बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले गरे सपथग्रहण
हेटौंडा / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुको सपथहग्रण गरेका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण गरेका हुन् । नेकपा एमालेका ६ मन्त्री र नेपाली कांग्रेसका ३ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।...







