Breaking News 2

राक्सिराङका डिलबहादुर थिङ सुतेको अवस्थामा मृत भेटिए

राक्सिराङका डिलबहादुर थिङ सुतेको अवस्थामा मृत भेटिए

Breaking News 2, समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका डिलबहादुर थिङ सुतेको अवस्थामा मृत भेटिएका छन् ।   आइतबार बिहान मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा ५१ बर्षीय थिङ सुतेकै अबस्थामा मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । थिङको सनाखत आफन्तले गरेको मकवानपुर प्रहरीले जनाएको छ । उनले खानेकुरा मागि हिँडने गरेको बुझिएको यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

Breaking News 2, अपराध/ अनुसन्धान, समाज
काठमाडौँ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । पुनरावेदन गरिएको मुद्दामा अदालतले अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउने भनिन्छ । अदालतले उक्त मुद्दामा आगामी वैशाख ३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।...
समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

Breaking News 2, समाचार
हेटौंडा/ तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निर...
९ औं सोनसिक खेलकुद उत्सबको तयारी अन्तिम चरणमा, सोही अवसरमा “महाजात्रा” देखाइने

९ औं सोनसिक खेलकुद उत्सबको तयारी अन्तिम चरणमा, सोही अवसरमा “महाजात्रा” देखाइने

Breaking News 2, प्रमुख समाचार, प्रवास, शिक्षा
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियमा अध्ययनरत विद्यार्थीहरुको साँझा संगठन नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले आयोजना गर्न लागिएको “९ औं सोनसिक खेलकुद उत्सब-२०२४” को तयारी अन्तिम चरणमा पुगेको सोनसिक अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिएका  छन् । सन् २००४ मा स्थापना भए देखिनै नेपाली विद्यार्थीरुको माझमा सकृय रहदै आएको सोनसिकले यस वर्ष पनि खेलकुद उत्सब भब्यताका साथ मनाउन लागेको हो । आउदो सनिबार र आइताबारका दिन आसान स्थित रहेको सन मुन विश्वविद्यालयमा हुने खेलकुद उत्सबमा फुटसल, भलिबल, ब्याटमिण्टन र ८ सय मिटरको दौड प्रतियोगिता हुने छ । पहिलो दिन औपचारिक कार्यक्रम हुनुका साथै नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने जनाएको छ । पहिलो दिनमा विद्यार्थी संग सोनसिक कार्यक्रमको निरन्तरता दिदै कोरियाली कानुन तथा विविध विषयमा अन्तरकृया समेत गर्ने कार्यतालिका रहेको छ । कार्यक्रमको द...
नेपाली नयाँ वर्षको अवसरमा ‘डिग्री माइला’ सौलमा प्रर्दशन हुने

नेपाली नयाँ वर्षको अवसरमा ‘डिग्री माइला’ सौलमा प्रर्दशन हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । आउदो शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित एबम् दयाहाङ राई अभिनीत चलचित्र ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको राजधानी सौलमा पनि नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ । नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर म्युजिक खिम ईन्टरटेन्मेन्टको आयोजनामा दोङदेमुनको निक ट्राभल पछाडि रहेको 서울 종로구 지봉로5길7-5 हलमा पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २ः३० वाट गरिने आयोजकले जानकारी दिएको छ । दक्षिण कोरियाको लागि नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा ‘डिग्री माइला’ चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थ...
हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस भव्यताका सभाथ सम्पन्न

हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस भव्यताका सभाथ सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/ “सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ । सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु, संहकारी संघसंस्थाका सञ्चालक समिति पदाधिकारी, लेखा समिति पदाधिकारी, शेयर सदस्य, कर्मचारी सहितको सहभागिताकमा प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो । ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामासभा भएको थियो । सभामा बोल्दै मन्त्री बज्राचार्यले सहकारीप्रतिको बिश्वासल...
बागमती प्रदेश सरकारमा नेकपा एसका  आलेमगर मन्त्रीमा नियुक्त

बागमती प्रदेश सरकारमा नेकपा एसका आलेमगर मन्त्रीमा नियुक्त

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर मन्त्रीमा नियुक्त भएको छ । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार आलेलाई मन्त्री नियुक्त गरेको हो । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने बताइएको छ । सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् ।...
“सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक, ९४ लाख कोरियन वन मुनाफा

“सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक, ९४ लाख कोरियन वन मुनाफा

Breaking News 2, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाद्धारा आयोजना गरिएको “सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक गरिएको छ । आइताबार दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै आयव्यय सार्वजनिक गरिएको हो । सलनाल धमाकाबाट आयोजकलाई ९४ लाख ६० हजार ८६ कोरियन वन मुनाफा भएको छ । जम्मा २ करोड ८७ लाख १० हजार ९ सय ४६ कोरियन वन बराबरको कारोबार भएको उक्त कार्यक्रममा १ करोड ९२ लाख ५० हजार ८ सय ६० कोरियन वन खर्च भएको देखाइएको छ । आइताबार प्रतिष्ठानले औपचारिक कार्यक्रमको आयोजना गर्दै सलनाल धमाका सम्पन्न गर्नको निम्ती सहयोग गर्ने सहयोगि दाता, संघ संस्था, मिडीया पार्टनर, प्रायोजक, कलाकार एबम् सहभागि दर्शकश्रोताहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै प्रख्य प्रायोजक, मिडीया पार्टनर र केही कलाकारहरुलाई सम्मान समेत गरेको थियो । आयव्य...
मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउदोसोमबार १९ गते विश्वासको मत लिदै छन्। माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख  रत्नप्रसाद ढकालले प्रदेश सभामा शुक्रवार विश्वासको मतको प्रस्ताव दर्ता गराएको हो ।
अन्ततः इलाम-२ मा रास्वपाले बनायो सञ्चारकर्मी मिलन लिम्बूलाई उम्मेदवार

अन्ततः इलाम-२ मा रास्वपाले बनायो सञ्चारकर्मी मिलन लिम्बूलाई उम्मेदवार

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम २ मा हुने उपनिर्वाचनमा सञ्चारकर्मी मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको रास्वपा सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, र डा।शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । आज पार्टी कार्यालय वनस्थलीमा सहमहामन्त्री बुर्लाकोटीले राखेको छलफलमा उनीहरुले लिम्बुलाई समर्थन गरेका थिए । रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान भएपनि इलाम—२ मा विधि अनुसार पार्टी सदस्य नपुगेपछि सहमति खोजिएको बुर्लाकोटीले बताए ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"