Breaking News 1

लामिछानेको म्याद थपबारेको बहस सकियो

लामिछानेको म्याद थपबारेको बहस सकियो

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
कास्की / रास्वपाका सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो । बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।...
प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको लामिछाने  समर्थकहरूको  दाबी

प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको लामिछाने समर्थकहरूको दाबी

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी आज पोखरामा प्रदर्शन गरिरहेका छन् । सो क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् । लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर सरकारमाथि दबाब बढाएका हुन् ।...
किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा सौदेन 

किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा सौदेन 

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाज
शुभराज भोम्जन  दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आइतबार सम्पन्न भएको १३ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको पूर्वी नेपाल दक्षिण कोरियाको सभाहलमा भएको अधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मनोज मादेम्बा चयन हुनुका साथै उपाध्यक्षहरूमा दुर्गा चेम्जोङ, बिराज एक्तेन, रमेश लक्सम, सरोज योङहाङ, बिरेन लिङदेन र माङसालुङमा तुम्बापो चयन भएका छन् । संस्थाको महासचिबमा हर्क सुब्बा चेम्जोङ, सचिवमा डिबि योङहाङ, सह सचिवमा उत्तम कुमार लिम्बू, कोषाध्यक्षमा बिरेन खेवा लिम्बू र सह कोषाध्यक्षमा राजन सौदेन चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरूमा समिर योङहाङ ,मणि संयङ लिम्बू ,रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बू, श्रेहाङ ईधिङगो, धिरेन लिङज्याङ , बुद्धि वल लिम्बू, प...
आज भाइटीका , उत्तम साइत ११:३७ मा

आज भाइटीका , उत्तम साइत ११:३७ मा

Breaking News 1, समाचार
काठमाडौँ /  आज तिहारको पाँचौं दिन अर्थात भाइटीका  । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...
‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने

‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा / अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बिक्री प्रक्रिया पूरा गर्दै कार्तिक ३० गते नेपालमा सिनेमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। विदेशमा भने ‘ह्रस्व दीर्घ’ मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी प्राप्त भएको छ। निर्माता नीता ढुंगानाले यस सिनेमा विदेशको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले खरिद गरेको उल्लेख गरिन्। यस कम्पनीका सञ्चालक विनोद पौडेलले सिनेमा बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्। सिनेमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको अभिनय समावेश भएको कारण निर्माताले भारतमा प्रथामिकताका साथ तेलुगु भाषामा पनि रिलिज गर्ने योजना बनाएको अभिनेता हरिहर अधिकारीले जानकारी दिए। भारतीय वितरकहरूले पनि सिनेमा प्...
दक्षिण कोरियाको मुगुकमा भेट्रान्स फुटसल टुर्नामेन्ट हुदैँ

दक्षिण कोरियाको मुगुकमा भेट्रान्स फुटसल टुर्नामेन्ट हुदैँ

Breaking News 1, खेलकुद, समाचार
दक्षिण कोरिया/ः दक्षिण कोरियाको मुगुकमा शहरमा पोखरा युनाइटेड भेट्रान्स फुटसल टुर्नामेन्ट हुने भएको छ । पोखरा युनाईटेड एफसी को आयोजनामा नोभेम्बर १० मा फुटसल टुर्नामेन्ट हुने भएको हो । प्रतियोगितामा प्रथम हुनेले २० लाख कोरियन वन संगै मेडल, ट्रफी,प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसै गरी उपविजेता हुनेले १० लाख , उच्चत्तम स्कोर प्राप्त गर्नेले ५०००० वन प्राप्त गर्ने जनाएको छ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरले पनि सोही सरह वन र मेडल प्रमाण पत्र प्राप्त गर्ने जनाएको छ ।...
आज कुकुर तिहार र लक्ष्मीपूजा

आज कुकुर तिहार र लक्ष्मीपूजा

Breaking News 1, समाचार
काठमाडौं / यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ । तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार मनाइँदै छ । यस्तै साँझ लक्ष्मीपूजा पनि गरिने भएको छ । आज दिउँसो दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यस समयपछि औँसी लाग्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । लक्ष्मीपूजा औँसीको साँझ वा रातिमा गर्ने विधान भएकाले आज नै लक्ष्मीपूजा परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । यस्तै बिहान चतुर्दशी तिथि भएकाले आज बिहान भने कुकुरको पूजा गर्नुपर्ने भएको हो ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिन कुकुरको पूजा गरेमा यमलोक प्रवेश गर्दा यमराजको ढोकामा द्वारपाल रहेका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । पूजा गरि कुकुरलाई खाने कुरा दिइन्छ । आज नर्के चतुर्दशी पनि हो । आज बिहानै आकाशमा तारा हुँदै तेल लगाएर नुहाउने र नरक जानु नपरोस भन्दै न...
सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल

सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो । नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने दाउमा छ । नेपालको पक्षमा समर्थन गर्न ११ हजार दर्शकले टिकट काटेका छन् । नेपाली राष्ट्रिय झण्डासहित नेपाली दर्शक नेपाली टोलीको समर्थकमा छन् । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत रंगशालामा उपस्थित भएका छन् । ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।...
बृहत् दशैँ महोत्सवको आय व्यय सार्वजनिक, झण्डै ३९ लाख वन मुनाफा 

बृहत् दशैँ महोत्सवको आय व्यय सार्वजनिक, झण्डै ३९ लाख वन मुनाफा 

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । पाँच स दक्षिण कोरिया, गैर आवासीय नेपाली संघ दक्षिण कोरिया र आन्सन नगरपालिकाको मुख्य आयोजनामा भएको बृहत् दशैँ कार्यक्रम २०२४ को आय व्यय सार्वजनिक गरिएको छ । आइतबार सौलको दोङनेमुन स्थित रहेको अन्नपूर्ण सान होटलमा सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको आय व्यय सार्वजनिक गरिएको हो । कार्यक्रमबाट ३८ लाख ८६ हजार ४ सय ५५ वन मुनाफा भएको आर्थिक प्रतिवेदनमा देखाइएको छ । कार्यक्रममा कुल १ करोड १७ लाख २७ हजार ५५ वन सहयोग संकनल भएको र ७८ लाख ४० हजार ६ सय वन खर्च भएको विवरण कार्यक्रमको आर्थिक संयोजक हरि भट्टराईले तयार पारिएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम कुनै सामाजिक कामको लागि खर्च गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा पाँच दक्षिण कोरियाका अध्यक्ष विष्णु थापाको अध्यक्षता रहनुका साथै गैर आवासीय नेपाली संघ दक्...
भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

Breaking News 1, खेलकुद, प्रमुख समाचार
काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो। नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"