Breaking News 2

हेटौंडामा एलिसा हत्या प्रकरण- हत्यारा आरोपित खान अझै फरार

हेटौंडामा एलिसा हत्या प्रकरण- हत्यारा आरोपित खान अझै फरार

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, समाज
हेटौंडा / मकवानपुरको हेटौँडा–१० मा रहेको रत्न होटल एण्ड लजमा गत सोमबार हेटौंडा–११ थानाभर्याङ्की एलिसा न्यौपानेको रहस्यमय अवस्थामा शव फेला पर्यो । २३ वर्षीया न्यौपानेको हत्यारा आरोपित समीर खानलाई प्रहरीले खोजी गरिरहेका छन् । तर हालसम्म प्रहरीले खानलाई पक्राउ गर्न नसकेपछि तत्काल पक्राउ गर्न परिवारले आग्रह गरेको छ । आइतबार बेलुकी ५ बजेको समयमा प्रेमिका खानसँग गएकी एलिसा सोमबार मृत अवस्थामा फेला परेको थियो । खानले एलिसाकी भाइलाई समेत यसअघि मार्ने धम्की दिएको एलिसाकी भाई अनिश न्यौपानेले बताएका छन् । एलिसाले समिर खान संग आफु राजि खुसी विवाह गरेको बताईएको छ तर विवाह प्रमाण पत्र भने नरहेको परिवारले जनाएको छ । खान पहिले नै विवाहित रहेको एलिसाको परिवारले बताएका छन् ।...
हेटौंडामा  २७ हजार धारा मार्फत साढे तीन करोड लिटर पानी वितरण

हेटौंडामा २७ हजार धारा मार्फत साढे तीन करोड लिटर पानी वितरण

Breaking News 2, समाचार
हेटौंडा / हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड मार्फत २७ हजार वटा धारा मार्फत दैनिक साढे तीन करोड लिटर पानी वितरण भइरहेको छ । बोर्डले आज बितेको आर्थिक वर्ष २०८०।०८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यसका विषयमा जानकारी दिएको हो । पहिले खानेपानीको अभाव हुने गरेको भएपनि अहिले भने पानीको अअभाब हुन नदिनका लागि समवेवहरु निर्माण गर्दै गएको र त्यस अनुसार काम गर्दै गएको खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । अअहिले बोर्डबाट मासिक रुपमा एक करोड १६ लाख रुपैयाँको मासिक बिलिङ हुने गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले बताए । हेटौंडामा रहेका खानेपानीका उपभोक्ता समितिहरुलाई पनि बोर्डमा ल्याउने र उनीहरुलाई पानी वितरणमा सहज बनाउँदै लगिएको बोर्डका सदस्य इन्द्र प्रसाद नेपालले बताए ।...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा /राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिर्जना कला केन्द्रमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घलानले लोक र मौलिकताको संरक्षणमा जोड दिए। उनले भने, ूलोक र मौलिकता जोगाउनु पर्छ। पहिले गीत सुन्न मेला र पर्वमा जानुपर्ने अवस्था थियो, तर अहिले त्यस्तो छैन। यसको संरक्षण गर्ने भूमिका हामी सबैको हो।ू उनले नेपालको सांस्कृतिक धरोहरको रूपमा रहेको लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताए। संस्थाका उपाध्यक्ष चन्द्र बहादुर बजगाईले स्वागत मन्तव्य दिएका थिए भने सचिव काजीमान गोले ९अमर०ले संगठित प्रतिवेदन ...
भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर जिल्ला भेला सम्पन्न 

भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर जिल्ला भेला सम्पन्न 

Breaking News 2, समाचार
हेटौडा / हेटौडा स्थित वृन्दावन रेस्टुरेन्टमा आज भदौ ३ गते भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर भेला एक कार्यक्रम बीच सम्पन्न भएको छ। रौतहट जिल्ला अध्यक्ष विनोद काफ्लेको सहजकर्तामा सञ्चालित उक्त भेलामा केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवीले विवाहित महिलाहरूलाई चुडा, सिन्दुर, लिपिस्टिक आदि सँग माया बस्नु भनेको पुरुष प्रधान समाजको दास्तासँग माया बस्नु हो भन्ने कुरामा सबै सचेत हुन जरुरी छ। महिलाहरुले आफूहरू सँग बिहे गर्दा पुरुषहरुले आफूलाई सिन्दुर हाल्दा आफ्नो बिहे भएको तर पुरुषहरुलाई आफूले केही नहाल्दा पुरुषको बिहे कसरी भएको यसतर्फ पनि तर्क गर्नुपर्ने कुरा राख्नुभयो। श्रीमान श्रीमती आधाआधा भएपछि सबै कुरामा आधा हुने होइन र रु महिला पुरुषको दासी होइन, किन महिलाले श्रीमानको खुट्टा धोएर पिउनुपर्ने रु श्रीमानले श्रीमतीको खुट्टा धोएर पिउँदा के हुन्छ रु किन नपिउने रु अब यस्तो प्रश्न महिलाहरुले गर्न...
माओवादी नेतृ पम्फा भुसाल कोरिया आइपुगिन् , जनप्रगतिशील मञ्चको अधिवेशनको तयारी पुरा 

माओवादी नेतृ पम्फा भुसाल कोरिया आइपुगिन् , जनप्रगतिशील मञ्चको अधिवेशनको तयारी पुरा 

Breaking News 2, प्रमुख समाचार, प्रवास, राजनीति
शुभराज भोम्जन  दक्षिण कोरिया । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवम् पूर्व मन्त्री पम्फा भुसाल आज बिहान दक्षिण कोरिया आइपुगेकी छन् । नेतृ भुसाललाई माओवादी निकट जनप्रगतिशील मञ्च दक्षिण कोरियाको नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् । जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौँ अधिवेशनमा सहभागि हुनको लागि उपाध्यक्ष भुसाल कोरिया आएकी हुन् । नेतृ भुसाल सँगै माओवादी केन्द्रका युवा नेता ओम शर्मा पनि दक्षिण कोरिया आएका छन् । जनप्रगतिशील मञ्च दक्षिण कोरियाको आसन्न छैटौँ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष इश्वर कठायतले लाबान्युजलाई जानकारी दिएका छन् । भोलि १८ तारिख आइतबारका दिन सौलको  서울특별시 종로구 종로 ३८६ मा हुने अधिवेशनमा सहभागि हुनको लागि शुभेच्छुक तथा शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।  ...
मगर संघको आयोजनामा सुवनको मेगाबक्समा ‘घरज्वाईं’ प्रदर्शन हुँदै

मगर संघको आयोजनामा सुवनको मेगाबक्समा ‘घरज्वाईं’ प्रदर्शन हुँदै

Breaking News 2, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाज
दक्षिण कोरिया । नेपाल मगर संघ, दक्षिण कोरियाको आयोजनामा अगस्ट १८ तारिकमा सुवन सहरमा रहेको मेगाबक्समा नेपाली कथानक चलचित्र घरज्वईको प्रदर्शन हुने भएको छ । नेपाली कथानक चलचित्र “घरज्वाइँ” को प्रदर्शनीको लागि सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले जानकारी दिएका छन्। त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, दक्षिण कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आइतबार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क तीन मान वन तोकिएको छ ।   कोरियाको बिभिन्न शहर हरुमा चलचित्र  “घरज्वाईं” प्रदर्शन गर्न चाहने संस्था वा व्यक्तिले नेपाल मगर संघ, दक्षिण कोरिया लाई सम्पर्क गर्नको लागि आग्रह समेत गरेका छन् । मगर समुदायमा वर्षौंदेखि प्रचलि...
वाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु

वाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु

Breaking News 2, मुख्य समाचार, समाचार
काठमाडौँ / नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो । हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए । र्घटनालगत्तै नजिकै रहेको शिवपुरी ब्यारेकबाट नेपाली सेनाका साथै स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि पुगेको थियो । एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।...
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।   बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेको स्रोतले जनाएको छ ।...
बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
काठमाडौँ / बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो । दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समव्य गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ ।...
कक्षा १२ को नतिजा सार्वजनिक – ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक – ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Breaking News 2, शिक्षा, समाचार
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण ) भएका छन् ।
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"