विजयी

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा जारी आठ ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार  क्वार्टरफाइनल खेलमा दाजुभाइ एफसीले एफसी भोर्लेलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। दाजुभाइ एफसीका कप्तान समिराज थोकरले दुई गोल गर्दै टिमको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको छ। प्रतियोगिता अन्तर्गत भोलि बैशाख २७ गते सेमिफाइनल चरणका दुई खेलहरू हुनेछन्। पहिलो खेल दिउँसो ३ बजे नेवा लाहाना र नाकसोती एफसीबीच हुनेछ भने दोस्रो खेल ४ बजे दाजुभाइ एफसी र कमलदेवी युवा क्लबबीच हुनेछ। कुल ११ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद रु. ४०,०००, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. २०,००० सहित मेडल र ट्रफी प्राप्त गर्नेछ। स्थानीय युवाहरूको सक्रिय सहभागिता र दर्...
हेटौंडा–१८ मा आठ ए साइड नकआउट फुटबल प्रतियोगिता सुरु

हेटौंडा–१८ मा आठ ए साइड नकआउट फुटबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित आठ ए साइड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। संयुक्त नव स्टार युवा क्लबको मुख्य आयोजना र दाजुभाइ एफसीको सह–आयोजनामा सुरु भएको प्रतियोगितामा कुल ११ टिम सहभागी छन् ।   प्रतियोगिताको पहिलो खेलमा एसएनवाईसी (B) र कमलदेवी युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा कमलदेवी युवा क्लब विजयी बन्दै अर्को चरणमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत भोलि बिहान ८ बजे नेवा एफसी र अग्रसर एफसी बीच प्रतिस्पर्धा हुनेछ। विजेता टिमले नगद रु. ४०,०००, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. २०,०००, मेडल र ट्रफी प्राप्त गने छन्। प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने जनाएको छ । स्थानीय युवा तथा खेलप्रेमीहरूको उल्लेख...
महिला गोल्डकपको फाईलमा एपीएफ र पुलिस आमनेसामने

महिला गोल्डकपको फाईलमा एपीएफ र पुलिस आमनेसामने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  सातौँ शहीद स्मृति स्थानीय तह स्तरीय राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा  उपाधिका लागि दुई विभागीय टोली – एपीएफ क्लब र नेपाल पुलिस क्लब आमनेसामने भिड्ने भएका छन् । मंगलबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एपीएफ मकवानपुरले संकटालाई २–० गोलले पराजित गर्दै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको हो। एपीएफका लागि रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा पहिलो गोल गरिन् भने ७६ औं मिनेटमा अनिता केसीले दोस्रो गोल थपिन्। दुबै गोलमा कप्तान अनिता बस्नेतले असिष्ट गरेकी थिइन्। खेलमा प्रभावशाली प्रदर्शन गरेकी रेनुका नगरकोटी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले चितवनलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अब उपाधिका लागि एपी...
मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्याङतानको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्याङतानको मृत्यु

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित सिमपानीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको लोड ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्रु गंगा बहादुर स्याङतानलाई ठक्कर दिएको हो। ७० वर्षीय स्याङतान राक्सिराङ गाउँपालिका–९ स्थायी घर भई हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका थिए। ठक्करबाट गम्भीर घाइते भएका स्याङतानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। ट्रक चालक ४० वर्षीय प्रमोद महत्तो, सर्लाहीको हरिवन नगरपालिका–९११ निवासी, हाल मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
मकवानपुर / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सेन्सरसहितको चट्याङ्ग पूर्वसूचना प्रणाली जडान गरिएको छ। यो प्रविधि साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। सफल परीक्षणपछि दक्षिण एसियामै पहिलोपटक राक्सिराङ्गमा स्थापना गरिएको यो प्रणालीले आकाशमा विद्युतीय चार्जको संकेत पाउने बित्तिकै १६ किलोमिटरको क्षेत्रभित्र रहेका बासिन्दालाई १६ मिनेट अघिनै चेतावनी दिन सक्षम हुनेछ। राक्सिराङ्ग उच्च चट्याङ्ग जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिले चट्याङ्गबाट हुने सम्भावित क्षतिबाट समयमै सचेत गराउन र सुरक्षात्मक कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका विभिन्न स्थानहरू—राम्चे, भाट्टी, चैनपुर, सिलिङ्गे, गर्लिङ, पाङ्बुङ र कान्द्राङ लगायतका वडामा साइरन प्रणाली जडान गरिनेछ। पिपुल इन निडको आर्थि...
फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण

फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौँडा / लाईन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लाईन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले मकवानपुरका फरक क्षमता भएका तीन व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ को वडा सभाहलमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष लाईन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नं. वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा ह्विलचियर वितरण गरिएको हो । क्लबले हेटौंडा उपमहानगरपालिका–१३ की पातली माया मुक्तान, भिमफेदी गाउँपालिका–६ का कान्तराज थिके र भिमफेदी गाउँपालिका–३ का योगान्त वाइवालाई ह्विलचियर प्रदान गरिएको छ । कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चीफ लाईन्स अनिता थापा बिष्ट, डीजी कार्यक्रम अध्यक्ष लाईन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लाईन भानु थापा, जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ति मगरलगायतको उपस्थिति रहेको थियो । ह्विलचियर वितरण कार्यक्रम जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्त...
१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

Breaking News 2, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा । मकवानपुर थाहा नगरपालिकामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेका छन् । १३ बर्षीय छोरीलाई बलात्कार गरेको भन्दै ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ । पीडित छारीले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक–पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ । पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए ।...
राक्सिराङको चेपाङ बस्ती खानीको चपेटामा, ५ घरधुरी विस्थापित

राक्सिराङको चेपाङ बस्ती खानीको चपेटामा, ५ घरधुरी विस्थापित

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
अन्जना न्यासुर तामाङ हेटौंडा/  मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–४ स्थित गिङगुङ्मा सञ्चालनमा आएको रिद्वि सिद्वि सिमेन्ट उद्योगअन्तर्गतको चुनढुङ्गा खानीका कारण त्यहाँको चेपाङ समुदाय प्रत्यक्ष प्रभावित बनेको छ । करिब ५ बर्ष वर्ष देखि चुनढुङ्गा खानी सञ्चालनमा रहेका छन् ।  उक्त खानीका कारण विगत २ बर्ष देखि २५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने ५ घरधुरी विस्थापित भइसकेका छन् ।  डाँडामाथि सञ्चालनमा रहेको खानीबाट निकालिएको माटो र फोहोर व्यवस्थापन नगरिएकोले तलको चेपाङ बस्तीमा पहिरो जान सक्ने खतरा उच्च रहेको छ । बर्खायाममा माटो बगेर बस्तीमा पहिरो जाने उच्च जोखिम रहेकोले स्थानिय चिन्तित छन् । खानी क्षेत्रमा गाईबाख्रा चराउने स्थान पनि सिधै प्रभावित भएको छ, जसले चेपाङ समुदायको परम्परागत जीविकोपार्जनमा समेत असर पारेको छ । खानीको असर शिक्षा क्षेत्रमा समेत परेको छ । बस्ती नजिकको विद...
मकवानपुरगढीमा ईभी दुर्घटना हुदा २ जनाको मृत्यु

मकवानपुरगढीमा ईभी दुर्घटना हुदा २ जनाको मृत्यु

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, धरमपानीमा शुक्रबार राति ईभी (इलेक्ट्रिक) सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । कान्तिलोकपथ सडक खण्ड अन्र्तगत काठमाडौँबाट हेटौंडातर्फ आउँदै गर्दा गाडीमा सवार अन्य १४ जना घाइते भएका छन् । बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी रातिकरिब १ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडीमा चालक सहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकि निलम देवी राउतको उपचारकाक्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ताश्यामु अर्यालले जानकारी दिनुभयो । त्यस्तै १३ वर्षकिमानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामाबिहान फेला परेको प्रहरीले जनाएको । दुर्घटनामा गाडी पूर्ण रूपमाक्षतिग्रस्त भएको छ भने घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ ।...

कैलाशको अर्धवार्षिक समीक्षा,चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति

Breaking News 1, Uncategorized, अर्थ, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाको बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा भएको छ । समीक्षा कार्यक्रममा प्रस्तुत भएको विवरण अनुरुप गाउँपालिकाले फागुन मसान्त सम्ममा गाउँपालिकाको चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति भएको छ । चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेट मध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले बताए । पुजीँगततर्फ भने १३.९८ प्रतिशत खर्च भएको उनले बताएका छन् ।  प्रदेश कार्यक्रमबाट प्राप्त अनुदानमा २४.४९ प्रतिशत खर्च भएको बताउँदै संघीय सरकारको तर्फ भने ४०.६२ प्रतिशत रकम खर्च भएको धितालले बताए । गाउँपालिकाले वडागत आम्दानीमा १९ लाख ४२ हजार ४६९ रुपैयाँ राजश्व संकलन गरिनुका साथै गाउँपालिकाले तोकिएको विभिन्न राजश्व शीर्षकमा हालसम्म प्रदेशलाई छुट्याएर ७४ लाख ८८ हजार ५०२ रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख विक्रम थिङले बत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"