Breaking news 3

मकवानपुरगढी २ का मोक्तान सालको काठ सहित पत्राउ

मकवानपुरगढी २ का मोक्तान सालको काठ सहित पत्राउ

Breaking news 3, समाचार
हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ का २५ वर्षीय आइतसिंह मोक्तान सालको काठ सहित पत्राउ परेका छन्।  शिव राईगाउँबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १ बजे मकवानपुरको बागमती गाउँपालिका–२, भुर्कुसटोलबाट बा ५ ख ५४०० नम्बरको टिपरमा  काठ लोड गरेको अवस्थामा मोक्तानलाई पक्राउ गरेको    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।...
सेयर बजारमा सकरात्मक प्रभाव

सेयर बजारमा सकरात्मक प्रभाव

Breaking news 3, अर्थ, समाचार
काठमाडौँ / आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैगर्दा यसको सकारात्मक प्रभाव यता सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको लगानी सम्मेलनको पहिलो दिन नेप्से सूचक १४.३३ अंकले बढ्दै १९८०.२७ अंकमा उक्लिएको हो । यस्तै आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.६२ अंकले बढ्दै ३५०.८० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । ट्रेडिङ समूहको उपसूचक बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् ।...
चैत्र २७ गतेको जनआन्दोलमा मृत्यु भएका डाँगिको श्रद्धाञ्जलि सभा

चैत्र २७ गतेको जनआन्दोलमा मृत्यु भएका डाँगिको श्रद्धाञ्जलि सभा

Breaking news 3, राजनीति, समाचार
हेटौंडा/ राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गते काठमाण्डौँमा आयोजना गरेको जनआन्दोलमा बर्दिया मधुबल नगरपालिकाका स्ंस्थापक अध्यक्ष ठाकुर प्रसाद डाँगि घाईते घाईते भएका थिए । घाईते भएका डाँगिको बैशाख ३ गते मृत्यु हुन पुग्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले मृतक प्रसाद को १३ औं पुण्य तिथिका दिन आज शनिबार दिवंगत भइ बिरगती प्राप्त गरेको भन्दै श्रद्धाञ्जलि सभा गरेको छ । श्रद्धाञ्जलि सभामा पार्टीका केन्द्रिय सदस्य रामहरी न्यौपाने , केन्द्रीय सदस्य राम बहादुर थोकर, कार्यबाहक अध्यक्ष सागर थापा, बाग्मति प्रदेश सदस्य नवराज थपलिया, जिल्ला सह सचिव कृष्ण घिमिरे , क्षेत्रिय अध्यक्ष नरहरि सुबेदि, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा र महिला संगठनका केन्द्रिय सचिव सरस्वति थिङ लगाएतको उपस्थित रहेको थियो ।...
पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा मे ४ मा नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा मे ४ मा नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा नेपाली नयाँ वर्ष डान्स पार्टी धमाका हुने भएको छ । समाजको आयोजनामा आउदो मे ४ तारिखमा डान्स पार्टीको आयोजना हुने भएको हो । पुर्वाञ्चल सरोकार समाज र मातहतका संस्थाहरुको स्वामित्वमा हुनेगरी सञ्चालनमा ल्याएको सयुक्त कार्यालय सञ्चालनकाृे निम्ती सहयोग रकम संकलन गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त डान्स पार्टीमा डिजे आर एक्स, गायक दिनेश नाछिरिङ, सुनिल गुरुङ र मुस्कान मुकारुङले सहभागिहरुलाई मनोरञ्जन दिलाउने छन् । ४ तारिख बेलुकी ७ बजे देखि डोर ओपन हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको छ । कार्यक्रम सौलको 서울 성북구 동소문로20 나길 47 स्थित रहेको क्लबमा हुने छ । डान्स पार्टीमा सहभागि भइ मनोरञ्जन लिनको लागि आयोजकले आग्रह गरेका छन् ।...
गाजाकोअस्पतालबाट २०० भन्दा बढी शव फेला

गाजाकोअस्पतालबाट २०० भन्दा बढी शव फेला

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
गाजा । गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला परेका घटनाहरूले आफू अति नै दुःखी भएको संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले बताएका छन् । इजरायलले कब्जा गरेपछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ । रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो । अस्पतालमा इजरायली घेराबन्दीको समयमा बनाइएको चिहानबाट मृत शरीरहरू झिकेर सामूहिक चिहानमा गाडिएको पनि बताइएको छ । प्यालेस्टिनी समूहहरूले इजरायलले नासेर अस्पतालमा नरसंहार गरेको आरोप लगाएका छन् । आफूले यी रिपोर्टहरू हेरिरहेको यी आरोपहरूबारे इजरायलले भनेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजामा हालै इजरायली हवाई आक्रमणको आलोचना गरेका थिए । यी हवाई हमलामा मारिएका अधिकांश महिला र ब...
हिमाल खनालको नेतृत्वमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया गठन

हिमाल खनालको नेतृत्वमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया गठन

Breaking news 3, प्रमुख समाचार, प्रवास, लुम्बिनी प्रदेश
दक्षिण कोरिया । लुम्बिनी प्रदेशबाट दक्षिण कोरियमा रहदै आएका नेपालीहरुको साँझा संगठनको रुपमा आइताबार हिमाल खनालको नेतृत्वमा २१ सदस्यिय तदर्थ समिति गठन गरिएको छ । आइताबार दक्षिण कोरियाको सुवन शहरमा भएको भेलाबाट लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको गठन गरिएको हो । हिमाल खनालको नेतृत्वमा गठन गरिएको तदर्थ समितिले ६ महिना भित्रमा अधिवेसन गराई संस्थालाई आधिकारिकता दिने छ । लुम्बिनी प्रदेश अन्तरगतको आधा दर्जन भन्दा धेरै जिल्लाहरुको संस्था गठन भैसकेको छ । आइताबार भएको भेलामा पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किशन गौतम, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष हर्क बिष्ट, राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष ओमलाल ओली, पाँच स दक्षिण कोरियाका पूर्व अध्यक्ष कमल भण्डारी लगायतकाले गठन प्रकृयामा समन्वयात्मक भूमिका निर्वाह गरेका थिए । तदर्थ समितिको सह संयोजकमा चुडामणि भण्डारी र सदस्यह...
आफू कसैको दास बन्ने व्यक्ति नभएको नेकपा एसका अध्यक्ष -नेपाल

आफू कसैको दास बन्ने व्यक्ति नभएको नेकपा एसका अध्यक्ष -नेपाल

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले पूर्व प्रधानमन्त्री नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।...
दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन मे ५ मा हुने

दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन मे ५ मा हुने

Breaking news 3, कर्णाली प्रदेश, प्रवास
दक्षिण कोरिया । नेपालको दैलेख जिल्ला स्थायी घर भइ दक्षिण कोरियालाई कर्मथलो बनाएर बसोबास गर्दै आइरहेका दैलेखिहरुको साँझा संस्था दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन आउदो मे ५ मा हुने भएको छ । आउदो मे ५ को दिन सउलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा अधिवेशन गर्न लागिएको हो । ई.सं. २०२० मा स्थापना भएको समाजले नेपाली समाजमा हुने हरेक कृयाकलापहरुमा भाग लिदै आइरहेको छ । अधिवेशनमा सहभागि हुनको लागि समाजले दक्षिण कोरियमा रहेका दैलेखबासीहरुलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको छ । तेश्रो अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गर्ने छ ।...
जसपाका सांसद हसिना खानले प्रतिनिधि सभा सदस्यको पदको शपथग्रहण गरे

जसपाका सांसद हसिना खानले प्रतिनिधि सभा सदस्यको पदको शपथग्रहण गरे

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गरको छ । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएको हो । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो । जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो । उहाँको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो ।...
लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

Breaking news 3, राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"