Breaking news 3

ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला

ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला

Breaking news 3, समाचार
काठमाडौँ/ चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।...
पार्टीको निर्णय विपरीत मन्त्रि सपत ग्रहन गरेका बज्राचार्यलाई कारबाही गर्ने

पार्टीको निर्णय विपरीत मन्त्रि सपत ग्रहन गरेका बज्राचार्यलाई कारबाही गर्ने

Breaking news 3, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई हाम्रो नेपालि पार्टीले कारबाही गर्ने भएको छ ।     शुक्रबार पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दै नव नियुक्त मन्त्री बज्राचार्यलाइ विश्वासको मत नदिने समेत जनाएको छ । पार्टी केन्द्रिय अध्यक्ष अनन्त राज घिमिरेले केन्द्रीय समितिको निर्णय विपरीत सत्ता गठबन्धनको मोहजालमा परी चैत १५ गते बागमति प्रदेश सरकारको मन्त्रि सपथ लिएको भन्दै कारबाही गर्ने बताए ।...
मनहरीका कृष्ण बलले गरे आफ्नै दाई माथि खुकुरी प्रहार

मनहरीका कृष्ण बलले गरे आफ्नै दाई माथि खुकुरी प्रहार

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा आफ्नै दाई माथि कृष्ण बलले खुकुरी प्रहार गरेका छ । मनहरी वडा नम्बर ३ हाँडीखोलामा २६ बर्षिय बलले २८ बर्षिय क्पताल बललाई खुकुरी प्रहार गरी घाईते बनाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको जनाएको छ । उनको उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएकोमा सामान्य उपचारपछी थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेलको निरन्तरता, सरकारमा हाम्रो नेपाली पार्टीको प्रवेश

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेलको निरन्तरता, सरकारमा हाम्रो नेपाली पार्टीको प्रवेश

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौं । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो । चार दलबीच प्रदेशसभाको बाँकी कार्यकालका लागि सहकार्य गरी राजनीतिक स्थायित्व दिने गरी सरकार निर्माण गर्ने सहमति भएको छ । त्यस्तै सरकारको नेतृत्वमा सत्ता गठबन्धनका दलहरुबीच सहकार्य गर्ने सहमति पनि भएको छ । सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र बनाउने र साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि दलहरुबीच सहमति छ । सहमतिपत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् । चार दलबीचको सहमतिपछि बागमतीमा शालिकराम जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बह...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ परेकी छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) को स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई प्रहरीले मंगलबार काठमाडौँको बालाजु क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । नेतृ बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । एसपी अधिकारीले जानकारी दिए अनुसार नेतृ बमले पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिक लाभ लिएको आरोप छ ।...
धनगढी उपमहानगरपालिकाका मेयरको छोरी भारतबाट सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन आग्रह

धनगढी उपमहानगरपालिकाका मेयरको छोरी भारतबाट सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन आग्रह

Breaking news 3, समाज
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् । आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।   आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथीबाट खबर आएको भन्दै मेयर हमालले खोजी कार्यमा सहयोग गरिदिनको लागि आग्रह गरेका छन् ।...
दोस्रो टी–२० अभ्यास खेलमा आज पहिलो ब्याटिङ गर्ने नेपालको निर्णय

दोस्रो टी–२० अभ्यास खेलमा आज पहिलो ब्याटिङ गर्ने नेपालको निर्णय

Breaking news 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टज जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।    
बजेटमा भ्रष्टाचार गरेको आरोपमा डा सुनिलकुमार विरुद्ध मुद्दा दायर

बजेटमा भ्रष्टाचार गरेको आरोपमा डा सुनिलकुमार विरुद्ध मुद्दा दायर

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलङ्गवा सर्लाहीबाट आर्थिक वर्ष २०७५÷०७६ मा कृषि सेड निर्माणका लागि उपलब्ध सरकारी बजेटमा भ्रष्टाचार भएको पाइएको छ ।...
टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुँदै

टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुँदै

Breaking news 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुँदैछ । खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ । टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बिच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।...
युनिक दोङको “डोल्मो” सार्वजानिक

युनिक दोङको “डोल्मो” सार्वजानिक

Breaking news 3, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । गायक तथा संगीतकार युनिक दोङको स्वर तथा संगीतमा तयार भएको “डोल्मो” बोलको तामाङ गीतको अडियो सार्वजानिक भएको छ । सुक्रबार गायक युनिक दोङको अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको गीतमा शुभम लामाको शब्द रचना रहनुका साथै युनिक दोङ र प्रीया थोकरको स्वर रहेको छ । त्यसैगरी जोगलाल लामाले एरेञ्ज गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरिङ गरेका छन् । गायक दोङ विगत लामो समय देखि तामाङ गीत संगीतमा कृयाशिल रहदै आइरहेका छन् । स्थायी घर नेपालको काभ्रे भएका दोङ विगत आधा दशक भन्दा धेरै समय देखि रोजगारीको शिलशिलामा दक्षिण कोरियमा रहदै आएका छन् । गायक दोङको स्वरमा दर्जनौ तामाङ गीतहरु बजारमा आइसकेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"