काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।
शुभराज भोम्जन
दक्षिण कोरिया । विगत लामो समय देखि दक्षिण कोरियामा कृयाशिल रहदै आएको पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले यहि अप्रिल २१ गतेका दिन आउदो छुससको लागि कार्यक्रम बाँडफाड गर्ने भएको छ ।
त्यसैगरी सोही दिन पुर्वाञ्चल सरोकार समाज र मातहतका संस्थाहरुको सयुक्त स्वामित्वमा रहेको सयुक्त कार्यालयको समेत उदघाटन गर्ने भएको छ । उक्त कार्यालयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्न सकिने छ । नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गर्ने हेतुले कार्यक्रमको आयोजना गरेता पनि मुख्य दुईवटा विषयहरुलाइ पनि कार्यन्वयन गर्ने संस्थाका अध्यक्ष गजेन्द्र शेर्माले बताए । समाज र समाजमा आबद्ध संस्थाहरुको स्वामित्वमा रहनेगरी सञ्चालनमा ल्याएको कार्यालयको उदघाटन पश्चात आउदो छुसकमा कार्यक्रम गर्न चाहने संस्थाहरुको पत्र बुझेर कुनै एउटा संस्थालाई कार्यक्रम गर्ने अधिकार दिने जनाएको छ ।
पुर्वाञ्चल सरोकार समाज दक्षिण ...
काठमाडौँ । लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए । सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ ।
सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् । यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन द...
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ । समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । यसअघि ६० किलो सुन प्रकरणमा आफूले बोक्ने मोबाइल नलगेर पुन सामान्य ‘टुकटुके’ मोबाइल लिएर सीआईबीमा पुगेका थिए ।...
बोम्जन गुरुङ
दक्षिण कोरिया । कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४” को आयोजना गर्ने भएको छ ।
”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि 공주시 단천면 삼거리1길 8-1 공주유스호스텔 मा सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, डिएसएमइ मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ ।
सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण ग...
शुभराज भोम्जन
दक्षिण कोरिया । विगत लामो समयदेखि स्टारेमिटको नामबाट सञ्चालनमा रहेको स्टारेमिट कम्पनीको नाम परिवर्तन भई फोनमनी रेमिटको नामबाट बम्पर अफर सहित सेवा सुचारु भएको छ ।
रेमिट सेवा र नेपालको दुईवटा बैंकहरुको सेवा समेत प्रदान गर्नेगरी फोनमनी रेमिटले आफ्नो सेवा सुचारु गरेको हो । फोनमनी रेमिटले दक्षिण कोरियाको सौल स्थित दोङदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रिय कार्यालय मार्फत सेवाको सुचारु गरेको हो । रेमिट सेवा संगै इ-सेवा सम्बन्धी सेवाहरु दक्षिण कोरियाबाटै लिन सकिने छ । फोनमनी रेमिटबाट नेपालको लक्ष्मी सनराइज बैंकको OrangeNxt एप र नबिल बैंकको सेवा लिन सकिने छ । फोनमनीले नेपालको इ-सेवा मनीट्रान्सफर संग सहकार्य गरेर नेपालीहरुलाई छिटो र भरपर्दो तरिकाले पैसा पठाउने व्यवस्था गरेको छ ।
फोनमनी रेमिटबाट पैसा पठाउदा हालको लागि सर्भिस चार्ज नलाग्नेगरी सेवा प्रदान गरिरहेको बजार व्यवस्थापन प्रमुख ...
हेटौंडा । नेपाल बिद्युत प्राधिकरण हेटौंडाले आज मगंलाबार दिनभर जसो वद्युत अबरुद्ध हुने जनाएको छ ।
विद्युत प्राधिकरणको ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने भएकाले हेटौंडा उपमहानगरपालिका सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने भएको नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको हो । बिहानैबाट बेलुका ५ बजे सम्म विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका सूचना अधिकारी रामबाबु लोप्चनले जनाकारी दिए ।
...
दक्षिण कोरिया । कास्कि परिवार थेगु शाखाको आयोजनामा महाजात्रा थेगु शो आउदो मे ५ मा हुने भएको छ । आपतकालिन् राहत कोष स्थापनार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।
चलचित्र थेगुस्थित खेम्यङ विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको हो । प्रदिप भट्टराईद्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्र नेपाल लगायत विश्वका थुप्रै मुलुकहरुमा प्रदर्शन भैरहेको छ । महाजात्राले व्यवसायिक रुपमा सफलता प्राप्त गरिरहेका छन् । दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार बिशाल आवाज मल्टिमिडीया प्रालिले पाएको छ । मे ५ आइताबारको दिन बिहान ११ बजेदेखि प्रदर्शन सुरुहुने भएकोले थेगु आसपासमा रहेका नेपाली दर्शकहरुलाई चलचित्र हेर्न आउनको लागि आयोजकले आग्रह गरेका छन् ।...
काठमाडौँ / निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो ।
२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । ०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।
...
हेटौंडा/ नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बर्षको दिन बैशाख १ गते संघका मकवानपुर अध्यक्ष निप्पु सर्राफको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भारतीय राजदुतावासका महावाणिज्यदुत शैलेन्द्र कुमारको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शैलेन्द्र कुमारले नेपाल र भारत बिच गहिरो नाता भएको बताउनुभयो । उहाँले नेपालको उद्योग ब्यापार क्षेत्रमा परेको समस्यामा आवश्यक छलफल गरि समाधानको पहल गरिने बताउनुभयो । हेटौंडाको होटल सुर्यांशमा भएको कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघका केन्द्रीय उपाध्यक्ष सुदर्शन अधिकारी, हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको बिशेष आतिथ्यता रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, मकवानपुर...