मगर संघको आयोजनामा सुवनको मेगाबक्समा ‘घरज्वाईं’ प्रदर्शन हुँदै
दक्षिण कोरिया । नेपाल मगर संघ, दक्षिण कोरियाको आयोजनामा अगस्ट १८ तारिकमा सुवन सहरमा रहेको मेगाबक्समा नेपाली कथानक चलचित्र घरज्वईको प्रदर्शन हुने भएको छ ।
नेपाली कथानक चलचित्र “घरज्वाइँ” को प्रदर्शनीको लागि सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले जानकारी दिएका छन्। त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, दक्षिण कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आइतबार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क तीन मान वन तोकिएको छ ।
कोरियाको बिभिन्न शहर हरुमा चलचित्र “घरज्वाईं” प्रदर्शन गर्न चाहने संस्था वा व्यक्तिले नेपाल मगर संघ, दक्षिण कोरिया लाई सम्पर्क गर्नको लागि आग्रह समेत गरेका छन् । मगर समुदायमा वर्षौंदेखि प्रचलि...







