Breaking news 3

नेपालमा मौसम आंशिक देखि साधरणतया बदली

नेपालमा मौसम आंशिक देखि साधरणतया बदली

Breaking news 3, समाचार
काठमाडौँ /  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती  र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको  छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।...
‘पुजार सार्की’ सौल-शोको पोस्टर सार्वजनिक

‘पुजार सार्की’ सौल-शोको पोस्टर सार्वजनिक

Breaking news 3, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको सौल शोको पोस्टर सार्वजनिक भएको छ । सौल शोको पोस्टर आइतबार दोङदेमुनमा एक कार्यक्रमको बिचमा सार्वजनिक गरिएको हो । नेपालका तिन स्टार कलाकारहरु आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको मुख्य अभिनयमा बनेको चलचित्र पुजार सार्कीको दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार सुर्खेत समाजले लिएको छ । सुर्खेत समाज दक्षिण कोरियाकै आयोजनामा आपतकालिन् राहत कोष सहयोगार्थ सौलको जोगेसा हलमा मे २६ मा उक्त चलचित्रको दुई शो प्रदर्शन गर्ने भएको छ । पुजार सार्कीको शो लिएर प्रदर्शन गर्न चाहनेहरुलाई सम्पर्क गर्नको लागि अनुरोध समेत गरिएको छ । सामाजिक कथा बस्तुमा बनेको उक्त चलचित्रले देश तथा विदेशमा राम्रो ब्यापार गर्ने निर्माण पक्षले दाबि गरिरहेका छन् । किङडम नेटवर्कको ब्यानरमा बनेको उक्त चलचित्रको निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने चलचित्रमा आर...
दक्षिण कोरियामा ‘मनसरा’ प्रदर्शन, दर्शक भन्छन् ‘मज्जा आयो’

दक्षिण कोरियामा ‘मनसरा’ प्रदर्शन, दर्शक भन्छन् ‘मज्जा आयो’

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र 'मनसरा' दक्षिण कोरियामा एक्कैसाथ तिन स्थानमा प्रदर्शन भएको छ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ चलचित्रको प्रदर्शन गरिएको हो । दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले पाएको मनसराको आइतबार सौल, किम्हे र जिन्जुमा एक्कैसाथ प्रदर्शन गरिएको हो । आइतबार मौसम खराबीका कारण पानी परेता पनि सौल लगायतका सबै शोहरु हाउसफुल भएको छ । चलचित्रको विषयमा दर्शकको प्रतिकृया लिदा चलचित्र उत्कृष्ट कथाबस्तुमा बनेको र हेर्दा मज्जा आएको प्रतिकृया दिएका छन् । दयाहाङ राई, मिरुना मगर, प्रबिन खतिवडा, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको उक्त चलचित्रलाई शैलेन्द्र खनालले छायाँकन गरेका छन् । दक्षिण कोरियमा मनसरा जेजु, सुवन...
सुनको मुल्य स्थिर

सुनको मुल्य स्थिर

Breaking news 3, अर्थ, समाचार
काठमाडौं / नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...
चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

Breaking news 3, प्रमुख समाचार, शिक्षा
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका चितवन बासीहरुको साँझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले अति बिपन्न तथा असहाय विद्यार्थीहरुलाई प्रदान गर्दै आएको छात्रवृत्ति अभियान अन्तर्गत ४२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । समितिले २०७१ सालमा चितवन असहाय वालबालिका सहयोग अभियान सञ्चालनगरी दश जना विद्यार्थीहरुबाट सुरु गरेको उक्त अभियान बृद्धि भई हाल ४२ जना विद्यार्थीहरु समक्ष पुगेको हो । दक्षिण कोरियाबाट फर्किएका चितवन वासीहरुको साँझा संस्था चितवन कोरिया पुनर्मीलन समाजले उक्त अभियानको संयोजन गर्दै आइरहेको छ । चितवन कोरिया पुनर्मिलन समाजले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियानले चितवनका ७ वटै स्थानिय तहमा प्रतिनिधि मुलक रुपमा सहयोग अभियान संचालन गर्दै आएको छ। गएको बिहिबार र सुक्रबारका दिन उक्त अभियान अन्तर्गत ७ वटै स्थानिय तहको २१ वटा विद्याहरुमा प्रतिनिधीमुल...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने

Breaking news 3, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
धनगढी / नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए । शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं पुगेका छन् । श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताए ।...
१२ को परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार

१२ को परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार

Breaking news 3, समाचार
काठमाडौँ । झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ ।  स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णकुमार कुमार चन्दले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए । ...
कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने

कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने

Breaking news 3, प्रवास, समाचार
काठमाडौँ । दक्षिण कोरियाले कोरियन भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको हो । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्तो सहमति भएको हो । माग सङ्ख्याको आधारमा निकै बढी आवेदन पर्न थालेको भन्दै आवेदनकर्ताको लागि सीमा तोकिएको हो । ईपीएस कोरिया शाखाकी निर्देशक मैया कँडेलले सन् २०२५ देखि मागसङ्ख्याको तेब्बर बढीमात्रै आवेदन सङ्कलन गरिने बताइन् ।...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

Breaking news 3, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन शुक्रबार बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएको थियो । उहाँ नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको हो । विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ ।...
रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

Breaking news 3, राजनीति, समाचार
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठक शुक्रबारका लागि बोलाइएको हो । महामन्त्री मुकुल ढकालले शुक्रबार सचिवालयको बैठक र बैशाख २४ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैशाख २९ मा केन्द्रीय समितिको बैठक डाँकीएको पनि जानकारी दिनुभयो । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएपछि त्यसको समिक्षा गरिने महामन्त्री ढकालले बताउनुभयो । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको वैशाख २१ गते दुई महिना पुग्दैछ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"