Breaking News 2

शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन लागेको “हिमालयन सांगीतिक धमाका-२०२४” को तयारी तिब्र

शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन लागेको “हिमालयन सांगीतिक धमाका-२०२४” को तयारी तिब्र

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा यही आउदो कोरियाली चाड छुसकको अवसरमा सेप्टेम्बर १७ तारिख सऊलमा हुन लागेको “हिमालयन सांगीतिक धमाका २०२४” कार्यक्रमको तयारी तीब्र पारिएको छ । विपत व्यवस्थापन तथा आपतकालीन् राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले दक्षिण कोरियाको राजधानी सौलमा २०२४ सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन आयोजना गर्न लागेको “हिमालयन सांगीतिक धमाका २०२४” को तयारी तीब्र पारिएको हो । आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचार प्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड समेत गरेको...
अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवस

अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवस

Breaking News 2, समाचार
हेटौंडा/ अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कमिटी मकवानपुरले शुभकामना आदानप्रदान सहित चियापान कार्यक्रम आयोजना गरेको छ । सोमबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री मोक्तानले आफुले जानेको सीपलाई ब्यवशायमा परिणत गरी उद्यमशील हुनुपर्ने बताईन् । कार्यक्रममा प्रमुख अतिथि मोक्तानले ब्यवशायीहरु संगठित भए आपसी सहयोग र सहकार्यको लागि सहयोगी हुने बताईन् । अखिल नेपाल ब्युटिसियन श्रमिक संघ जिल्ला कमिटी मकवानपुरकी अध्यक्ष कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सदस्य सर्केश घलान, सीता पुलामी, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रह...
अब देखि कम्पनीको बैंक खाताको विवरण कर कार्यालयले लिने सक्ने, व्यवसायीले जान्नुपर्ने कर सम्बन्धी महत्वपूर्ण ८ विषय

अब देखि कम्पनीको बैंक खाताको विवरण कर कार्यालयले लिने सक्ने, व्यवसायीले जान्नुपर्ने कर सम्बन्धी महत्वपूर्ण ८ विषय

Breaking News 2, अर्थ, प्रमुख समाचार
काठमाण्डौँ । अबदेखि आर्थिक ऐन २०८१ पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। यो ऐनले आर्थिक कारोबार, हिसाब लेखाङ्कन, तथा करका विषयमा केही नयाँ व्यवस्था लागू गरेको छ। चालु वर्षबाट सुरू गरिएका यी व्यवस्था व्यवसायीको लागि सरोकारका विषय बन्न सक्छन् । पाँच लाखसम्मको कर कट्टा कुनै पनि किसिमका अवकाश कोषमा भएको योगदान सबै योगदानकर्ताले ५ लाखसम्म कट्टा गर्न मिल्ने भएको छ। साबिकको व्यवस्थाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेबापत पाँच लाखसम्म घटाउन पाउने र अन्य स्वीकृत अवकाश कोषमा योगदान गर्दा तीन लाख रुपैयाँसम्म घटाउन पाउने व्यवस्था थियो। खर्च अमान्य हुने तलब सम्बन्धी व्यवस्था चालु वर्षबाट बैंकिङ भुक्तानीलाई प्राथमिकता दिइएको छ। अब बैंकमार्फत भुक्तानी नभएको प्रतिव्यक्ति मासिक २५ हजारभन्दा बढीको पारिश्रमिक आयकर प्रयोजनको लागि खर्च दाबी गर्न नपाइने व्यवस्था गरिएको छ। यसको अर्थ २५ हजार...
कास्की परिवारले आयोजना गर्न लागिएको वृहत भेटघाट तथा वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा 

कास्की परिवारले आयोजना गर्न लागिएको वृहत भेटघाट तथा वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा 

Breaking News 2, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुन लागिएको वृहत भेटघाट तथा बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिएका छन् । यही जुलाई २० र २१ तारिखमा 경기도 가평군 청평면 मा हुन लागेको उक्त वृहत भेटघाट तथा बनभोज कार्यक्रममा सहभागिताको लागि आयोजकले आग्रह समेत गरेका छन् । उक्त कार्यक्रममा सहभागिताको लागि पुरुषको लागि ९० हजार कोरियन वन र महिलाको लागि ७० हजार कोरियन वन शुल्क तय गरिएको छ । कार्यक्रममा  सहभागिहुनेहरुको लागि विभिन्न मनोरञ्जनात्मक स्थानहरूको भ्रमण गराउनुका साथै बिभिन्न मिष्ठान्न परिकारहरूको व्यवस्था  गरिएकोआयोजकले जनाएको छ । त्यसैगरी कार्यक्रममा सहभागि हुन जानको लागि सौलको दोङदेमुन स्टेसन र सुवन स्टेसनबाट  बसको व्यवस्था रहेको छ ।  ...
इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा चेम्जोङ सहित १९ जनाको कार्य समिति चयन

इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा चेम्जोङ सहित १९ जनाको कार्य समिति चयन

Breaking News 2, प्रवास, समाचार
दक्षिण कोरिया/  इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा सुबास चेम्जोङ सर्वसहमतिमा निर्वाचित भएका छन् । इलामेली समाजको पाँचौ अधिवेशनले कार्य समिति गठन गरी चेम्जोङ सहित १९ जना सर्वसहमतिमा निर्वाचित भएका हुन् । यसै गरी कार्य समितिमा अध्यक्ष पदमा सुवास चेम्जोङ, वरिष्ठ उपाध्यक्षमा भिम बिराज संकर उपाध्यक्ष मदन चापागाई,गणेस तामाङ,रमेस बस्नेत, महासचिवमा डिल्ली हॉंङसरुम्बा, सचिवमा डि बी योङहॉंङ, कोष अध्यक्षमा भुवन थुलुङ, सह कोषअध्यक्षमा राधा घिमिरे, सदस्य पदमा खाओत हॉंङ नेम्बाङ, सागर नारायण जोसी, यामु राई , बिनोद जबेगु, हेमन्त बस्नेत, जीवन राई , सनम राई, सन्तोष राई, मनि राम राई ,गंगा थेबे चयन भएका छन् ।...
मकवानपुरमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा दुइ जना घाइते

मकवानपुरमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा दुइ जना घाइते

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा दुइ जना घाइते भएका छन् । हेटौंडा वडा नम्बर–६ पुतलीबजार स्थितमा धरान चतरा सडक खण्डमा आज बिहान मोटरसाइकल एक आपसमा ठक्करखाँदा हेटौडा– १८ बस्ने १९ वर्षिय सुगम दुलाल र सोही ठाउँका १९ वर्षिय बिनायक दुलाल घाइते भएका हुन् । पुतलीबजार तर्फबाट भुलभले तर्फ जादै गरेको बा प्र ०३–००५ प ६३०९ नंबरको मोटरसाइकल र सोही दिशातर्फ जादै गरेको बा प्र ०३–००३ प ७१२६ नंबरको मोटरसाइकल ठोकिदा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । दुबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।...
ईपीएस मार्फत कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान

ईपीएस मार्फत कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान

Breaking News 2, प्रवास, समाचार
काठमाडौं / रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो । हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूलाई लग्दै आएको छ । कोरियन एयरसँग गरिएको एक वर्षे सम्झौता सकिन लागेपछि बोलपत्र आह्वान गरिएको हो । आगामी आर्थिक वर्ष २०८१÷०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पु–याउनको लागि बोलपत्र आह्वान गरिएको हो । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको ईपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ । बोलपत्र वापतको शुल्कको लागि २० हजार रूपैयाँ दस्तुर तोकिएको छ । त्यसका लागि तीन करोड ८५ लाख रूपैयाँको धरौटी रकम माग गरिएको छ । आवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट ...
नुवाकोट समाज दक्षिण कोरियाको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम हुने

नुवाकोट समाज दक्षिण कोरियाको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम हुने

Breaking News 2, प्रवास, मनोरञ्जन, समाचार
हेटौंडा/ नुवाकोट समाज दक्षिण कोरियाको आयोजनामा बृहत वनभोज तथा भेटघाट कार्यक्रम हुने भएको छ । आउँदो अगस्ट ३ र ४ तारिखमा 경기 양평군 서종면 중미산로 मा वनभोज तथा भेटघाट कार्यक्रम हुने भएको हो । दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले “सामाजिक एकता र समृद्ध हाम्रो अठोट” भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागि हुन पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ । वनभोज कार्यक्रममा नेपाली परिकार , आरामदायी बास, मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्था गरिने जनाएको छ । साथै कार्यक्रम स्थलसम्म पुग्न निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।...
राक्सिराङमा ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम

राक्सिराङमा ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ युवालाई श्रम , सिप, रोजगारीमा जोडेर समृद्धि चलाउन नयाँ अभियान कार्यक्रम पारित गरेको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको हाल सम्पन्न भएको गाउँ सभाले पालिकाका युवा लक्षित ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम पारित गरेको हो । "समाज विग्रहको कारण हामी आफै पनि हो । विग्रहको अन्त्य हामी आफैंबाट हुनुपर्छ । यो कुरा आम युवाहरुलाई बोध गराउन सकियो भने समाज बिकासले गति लिन सकिन्छ । '' राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले भने ।...
लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा खनाल सहित २७ सदस्यिय चयन

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा खनाल सहित २७ सदस्यिय चयन

Breaking News 2, प्रवास, लुम्बिनी प्रदेश, समाचार
हेटौंडा / लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल चयन भएका छन् । खनालको अध्यक्षतामा २७ सदस्यिय कार्यसमिति चयन गरिएको हो । बरिष्ठ उपाध्यक्षमा मदन गौतम, उपाध्यक्षमा  किरण बन्जाडे, नरेश शर्मा, विज्ञान अर्याल, मिलन थापा मगर,नारायण न्यौपाने,बिरेन्द्र राहु मगर, नमुना ज्ञावली महिला उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा जयराम खनाल र सचिवमा दामोदर भुषाल,बिष्णु थापा,प्रकाश न्यौपाने महिला सचिवमा वर्षा भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा जितेन्द्र के सी र सह–कोषध्यक्षमा राजेश कुमार चौरसिया, साहित्य संयोजकमा शुशिल बि।क, युवा संयोजकमा खगेन्द्र कुमार घर्तिमगर, विद्यार्थी संयोजकमा सनु खनाल चयन भएका छन् । यसै गरी सदस्यहरु युवराज गौतम, सन्दिप न्यौपाने,सिद्धान्त कार्की,राज गौतम,जीवन थापा, तुल्सीराम खनाल,नारायण खनाल, दिनेश पराजुली चयन भएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"