Breaking News 2

माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ सास्कृतिक महाउत्सव सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा माघ २७ गते ल्होछार महाउत्सव हुनेभएको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै ल्होछार हुने सम्बन्धमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने ल्होछार कार्यक्रममा तामाङ गायन क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । तामाङ समुदायको नयाँ बर्षको रुपमा मनाउदै आएको सोनाम ल्होछारमा तामाङ भेषभुषा झल्काउने पोसाक र परिकारहरुको स्टल राखी प्रदर्शन गर्ने उक्त समितिलबेका सचिव किरण बलले बताए । साथै लामा,बोम्बो, ताम्बाडम्फुरे सहितको ¥यालि तथा झाकी प्रद्धर्शन,शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने उनले बताएका छ...
धौलागिरी सांगीतिक सौगात भाग-४ बाट ३ करोड वन मुनाफा हुने अनुमान

धौलागिरी सांगीतिक सौगात भाग-४ बाट ३ करोड वन मुनाफा हुने अनुमान

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन १० फेब्रुअरीमा बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको धौलागिरी सांगीतिक सौगात भाग ४ बाट कम्तिमा ३ करोड वन बराबरको मुनाफा हुने आयोजकले जनाएको छ । प्रवासी भूमिमा आपतकालिन राहत कोष स्थापना गर्ने उद्धेश्य राखेर आयोजना गर्दै गरेको उक्त कार्यक्रबाट हाल सम्मको अवस्थालाई अनुमान गर्दा कम्तिमा ३ करोड वन बराबरको फाईदा हुने देखिएको आयोजकले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । टिकट मात्रै बिक्री गरेर कार्यक्रम पूर्ण रुपमा फाईदामा लान सक्ने अवस्था नरहेता पनि बिभिन्न सामाजिक ब्यक्तित्वहरु र ब्यवसायिक घरानाहरुबाट भएको सहयोगको आधारमा कार्यक्रम फाईदामा जान सक्ने अनुमान आयोजकले गरेको हो । हाल सम्म ४ करोड वन छेउछाउमा सहयोग रकम संकलन भैसकेको छ । कार्यक्रमको अन्तिम समय सम्ममा टिकट बाहेक सहयोगि दाताहरुबाट ५ करोड वन भन...
विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा प्रधानमन्त्री दाहालको जोड

विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा प्रधानमन्त्री दाहालको जोड

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोडदिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए । निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिएको उनको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्री दाहालले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागी विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्...
पुस्तकालय निर्माण सहयोगार्थ जेजु सांगीतिक साँझ हुदै, प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने

पुस्तकालय निर्माण सहयोगार्थ जेजु सांगीतिक साँझ हुदै, प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । पुस्तकालय निर्माण गर्ने उद्धेश्य राखेर माउण्ट एभरेष्ट रेष्टुरेण्ट जेजुको आयोजनामा कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा जेजु सांगीतिक साँझ, २०२४ आयोजना हुने भएको छ । उक्त सांगीतिक साँझ कार्यक्रममा ख्यातिप्राप्त लोक गायक तथा सर्जक प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने छ । जेजु दो क्षेत्रमा कृयाशिल बिभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको आयोजक धर्मराज गौतमले बताएका छन् । उक्त कार्यक्रमबाट मुनाफा भएको रकम सतप्रतिशत जेजुमा पुस्तकालय निर्माण गर्नमा खर्च हुने भएकोले सबै समक्ष सकेको सहयोग गर्नको निम्ती गौतमले लाबा न्युज मार्फत सार्बजानिक रुपमा आह्वान गरेका छन् । उक्त दिन दिउँसो अस्तार होटलको सभाहलमा तामाङ समुदायको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम रहेको र उक्त ल्होछार कार्यक्रम सक्केपछी मात्रै जेजु सांगीतिक साँझ सुरुहुने ...
हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा हुदै

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा हुदै

Breaking News 2, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका २ स्थित बौद्ध माणि टासी गुम्बामा आईतबार देखि फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा हुने भएको छ । बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय पुजा आर्य अपारमिताको पुजा हुने भएको हो । पुजामा वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवभन ज्याङम्याङ कुश्याब् रिन्पोछेको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यतामा पुजा हुने समितिले जनाएको छ । यसै गरी कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका अर्थ मन्त्रि बहादुर सिङ लामाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोहमा कार्यक्रम हुने र अन्तिम दिन हेटौैंडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।...
राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि सर्वोच्चको निर्देशनात्मक आदेश

राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि सर्वोच्चको निर्देशनात्मक आदेश

Breaking News 2, समाचार
काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय सुष्ममालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले गत भदौमा जारी गरेको आदेशको बिहीबार सार्वजनिक पूर्णपाठमा आयोगको काम कारबाही प्रभावकारी बनाउन ऐन सशोधन प्रक्रिया बढाउन निर्देशनात्मक आदेश गरेको हो । अदालतले करिब पाँच वर्षभन्दा पहिले आयोगबाट गरिएका सिफारिस प्राभावकारी कार्यान्वयन नभएको सम्बन्धमा अधिवक्ता वीरेन्द्र थपलियाले दायर गर्नुभएको रिट निवेदनमा उक्त आदेश गरेको हो । आदेशमा द्वन्द्वकालमा आयोगमा पेश भएका उजुरीहरु सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी ऐन संशोधन भई स्वतन्त्र र सक्षम देखिएमा त्यस्ता उजुरीहरु सम्बन्धित आयोगमा पेश गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश गरेको छ ।    ...
अख्तियारद्धारा विकल पौडेल र सुनिल पौडेल पक्राउ

अख्तियारद्धारा विकल पौडेल र सुनिल पौडेल पक्राउ

Breaking News 2, मुख्य समाचार
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई अख्तियारद्धारा पक्राउ गरेका गरेका छन् । गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल पौडेल र बिकल पौडेललाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्ति आर्जनको उजुरी समेत परेको थियो । अख्तियारले ‘पटक पटक बोलाउदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, सोही अनुसार आज पक्राउ गरिएको हो ।’ श्रोत: अनलाईनखबर डटकम ।  ...
राक्सिराङ्गमा  रैथाने बालि  संकलन केन्द्र स्थापना

राक्सिराङ्गमा रैथाने बालि संकलन केन्द्र स्थापना

Breaking News 2, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिका स्थित हिमाली देबिटार कृषि सहकारी संस्था लिमिटेडले रैथाने बालि संकलन केन्द्र स्थापना गरेको छ । संस्थाको चौथो बार्षिक साधारण सभाको अवसरमा स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण गर्न संकलन केन्द्र स्थापना गरिएको हो । मंगलबार भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले संकलन केन्द्रको उद्घाटन गरेका थिए । वडा नं. ८ मा रहेको संस्थाले गाउँघरमै उत्पादित रैथाने कृषि उपजहरुलाई बजारीकरण गर्ने कामको शुरुवात गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले रैथाने बालीको उत्पादन बढाउन आग्रह गरेका छन् । लोप हुदैँ गएका रैथाने बालीहरुको संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले अनुदानको ब्यवस्था गर्ने उहाँले बताउनुभयो । रैथाने बाली, कृषि उपजहरुलाई बजारीकरणको लागि ब्राण्डिङ्ग गर्दै लैजाने अध्यक्ष्य मल्लले बताए ।  ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा तामाङ समुदायको साँस्कृतिक मौलिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ । बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिनको लागि नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउने पक्का भएको आयोजक समितिका संयोजक एबम् संस्थाका अध्यक्ष सुनिता भुलोनले जानकारी दिएका छन् । कार्यक्रम फेब्रअरी ११ गतेको दिन बिहान ११ बजेदेखि अस्तार होटलको सभाहलमा हुने र कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरुको साथमा साँस्कृतिक प्रस्तुतीहरु रहने छ । पहिलो पटक नेपाल देखि कलाकार ल्याएर गर्न लागेको कार्यक्रममा स्थानिय कलाकारुको पनि नृत्य तथा गायन प्रस्तुतीहरु रहने अध्यक्ष्य भोलनले बताए । अध्यक्ष भोलनले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक आह्वान समेत गरेका छन् ।...
काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन

काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन

Breaking News 2, बागमती प्रदेश
काठमाडौं / काठमाडौंसहित अधिकांश जिल्लामा केही दिनयता जाडो बढेको छ । दिउँसो घाम लागे पनि बिहान–बेलुका अत्यधिक जाडो हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । किनकी आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"