Breaking News 2

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा हुदै

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा हुदै

Breaking News 2, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका २ स्थित बौद्ध माणि टासी गुम्बामा आईतबार देखि फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा हुने भएको छ । बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय पुजा आर्य अपारमिताको पुजा हुने भएको हो । पुजामा वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवभन ज्याङम्याङ कुश्याब् रिन्पोछेको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यतामा पुजा हुने समितिले जनाएको छ । यसै गरी कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका अर्थ मन्त्रि बहादुर सिङ लामाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोहमा कार्यक्रम हुने र अन्तिम दिन हेटौैंडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।...
राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि सर्वोच्चको निर्देशनात्मक आदेश

राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि सर्वोच्चको निर्देशनात्मक आदेश

Breaking News 2, समाचार
काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय सुष्ममालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले गत भदौमा जारी गरेको आदेशको बिहीबार सार्वजनिक पूर्णपाठमा आयोगको काम कारबाही प्रभावकारी बनाउन ऐन सशोधन प्रक्रिया बढाउन निर्देशनात्मक आदेश गरेको हो । अदालतले करिब पाँच वर्षभन्दा पहिले आयोगबाट गरिएका सिफारिस प्राभावकारी कार्यान्वयन नभएको सम्बन्धमा अधिवक्ता वीरेन्द्र थपलियाले दायर गर्नुभएको रिट निवेदनमा उक्त आदेश गरेको हो । आदेशमा द्वन्द्वकालमा आयोगमा पेश भएका उजुरीहरु सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी ऐन संशोधन भई स्वतन्त्र र सक्षम देखिएमा त्यस्ता उजुरीहरु सम्बन्धित आयोगमा पेश गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश गरेको छ ।    ...
अख्तियारद्धारा विकल पौडेल र सुनिल पौडेल पक्राउ

अख्तियारद्धारा विकल पौडेल र सुनिल पौडेल पक्राउ

Breaking News 2, मुख्य समाचार
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई अख्तियारद्धारा पक्राउ गरेका गरेका छन् । गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल पौडेल र बिकल पौडेललाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्ति आर्जनको उजुरी समेत परेको थियो । अख्तियारले ‘पटक पटक बोलाउदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, सोही अनुसार आज पक्राउ गरिएको हो ।’ श्रोत: अनलाईनखबर डटकम ।  ...
राक्सिराङ्गमा  रैथाने बालि  संकलन केन्द्र स्थापना

राक्सिराङ्गमा रैथाने बालि संकलन केन्द्र स्थापना

Breaking News 2, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिका स्थित हिमाली देबिटार कृषि सहकारी संस्था लिमिटेडले रैथाने बालि संकलन केन्द्र स्थापना गरेको छ । संस्थाको चौथो बार्षिक साधारण सभाको अवसरमा स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण गर्न संकलन केन्द्र स्थापना गरिएको हो । मंगलबार भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले संकलन केन्द्रको उद्घाटन गरेका थिए । वडा नं. ८ मा रहेको संस्थाले गाउँघरमै उत्पादित रैथाने कृषि उपजहरुलाई बजारीकरण गर्ने कामको शुरुवात गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले रैथाने बालीको उत्पादन बढाउन आग्रह गरेका छन् । लोप हुदैँ गएका रैथाने बालीहरुको संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले अनुदानको ब्यवस्था गर्ने उहाँले बताउनुभयो । रैथाने बाली, कृषि उपजहरुलाई बजारीकरणको लागि ब्राण्डिङ्ग गर्दै लैजाने अध्यक्ष्य मल्लले बताए ।  ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा तामाङ समुदायको साँस्कृतिक मौलिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ । बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिनको लागि नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउने पक्का भएको आयोजक समितिका संयोजक एबम् संस्थाका अध्यक्ष सुनिता भुलोनले जानकारी दिएका छन् । कार्यक्रम फेब्रअरी ११ गतेको दिन बिहान ११ बजेदेखि अस्तार होटलको सभाहलमा हुने र कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरुको साथमा साँस्कृतिक प्रस्तुतीहरु रहने छ । पहिलो पटक नेपाल देखि कलाकार ल्याएर गर्न लागेको कार्यक्रममा स्थानिय कलाकारुको पनि नृत्य तथा गायन प्रस्तुतीहरु रहने अध्यक्ष्य भोलनले बताए । अध्यक्ष भोलनले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक आह्वान समेत गरेका छन् ।...
काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन

काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन

Breaking News 2, बागमती प्रदेश
काठमाडौं / काठमाडौंसहित अधिकांश जिल्लामा केही दिनयता जाडो बढेको छ । दिउँसो घाम लागे पनि बिहान–बेलुका अत्यधिक जाडो हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । किनकी आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो ।...
अमेरिका र बेलायतद्वारा हुथी समूहविरुद्ध यमनमा आक्रमण शुरु

अमेरिका र बेलायतद्वारा हुथी समूहविरुद्ध यमनमा आक्रमण शुरु

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौं / संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका र बेलायतले स्वतन्त्र व्यापार वाणिज्यलाई जोगाउन प्रयास गरिरहेका खबरमा उल्लेख छ । यमनमा हुथी विरुद्ध अमेरिकाले गरेको यो आठौँ आक्रमण हो । गएको जनवरी ११ मा पनि अमेरिका र बेलायतले हुथी समूहमाथि संयुक्त आक्रमण गरेका थिए ।...
बागमतिमा छैठौं गोल्डकप फागुन १ देखि १० गते सम्म हुने

बागमतिमा छैठौं गोल्डकप फागुन १ देखि १० गते सम्म हुने

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा छैठौं बागमति गोल्डकप हुने भएको छ । फागुन १ देखि १० गते सम्म प्रतियोगिता हुने सोमबार समितिले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । बागमति ८ शान्तिपुर स्थित खेल मैदानमा खेल हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा ए डिभिजनका ६ वटा क्लबहरु, विदेशि १ वटा र मोफसलका ३ गरी १० वटा क्लबहरु सहभागि रहने बागमति गाउँ पालिका खेलकुद विकास समितिका अध्यक्ष्य टिका लाल श्रेष्ठले जानकारी दिएको छ । प्रतियोगितमा क्लबहरुको सहभागिताको लागि मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष्य अरुण लामा बलले सहजिकरण गरिरहेको आयोजकले बताएका छन् । प्रतियोगितामा विजेताले १० लाख नगत प्राप्त गर्ने छन् भने उपविजेताले ५ लाख प्राप्त गर्ने जनाएको छ ।...
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौं- प्रधानमन्त्री दाहाल

प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौं- प्रधानमन्त्री दाहाल

Breaking News 2, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्र संघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ । साझा विश्व समृद्धिका लागि गहन सहकार्य नारामा सुरु भएको ‘नाम’ को १९ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ‘विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्र संघका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसंघपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नु पर्ने बताउनस भयो ।...
हेटौंडामा माघ १० देखि १६ गते सम्म सहिद सप्ताह मलाईने

हेटौंडामा माघ १० देखि १६ गते सम्म सहिद सप्ताह मलाईने

Breaking News 2, बागमती प्रदेश, समाचार, समाज
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सहिद सप्ताह हुने भएको छ । हेटौडा –११ स्थित सहिद स्मारक बिकास समितिले माघ १० देखि १६ गते सम्म दिवस–२०८० सप्ताहव्यापी रूपमा मनाउने बिकास समितिले जनाएको छ । स्मारक विकास समितिले सहिद सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्ने समितिले जनाएको छ ।
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"