शुभराज भोम्जनको चन्चले मेरो मन बोलको मेल भर्सन गीत सार्वजानिक
दक्षिण कोरिया / शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो ।
लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन।
यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निभाएका छन ।
बि. स. २०७३ साल देखिनै शुभराज भोम्जनको ...








