Breaking News 2

बागमती प्रदेशसभामा सुशासन ऐनको उत्तरविधायिकी परीक्षण प्रतिवेदन प्रस्तुत

बागमती प्रदेशसभामा सुशासन ऐनको उत्तरविधायिकी परीक्षण प्रतिवेदन प्रस्तुत

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा/  बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले प्रदेश सुशासन ऐन, २०७७ सम्बन्धी उत्तरविधायिकी परीक्षण प्रतिवेदन पेश गररिएको छ । प्रतिवेदन केवल दस्तावेज नभई लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने प्रयासको रूपमा तयार पारिएको बताइएको छ । प्रतिवेदनले सरकारी निकायहरूमा अझै समन्वयको कमी, स्रोतसाधनको अभाव र क्षमता विकासको चुनौती देखाएको छ । ऐनले नागरिकलाई जवाफदेही, पारदर्शी र जनमैत्री सेवा प्रवाह गर्ने कानुनी आधार तयार पारेको भए पनि व्यवहार र कार्यान्वयनमा पर्याप्त चुनौतीहरू देखिएका छन् । समितिले समाधानका लागि विभिन्न सिफारिसहरू पनि अघि सारेको छ। संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा सूचना प्रविधि र डिजिटलीकरणको प्राथमिकता, नागरिकको गुनासो समाधान प्रणाली छिटो, सरल र प्रभावकारी बनाउने उपाय, भ्रष्टाचार नियन्त्रणका लागि नियमक निकायहरूबीच सहकार्य...
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ताका लागि आह्वान

नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ताका लागि आह्वान

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, राजनीति
दक्षिण कोरिया । दक्षिण कोरियामा नेपालीहरूको सामाजिक,राजनीतिक तथा सामुदायिक हकहितको संरक्षण र सम्वर्द्धनमा विगत लामो समयदेखि क्रियाशील रहेको नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ। नेपाली काँग्रेसप्रति आस्था राख्नेहरुलाई कृयाशील सदस्यता वितरण गर्ने अभियानमा सहभागी हुन समितिले विशेष अनुरोध गरेको छ। यस अभियानमा सहभागि भएर सदस्यता लिनको लागि जनसम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधिहरुसंग सम्पर्क गर्न सक्नेछन् । आजको मिति देखि दुई महिना सम्म सदस्याता वितरण अभियान चल्ने जनाएको छ । सदस्यता दर्ता अभियान मार्फत, कोरियामा अध्ययन,रोजगार वा व्यवसायका लागि बसोबास गर्दै आएका नेपालीहरूलाई देशको राजनीतिक मूलधारसँग प्रत्यक्ष रूपमा आबद्ध हुने अवसर प्रदान गरिएको छ । जनसम्पर्क समितिका सभापति भजिन्द्र बहादुर क्षेत्रीले यस अभियानलाई आफ्नो आस्थ...
मकवानपुरमा भूमि समस्या समाधान आयोगको काममा एमालेको सहयोग

मकवानपुरमा भूमि समस्या समाधान आयोगको काममा एमालेको सहयोग

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  भूमि समस्या समाधान आयोगले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने कामलाई तीव्रता दिइरहेको अवस्थामा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले सहकार्य गर्ने जनाएको छ । आयोगले यस वर्ष साउन ३० गतेसम्मको अन्तिम पटकका लागि ३५ दिने सूचना जारी गरी भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको छ । यस क्रममा वडा कमिटी, टोल समिति, स्थानीय संगठन तथा जनप्रतिनिधिहरूलाई आवश्यक सहयोग, सूचना संप्रेषण र समन्वय गर्न आग्रह गरिएको छ । एमाले हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष बोलबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा सर्वसाधारणलाई समयमै आवश्यक कागजात बुझाएर प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।...

स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने-मुख्यमन्त्री बानियाँ

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा / मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएको बताउनुभयो । बागमती प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने समेत उहाँले बताउनुभयो । ‎पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै ...
बिपिन गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्कको उद्घाटन

बिपिन गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्कको उद्घाटन

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । बिपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्को आइताबार उद्घाटन भएको छ । दोङदेमुन स्थित रहेको एनआरएनए कोरियाको कार्यालयलाइनै हेल्प डेस्कको रुपमा उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीको प्रमुख आतिथ्यता रहनुका साथै एनआरएनए आइसीसीका अध्यक्ष महेश श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो । मन्त्री भण्डारी र अध्यक्ष श्रेष्ठ अनलाईन भर्चुअल माध्यमद्धारा कार्यक्रममा जोडिएको थियो । प्रमुख अतिथि भण्डारीले हेल्प डेस्क नेपालीहरुको सेवामा समर्पित कार्य भएकोले प्रसंशा गरिएको थियो । कार्यक्रमका अध्यक्ष एवं संस्थाका अध्यक्ष विपिन कुमार गुरुङले कोरियामा नेपालीहरुको थुप्रै समस्याहरु रहेको र त्यस्ता समस्याहरुको समाधान तथा सहजिकरण गर्नको लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको बताएका छन् । अध्यक्ष गुरुङले बताए...
हेटौंडामा एमबीबीएस पढाइ सुरु, ५० सिट स्वीकृति

हेटौंडामा एमबीबीएस पढाइ सुरु, ५० सिट स्वीकृति

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा /  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रदेखि चिकित्साशास्त्र स्नातक (एमबीबीएस ) अध्ययन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले ५० सिटको स्वीकृति दिएको हो । यससँगै हेटौंडा स्वास्थ्य शिक्षाको केन्द्र बन्ने दिशामा अघि बढेको छ । प्रतिष्ठानमा यसअघि नै स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन् । यस वर्ष नर्सिङ स्नातक (बीएस्सी नर्सिङ) को सिट २० बाट बढाएर ३० गरिएको छ । यस्तै, चिकित्सकीय प्रयोगशाला प्रविधि ९बीएमएलटी० र जनस्वास्थ्य स्नातक ९बीपीएच० २०–२० सिटमा यथावत सञ्चालन हुनेछ । फार्मेसी स्नातक ९बी–फार्मेसी० कार्यक्रम पनि ३० सिटमा निरन्तर रहनेछ । यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर ९एमडी० तहमा सात विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट छन् । स्त्री तथा प्रसूति विज्ञानमा २ सिट, र आन्तरिक रोग विशेषज्ञ, शल्य चिकित्सक, बाल रोग, हाड–जोर्नी तथा नशा रोग, पा...
बागमती प्रदेशसभाको अस्थायी भवन उद्घाटन

बागमती प्रदेशसभाको अस्थायी भवन उद्घाटन

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौँडा /  बागमती प्रदेशसभाको अस्थायी भवन निर्माण सम्पन्न भई मंगलबार उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालय परिसरमा बनेको भवनको उद्घाटन प्रदेशसभा सभामुख भुवनकुमार पाठकले गरेका हुन् । २०७७ मंसिरमा शिलान्यास भएको भवन १२ करोड ३३ लाख रुपैयाँ लागतमा प्रिफ्याब प्रविधिबाट निर्माण गरिएको हो । स्थायी संरचना निर्माणमा ढिलाइ भएपछि अस्थायी प्रयोगका लागि यो भवन तयार गरिएको हो । यसअघि प्रदेश सभा बैठक तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा सञ्चालन हुँदै आएको थियो। नवनिर्मित भवनबाटै नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिएका छा् ।...
२६औं स्थापना दिवसमा फोनिज मकवानपुरद्वारा प्रभातफेरी

२६औं स्थापना दिवसमा फोनिज मकवानपुरद्वारा प्रभातफेरी

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले २६औं स्थापना दिवसको अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । “समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभा अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा भएको हो । प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोक बाट सुरु भई बजार परिक्रमा गर्दै पुन ः सिमा चोकमा आएर कोण सभामा परिनत भएको थियो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि पत्रकार महासंघ बागमत्ी प्रदेहका अध्यक्ष मगरले सञ्चारको क्षेत्रमा आदिवासी जनजातिको आवाज अझ प्रभावकारी बनाउन फोनिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएकोे छ । कार्यक्रममा फोनिजका पदाधिकारी, सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ लगायत सञ्चाकर्मीहरुको ...
विद्यार्थीलाई काम लगाइदिन्छु भन्दै पैसा ठग्ने र धम्किदिने विचौलियाहरुको विरुद्धमा दुतावासको ध्यानाकर्षण

विद्यार्थीलाई काम लगाइदिन्छु भन्दै पैसा ठग्ने र धम्किदिने विचौलियाहरुको विरुद्धमा दुतावासको ध्यानाकर्षण

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । दक्षिण कोरियामा विद्यार्थीहरुलाई काम लगाईदिने भन्दै पैसा ठग्ने र काम गरे वापतकाृे पारिश्रमिक नदिइकन आफैले लिने गरेका विचौलियाहरुको विरुद्धमा नेपाली राजदूतावसले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारि गरिएको छ । नेपाली विद्यार्थीहरुलाई धम्क समेत दिने गरेको उजुरीहरु दूतावासमा थुप्रै परेको जनाएको छ । विज्ञप्तीमा उल्लेख गरेअनुसार विचौलियाहरुले विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारेर बैंक कार्डको समेत दुरुपयोग गर्ने गरेको जनाएको छ । नेपाली विद्यार्थीहरुलाई ठग्ने, धम्किदिने र प्रलोभनमा पारेर दुःख दिने विचौलियाहरु नेपालीनै रहेको जनाएको छ । दूतावासले त्यस्तो कार्य नगर्नको लागि विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।...
महिला गोल्डकपबाट ८ लाख नाफा, घाटामा गएका संघको पुनरागमन

महिला गोल्डकपबाट ८ लाख नाफा, घाटामा गएका संघको पुनरागमन

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / अघिल्ला वर्षमा घाटा व्यहोर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले यस वर्ष पहिलोपटक महिला गोल्डकप आयोजना गरेर ८ लाख ३५ हजार रुपैयाँ मुनाफा कमाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको शहीद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगिताबाट ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी भएकोमा ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी संघका कोषाध्यक्ष अमृत लुङबाले दिए । गत वैशाख १९ देखि २५ गतेसम्म, हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो । हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सम्पन्न प्रतियोगितामा बागमती प्रदेश खेलकुद परिषद्, भीमफेदी, कैलाश, र इन्द्रसरोवर गाउँपालिकाको व...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"