स्वास्थ्य

आज र भोलि सरकारले बालबालिकालाई भिटामिन ए खुवाउने

आज र भोलि सरकारले बालबालिकालाई भिटामिन ए खुवाउने

Breaking news 3, समाचार, स्वास्थ्य
काठमाडौं । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरिएको छ । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाउन लागेको हो । भिटामिन ए क्याप्सुल ३२ लाख र जुकाको औषधि करिव २९ लाख बालबालिकालाई खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिटामिन ए कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुने बताइएको छ । सरकारले बालबालिकालाई २०५० सालदेखि भिटामिन ए खुवाउँदै आएको छ भने २०५६ सालदेखि जुकाको औषधि पनि नियमित रुपमा खुवाउन थालेको हो ।...
दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्चले १२ चैतमा फैसला सुनाउने

दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्चले १२ चैतमा फैसला सुनाउने

Breaking News 1, स्वास्थ्य
काठमाडौं । दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला सुनाउने भएको छ ।मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए । लगत्तै फेरि उनले नै ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए । रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए । अनलाइनखबर बाट साभार ग...
कैलाशका गर्भवती महिलालाई पौष्टिक आहार वितरण

कैलाशका गर्भवती महिलालाई पौष्टिक आहार वितरण

Breaking News 1, पालिका, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा/ मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार कैलाश–७ स्थित स्थास्थ्य चौकीमा पालिकाका गर्भवती महिलाहरुलाई १२ थरीका पौष्टिक आहार वितरण गरिएको हो । गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र नव जात शिशुको स्वास्थ्यमा असर नपरोस् भनेर गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, हर्लिक्स, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायतका पौष्टिक आहार सम्मिलित प्याकेट वितरण गरिएको हो । प्रत्येक महिना पालिकाभित्रका सबै वडाका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरिँदै आएको अध्यक्ष मोक्तानले बताए । कार्यक्रममा कैलाश–७ का वडाध्यक्ष उदास कुमार भोलन, स्वास्थ्य शाखा प्रमुख कृष्ण कुमार...
गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : ओली

गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : ओली

Breaking news 3, शिक्षा, स्वास्थ्य
काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गरे । शनिवारबाट काठमाडौँको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उहाँले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताए । युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए ।...
लायन्स क्लबको क्याबिनेट भेला १९ र २० गते हुदै ः क्लबद्धारा ७ स्थानमा निशुल्क आखा शिविर हुने

लायन्स क्लबको क्याबिनेट भेला १९ र २० गते हुदै ः क्लबद्धारा ७ स्थानमा निशुल्क आखा शिविर हुने

Breaking news 3, समाचार, स्वास्थ्य
हेटौंडा/  लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 एस नेपालको तेस्रो क्याबिनेट मिटिङ माघ १९ र २० गते हुने भएको छ। यस कार्यक्रममा काठमाडौँ, मकवानपुर, बारा, पर्सा जिल्लामा रहेका सम्पूर्ण क्लबका पदाधिकारी हरूको सहभागी रहने छ । उक्त भेलामा काठमाण्डौ बाट २ सय जना, बिरगञ्जकाट २ सय ५० जना र मकवानपुरबाट ३ सय जनाले सहभागिता जनाउल लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 एस एरिया २ का कोडिनेटर यादवले जानकारी दिएका छन् । भेलामा क्लबका सदस्यहरुलाई मकवानपुरको पर्यटकिय स्थलहरुको बारेमा जानकारी गराउनुको साथै ऐतिहासिक क्षेत्रशरुको भ्रमण गर्ने लायन्स यादवले जानकारी दिएका छन् । भेला विभिन्न महत्वपुर्ण विषयको जानकारी गराईने उनले बताए । यसै गरी लायन्स क्लबको मुख्य सेवा साईट फष्ट र मधुमेह रहनुका साथै आखा परिक्षण र मोति विन्दुको अपरेशन पनि रहेको जनाएको छ । यसै अन्तर्गत हेटौंडामा अवस्थित लायन्स क्लबको आयोजनामा विभिन्न स्थानम...
हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

Breaking news 3, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा । हेटौंडामा सिएमसी चुरेहिल अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौंडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो । ‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले बताएका छन् । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । १५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने उनले बताए । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो । विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत यहाँ उपलब्ध रहेको छ । हस्पिटलमा छिटै नर्सिङ विषयको पठनप...
नेपालमा पनि देखियो कोरोनाको नँया सब भेरियन्ट

नेपालमा पनि देखियो कोरोनाको नँया सब भेरियन्ट

Breaking News 1, समाचार, स्वास्थ्य
हेटौंडा/  नेपालमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट जेएन वान पुष्टि भएको छ ।कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको स्वाूथय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशमा विभिन्न उमेर समुहका १६ जना व्यक्तिको पीसीआर र एन्जिेन जाच गर्दा ७ वटा नमुना जेएन पष्टि भएको हो । संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जनाएको छ । ...
कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

प्रमुख समाचार, समाचार, स्वास्थ्य
८ पौष, काठमाण्डौं - कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।  दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो ।  'कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको 'जेएन.१'बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,' डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् । उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा 'जेएन.१' फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो दरमा छ । विशेषगरी यतिबेला जाडो म...
डा. गोविन्द केसीले तोडे अनसन

डा. गोविन्द केसीले तोडे अनसन

स्वास्थ्य
२ पुस, काठमाण्डौं - डा. गोबिन्द केसीले आफ्नो तीन दिने अनसन तोडेका छन् । गत शुक्रबार बेलुकाबाट धनगढी पुगेर स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आफ्नो २१ औँ अनसन सुरु गरेका डा. केसीले ७२ घण्टापछि  आज अनसन तोडेका हुन् । उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।...
ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

पालिका, स्वास्थ्य
२ पुस, ललितपुर - ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए । ‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ । अरु थुप्रै दर्ता सहयोगीहरुको नियुक्त गर्ने तथा तालीम दिने काम अव सुरु हुन्छ,’ उनले भने । महानगरले बीमाका लागि वडा नं ३ स्थित छावहालमा आफैले सञ्चालन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"