बागमती प्रदेशमा स्वास्थ्य उपचार सेवा निशुल्क गरिने
हेटौँडा/ बागमती प्रदेशमा स्वास्थ्य उपचार निशुल्क गरिने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले हालै सार्वजनिक एक वार्षिक समीक्षा कार्यक्रममा प्रदेशभरि निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने योजना अघि सारेका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे । उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्छ भने । साथै स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताए ।...








![झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो](https://labamedia.com/wp-content/uploads/2024/09/thumb-780x440.jpeg)