Breaking News 2

उत्तरी गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु

उत्तरी गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको स्थानीय नागरिक रक्षा एजेन्सीले जनाएको छ । एजेन्सीले मृतकमध्ये धेरै महिला र बालबालिका रहेको र दर्जनौँ अझै पनि भग्नावशेषमुनि पुरिएको हुन सक्ने दाबी गरेका छन् । घटनामा सात जना घाइते भएका छन् । इजरायली सेनाले हमासलाई पुनः संगठित हुनबाट रोक्ने प्रयासमा बेइट लाहिया लगायत उत्तरी गाजामा आक्रमण गरेको बताएको छ । उता, मध्य गाजामा शरणार्थी शिविरहरूमा तीन अलग–अलग आक्रमणहरूमा १५ जनाको मृत्यु भएको छ । दक्षिणमा रफाहमा इजरायली ड्रोन आक्रमणमा पाँच जना मारिएको एजेन्सीले थपेको छ। प्रवक्ता महमुद बस्सलले लगातार गोलाबारी र बमबारीका कारण थप घाइतेको उद्धार गर्ने सम्भावना कम हुँदै गएको बताए ।...
हेटौंडामा पेट्रोल ट्यांकरको टायर पड्किदा एकको मृत्यु, पाँच जना घाइते

हेटौंडामा पेट्रोल ट्यांकरको टायर पड्किदा एकको मृत्यु, पाँच जना घाइते

Breaking News 2, समाचार
हेटौँडा/  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ¥याङमा पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ । साथै पाँच जना घाइते भएका छन् । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर मृत्यु हुनेमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् । र उक्त घटनामा गम्भीर घाइते भएका मोहम्मदको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मंगलबार राति १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायरबाट हावा गएको थियो । टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको जनाएको छ । टायर विस्फोटबाट उनको टाउको र शरिरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । घटनामा परी टायर मर्मत पस...
रवि लामिछानेलाई  कास्की अदालतमा लगियो

रवि लामिछानेलाई कास्की अदालतमा लगियो

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो । लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ । यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ ।...
फोन मनी रिफर गर्ने र रजिष्टार गर्नेलाई उपहार

फोन मनी रिफर गर्ने र रजिष्टार गर्नेलाई उपहार

Breaking News 2, अर्थ, समाचार
दक्षिण कोरिया / फोन मनीले दक्षिण कोरियामा “रिफर एण्ड वीन“ अफर सहित “रजिष्टर गर्ने सबैलाई उपहार“ योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिने भएका छन् । आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टार गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ । यो अफर संगै फोन मनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोन मनी एप रजिष्टार गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टार गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टार गर्ने सबैले उपहार पाउने भएका छन । यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ । जस अन्तर्गत “पैसा इसेवामा,घर काठमाण्डौमा“ भनेर फोनम...
नुवाकोट समाज दक्षिण कोरियाको साधरण सभा कार्यक्रमको तयारी पुरा

नुवाकोट समाज दक्षिण कोरियाको साधरण सभा कार्यक्रमको तयारी पुरा

Breaking News 2, प्रवास, समाचार
दक्षिण कोरिया/ नुवाकोट समाज दक्षिण कोरियाको ११ औं साधरण सभा कार्यक्रमको तयारी अन्तिम पुरा भएको छ । नोभेम्बर १० तारिक आईतबार संस्थाको साधरण सभा हुन लागिएको हो । उक्त कार्यक्रम गिम्फोमा सञ्चालन हुन लागिएको आयोजकले जनाएको छ ।
गुरुङलाई ज्यान मार्ने उद्योगमा गण्डकी प्रदेश सभा सदस्य मनाङे दोषी ठहर

गुरुङलाई ज्यान मार्ने उद्योगमा गण्डकी प्रदेश सभा सदस्य मनाङे दोषी ठहर

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको ५ वर्ष कैदलाई सदर गर्ने फैसला सुनाएको छ । सर्वोच्च अदालतले मंगलबार फैसला सुनाएपनि फैसलाको पूर्णपाठ भने सार्वजनिक गरेको छैन । फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि यो कार्यान्वयनमा जाने छ । मनाङेको हकमा उनी सांसदका लागि योग्य कि अयोग्य त भन्ने प्रश्नमा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार हुने पूर्वमहान्यायाधीवक्ता दिनमणी पोखरेलले बताए । उक्त ऐनको दफा १३ मा अयोग्यता सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐनको उपदफा ६ मा मनाङेको हकमा मिल्ने व्यवस्था छ । उक्त उपदफामा खण्ड ‘घ’ र ‘ङ’मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा ५ वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पुरा नभएको व्यक्ति अ...
कोरियामा दक्ष श्रमिक पठाउन सरकारको गृहकार्य

कोरियामा दक्ष श्रमिक पठाउन सरकारको गृहकार्य

Breaking News 2, प्रवास, समाचार
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत कोरियामा ई–७ भिसा प्रणालीअन्तर्गत सीपयुक्त श्रमिक पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले ‘कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि–०८०’ लाई संशोधन गरी रायका लागि परराष्ट्र र कानुन मन्त्रालय पठाएको छ । व्यक्तिगत रूपमा गइरहेका सीपयुक्त श्रमिकलाई संस्थागत रूपमा पठाउन प्रक्रिया अगाडि बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए । ‘कोरियामा ठूलो संख्यामा सीपयुक्त जनशक्तिको माग छ । कतिपय ई–७ मार्फत कोरिया गइरहेका छन् । परराष्ट्र र कानुनबाट सुझाव आएपछि संशोधित कार्यविधिलाई कोरिया पठाइने मन्त्री भण्डारीले जनाए । हालै मात्रै नेपालका लागि कोरियन राजदूत र श्रममन्त्री भण्डारीबीच यस विषयमा छलफलसमेत भएको थियो ।...
तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा हुने

तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, समाज
 शुभराज भोम्जन  दक्षिण कोरिया । तमु धीं दक्षिण कोरियाको रजत जयन्ती समारोह नोभेम्बर १० तारिखमा हुने भएको छ । अन्तराष्ट्रिय तमू परिषद आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् । संस्था स्थापना भएको २५ औँ वर्ष अर्थात रजत जयन्तीको अवसरमा गत अगस्ट ३ र ४ तारिखमा सौलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रमको समापन आँउदो १० तारिखको दिन सौलमा गर्न लागिएको हो । विविध कार्यक्रमहरूको साथमा आयोजना गर्न लागिएको उक्त समापन समारोहमा सहभागि हुनको लागि अपिल समेत गरेका छन् । तमु धीं कोरियाको नेपाली समाजमा सकृय रहेको एक लामो इतिहास बोकेको जातीय संस्था हो ।  ...
रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली

रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध हेटौंडामा खबरदारी तथा विरोध र्याली  निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी युवा सङ्गठन मकवानपुरको आयोजनामा सोमबार रास्वपा केन्द्रिय सदस्य रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध खबरदारी तथा बिरोध कार्यक्रम अनुसार विरोध र्याली निकालिएको हो । उक्त र्याली द्रुत कार्य टोलि बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा विरोध र्याली निकालिएको हो । बिरोध र्यालिमा करिव २५० जनाको उपस्थितिमा ब्यानर , पम्प्लेट र राष्ट्रिय झण्डाहरु बोकेर टाउकोमा निलो रिबन बाधि नाराबाजी गर्दै र्याली सुरु गरेको थियो । उक्त र्यालिमा भ्रष्ट सरकार चाहिदैन,नेपाली जनता के भन्छ बिधिको शासन ले भन्छ , –दलाल माफिया होसियार , –दुई तिहाइको पाराले दुख पाए साराले ,भ्रष्ट सेक्ने आशामा राष्...
काठमाण्डौमा घर जित्न अब ३ साता मात्र बाँकी

काठमाण्डौमा घर जित्न अब ३ साता मात्र बाँकी

Breaking News 2, अर्थ, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । अक्टुबर २५ । कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्ने ईभेन्टमा सहभागि हुन अब ३ साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफरको ग्लोबल अफर अन्र्तगत कोरियाको आधिकारिक रेमिट फोनमनीबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ । चाडबाड लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट पैसा ईसेवामा,घर काठमाण्डौमा भनेर फोनमनी मार्फत कोरियाबाट पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच ईमाडोलमा रहेको घर सार्वजनिक गरेका थिए । यसैगरी FoneMoneyले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत गत साता श्रीकृष्ण तिमिल्सिना ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"