Breaking News 2

आज हेटौंडा सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने

आज हेटौंडा सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने

Breaking News 2, समाचार
हेटौंडा । नेपाल बिद्युत प्राधिकरण हेटौंडाले आज मगंलाबार दिनभर जसो वद्युत अबरुद्ध हुने जनाएको छ । विद्युत प्राधिकरणको ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने भएकाले हेटौंडा उपमहानगरपालिका सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने भएको नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको हो । बिहानैबाट बेलुका ५ बजे सम्म विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका सूचना अधिकारी रामबाबु लोप्चनले जनाकारी दिए ।  ...
“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

Breaking News 2, प्रमुख समाचार, मनोरञ्जन
दक्षिण कोरिया । कास्कि परिवार थेगु शाखाको आयोजनामा महाजात्रा थेगु शो आउदो मे ५ मा हुने भएको छ । आपतकालिन् राहत कोष स्थापनार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । चलचित्र थेगुस्थित खेम्यङ विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको हो । प्रदिप भट्टराईद्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्र नेपाल लगायत विश्वका थुप्रै मुलुकहरुमा प्रदर्शन भैरहेको छ । महाजात्राले व्यवसायिक रुपमा सफलता प्राप्त गरिरहेका छन् । दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार बिशाल आवाज मल्टिमिडीया प्रालिले पाएको छ । मे ५ आइताबारको दिन बिहान ११ बजेदेखि प्रदर्शन सुरुहुने भएकोले थेगु आसपासमा रहेका नेपाली दर्शकहरुलाई चलचित्र हेर्न आउनको लागि आयोजकले आग्रह गरेका छन् ।...
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागारमा चलान गरियो

निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागारमा चलान गरियो

Breaking News 2, समाचार
काठमाडौँ / निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । ०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।  ...
नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान

Breaking News 2, समाचार
हेटौंडा/ नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्षको दिन बैशाख १ गते संघका मकवानपुर अध्यक्ष निप्पु सर्राफको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भारतीय राजदुतावासका महावाणिज्यदुत शैलेन्द्र कुमारको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शैलेन्द्र कुमारले नेपाल र भारत बिच गहिरो नाता भएको बताउनुभयो । उहाँले नेपालको उद्योग ब्यापार क्षेत्रमा परेको समस्यामा आवश्यक छलफल गरि समाधानको पहल गरिने बताउनुभयो । हेटौंडाको होटल सुर्यांशमा भएको कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघका केन्द्रीय उपाध्यक्ष सुदर्शन अधिकारी, हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको बिशेष आतिथ्यता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, मकवानपुर...
गण्डकी प्रदेश समाजको आयोजनामा “गण्डकी भलिबल कप-२०२४” मे १२ मा हुने

गण्डकी प्रदेश समाजको आयोजनामा “गण्डकी भलिबल कप-२०२४” मे १२ मा हुने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
बोम्जन गुरुङ दक्षिण कोरिया । दक्षिण कोरिया स्थित गण्डकी प्रदेश समाजको आयोजनामा आउँदो मे १२ मा मैत्रीपूर्ण गण्डकी कप भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ । समाजले स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिने समाजका अध्यक्ष प्रविण गिरीले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन पुरस्कार प्रदान गरिने जनाएको छ । त्यसैगरी प्रतियोगितामा सान्तवना हुने दुई टिमलाई ४÷४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत...
कैलालीमा दिदीबहिनी मृत भेटिए

कैलालीमा दिदीबहिनी मृत भेटिए

Breaking News 2, समाचार, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि
धनगढी / कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको ५ । अनलाईन खबर...
राक्सिराङका डिलबहादुर थिङ सुतेको अवस्थामा मृत भेटिए

राक्सिराङका डिलबहादुर थिङ सुतेको अवस्थामा मृत भेटिए

Breaking News 2, समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका डिलबहादुर थिङ सुतेको अवस्थामा मृत भेटिएका छन् ।   आइतबार बिहान मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा ५१ बर्षीय थिङ सुतेकै अबस्थामा मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । थिङको सनाखत आफन्तले गरेको मकवानपुर प्रहरीले जनाएको छ । उनले खानेकुरा मागि हिँडने गरेको बुझिएको यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

Breaking News 2, अपराध/ अनुसन्धान, समाज
काठमाडौँ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । पुनरावेदन गरिएको मुद्दामा अदालतले अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउने भनिन्छ । अदालतले उक्त मुद्दामा आगामी वैशाख ३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।...
समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

Breaking News 2, समाचार
हेटौंडा/ तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निर...
९ औं सोनसिक खेलकुद उत्सबको तयारी अन्तिम चरणमा, सोही अवसरमा “महाजात्रा” देखाइने

९ औं सोनसिक खेलकुद उत्सबको तयारी अन्तिम चरणमा, सोही अवसरमा “महाजात्रा” देखाइने

Breaking News 2, प्रमुख समाचार, प्रवास, शिक्षा
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियमा अध्ययनरत विद्यार्थीहरुको साँझा संगठन नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले आयोजना गर्न लागिएको “९ औं सोनसिक खेलकुद उत्सब-२०२४” को तयारी अन्तिम चरणमा पुगेको सोनसिक अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिएका  छन् । सन् २००४ मा स्थापना भए देखिनै नेपाली विद्यार्थीरुको माझमा सकृय रहदै आएको सोनसिकले यस वर्ष पनि खेलकुद उत्सब भब्यताका साथ मनाउन लागेको हो । आउदो सनिबार र आइताबारका दिन आसान स्थित रहेको सन मुन विश्वविद्यालयमा हुने खेलकुद उत्सबमा फुटसल, भलिबल, ब्याटमिण्टन र ८ सय मिटरको दौड प्रतियोगिता हुने छ । पहिलो दिन औपचारिक कार्यक्रम हुनुका साथै नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने जनाएको छ । पहिलो दिनमा विद्यार्थी संग सोनसिक कार्यक्रमको निरन्तरता दिदै कोरियाली कानुन तथा विविध विषयमा अन्तरकृया समेत गर्ने कार्यतालिका रहेको छ । कार्यक्रमको द...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"