Breaking news 3

टिकटक लगायतका सामाजिक सञ्जालहरु चलाउँदा आपत्ति नहुने – सञ्चारमन्त्री शर्मा

टिकटक लगायतका सामाजिक सञ्जालहरु चलाउँदा आपत्ति नहुने – सञ्चारमन्त्री शर्मा

Breaking news 3, समाचार, सूचना प्रबिधि
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएको हो । सञ्चारमन्त्री शर्माले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामाग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताउनुभयो । उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताए ।...
असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

Breaking news 3, अर्थ, समाचार
काठमाडौं / प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ । मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ ।...

मकवानपुरको राक्सिराङमा मानब कंकाल फेला

Breaking news 3, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ झ्याङटार बुर्जाडाँडामा मानब कंकाल फेला परेको छ । ब्लु कलरको ज्याकेट र भेन्टा कलरको कुहिएको टिसर्ट लगाइएको पुरुषको जस्तो देखिने कंकाल फेला पारिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । स्थानीयले मानिसको खप्पर फेलापारी घटना स्थल मुचुल्का सम्पन्न गरी उक्त अस्थिपञ्जरलाई इलाका प्रहरी कार्यालय मनहरी तर्फ ल्याइएको प्रहरीले जनाएको छ । मानब कंकाल स्थानीय वासिन्दाहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।...
(शनिबार) आजको मौसम कस्तो रहला ?

(शनिबार) आजको मौसम कस्तो रहला ?

Breaking news 3, समाचार
काठमाडौँ / हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।   कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ । आइतबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको...
जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

Breaking news 3, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  जिल्ला समन्वय समिती मकवानपुरको आर्थिक बर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम भएको छ । बिहिबार भएको समिक्षा कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले कामको सिलसिलामा आइपरेका समस्याहरु प्रस्तुत गरेका थिए । जिसस प्रमुख ललित बहादुर घलानको सभाअध्यक्षता र मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वर्तौलाले मकवानपुर जिल्ला बनाउन साझा संकल्प बनाउनु पर्ने र १० वटै पालिकाका जनप्रतिनिधि, राजनितिक दलहरुले साझा लक्ष्य र योजना लिएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले भने "लागत र लाभ को आधार बाट आजको प्राथीमकता के हो भन्ने छुट्टाउन पर्दछ , म मेरो तर्फबाट साझा संकल्प को साथ अगाडि बढ्न तयार छु , हाम्रो पालामा साझा योजना को एउटा इट्टा थपेउ भने भोलि आउनेहरु ले त्यसलाई न...
सुसाशनमा माओवादी केन्द्रको नेतृत्व प्रतिबद्ध छ – मन्त्री मोक्तान

सुसाशनमा माओवादी केन्द्रको नेतृत्व प्रतिबद्ध छ – मन्त्री मोक्तान

Breaking news 3, राजनीति, समाचार
मकवानपुर/ नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओबादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताइन् ।मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिका स्तरीय जनबर्गिय संगठन र मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले माओबादी केन्द्रको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि गणतन्त्र भएको र गणतन्त्रको बिकल्पवनभएको बताइन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुरको जिल्ला ईन्चार्ज विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गरे। त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदार...
मंगलबार नेप्से परिसूचक ६.२२ अंकले उकालो लाग्यो

मंगलबार नेप्से परिसूचक ६.२२ अंकले उकालो लाग्यो

Breaking news 3, अर्थ, समाचार
काठमाडौँ/ मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार ६.२२ अंकले बढेको हो । मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११४ वटा कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको ८३ लाख ५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भयो । यसक्रममा ग्लोबल आईएमई वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ५.५१ प्रतिशतले घट्यो । मंगलबार तीन समूहको सूचक भने घटेको छ । कारोबार भएका १३ मध्ये जलविद्युत, म्यूचुल अफण्ड र अन्य समूहको सूचक घटेका हुन् ।...
सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता-२०२४ हुँदै

सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता-२०२४ हुँदै

Breaking news 3, खेलकुद, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । सङ्खुवासभा सम्पर्क  परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता- २०२४ को आयोजना हुने भएको छ । आँउदो जुन ३० तारिखको दिन “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणार्थ” फरान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा वृहत पुल प्रतियोगिता हुन लागेको हो ।   प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ट्रफी, मेडल सहित नगद २० लाख कोरियन वन पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो र तेश्रो स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः जनही ट्रफी, मेडल र नगद १० लाख वन र ५ लाख कोरियन वन प्राप्त गर्नेछन् ।  विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको उपाध्यक्ष तथा खेल संयोजक पासाङ शेर्पाले बताएका छन् । खेलसम्बन्धी टाइसिट जुन २९ मा निर्माण गरिने र ३० त...
प्रवासमा नेपाली संस्थाहरुको गठन इतिहास् र औचित्य

प्रवासमा नेपाली संस्थाहरुको गठन इतिहास् र औचित्य

Breaking news 3, अन्तर्राष्ट्रिय, विचार/ लेख/रचना/ साहित्य
सन् १९६५ पूर्वको अवस्थालाई हेर्दा नेपालीहरुले पासपोर्ट प्रयोगमा ल्याएको देखिदैन । सो समयमा विदेश भ्रमणको लागि राज्यले व्यवस्था गरेको साधरण पहिचान खुलाउने कागजपत्रहरुको प्रयोग गर्ने गरेको इतिहास रहेको छ । नेपालीहरुको हातमा पासपोर्ट नहुदैमा नेपालीहरुले विदेश गएर श्रम गरेनन् कि भन्ने आभास हुन्छ तर त्यसो होईन । सन् १८१५ मा नेपालले ब्रिटिस इष्ट इण्डीया कम्पनी संग सुगौली सन्धि गरे पश्चात शैनिक तथा सुरक्षा प्रयोजनको लागि नेपाली सेनाहरुलाई ब्रिटिस भारतीय सेनामा भर्ति गराउने बाटो खुलाएको थियो । गोर्खा सिपाहीहरुले देखाएको आफ्नो बहादुरी र वफदारीताका कारण सबैतिर प्रख्यात हुदै गयो । त्यसैको फलस्वरुप विदेशमा उनिहरुको सेवाले गर्दा भविश्यमा श्रमीक बसाँइसराईको बलियो आधार बनाएको थियो । २० औं शताब्दीको मध्यमा, विशेष गरी दोस्रो विश्वयुद्धपछि, ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका कारण भारतमा नेपाली श्रमको माग ब...
क्रिकेटर लामिछानेको अमेरिकाको भिसा पुनअस्वीकृत

क्रिकेटर लामिछानेको अमेरिकाको भिसा पुनअस्वीकृत

Breaking news 3, समाचार
काठमाडौँ / क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो । परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो । तर, भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"