Breaking News 2

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

Breaking News 2, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।  ...
कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने जनाइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालक बिडारीकाे मृत्यु

टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालक बिडारीकाे मृत्यु

Breaking News 2, समाचार
हेटौंडा । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–१०  टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालक भिम बिडारीकाे उपचारका क्रममा मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्डमा कर्रातर्फ बाट बसपार्क तर्फ आउदै गरेको बा प्र ०३–००५ प ३५११ नबरको को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र २–०३–००१ ख ६८५४ नंबरको टिफरले ठक्कर दिँदा हेटौंडा –११ थानाभर्याङ बस्ने ५५ वर्षिय भ बिडारीको उपचारका क्रममा मृत्यु भएको हो । टिफरको ठक्करबाट घाइते भएका बिडारीको हेटौंडाको चुरेहिल अस्पताल हुँदै भरतपुर अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।...
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो । पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै स्वतः इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद

Breaking News 2, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।    
अप्रिल २१ मा पुर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सोहि दिन सयुक्त कार्यालयको समेत उदघाटन गर्ने

अप्रिल २१ मा पुर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सोहि दिन सयुक्त कार्यालयको समेत उदघाटन गर्ने

Breaking News 2, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । विगत लामो समय देखि दक्षिण कोरियामा कृयाशिल रहदै आएको पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले यहि अप्रिल २१ गतेका दिन आउदो छुससको लागि कार्यक्रम बाँडफाड गर्ने भएको छ । त्यसैगरी सोही दिन पुर्वाञ्चल सरोकार समाज र मातहतका संस्थाहरुको सयुक्त स्वामित्वमा रहेको सयुक्त कार्यालयको समेत उदघाटन गर्ने भएको छ । उक्त कार्यालयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्न सकिने छ । नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गर्ने हेतुले कार्यक्रमको आयोजना गरेता पनि मुख्य दुईवटा विषयहरुलाइ पनि कार्यन्वयन गर्ने संस्थाका अध्यक्ष गजेन्द्र शेर्माले बताए । समाज र समाजमा आबद्ध संस्थाहरुको स्वामित्वमा रहनेगरी सञ्चालनमा ल्याएको कार्यालयको उदघाटन पश्चात आउदो छुसकमा कार्यक्रम गर्न चाहने संस्थाहरुको पत्र बुझेर कुनै एउटा संस्थालाई कार्यक्रम गर्ने अधिकार दिने जनाएको छ । पुर्वाञ्चल सरोकार समाज दक्षिण ...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारीको दावी पेस- आजै शपथको तयारी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारीको दावी पेस- आजै शपथको तयारी

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ । लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए । सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ । सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् । यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन द...
पूर्व उपराष्ट्रपति  पुनका पुत्र दीपेशमाथि फेरि सुन तस्करी मुद्दामा अनुसन्धान हुने

पूर्व उपराष्ट्रपति पुनका पुत्र दीपेशमाथि फेरि सुन तस्करी मुद्दामा अनुसन्धान हुने

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ । समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । यसअघि ६० किलो सुन प्रकरणमा आफूले बोक्ने मोबाइल नलगेर पुन सामान्य ‘टुकटुके’ मोबाइल लिएर सीआईबीमा पुगेका थिए ।...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
बोम्जन गुरुङ दक्षिण कोरिया । कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४” को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि 공주시 단천면 삼거리1길 8-1 공주유스호스텔 मा सो कार्यक्रमको आयोजना गर्न लागेको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, डिएसएमइ मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण ग...
बम्पर अफर सहित दक्षिण कोरियामा फोनमनी रेमिटको सेवा सुचारु

बम्पर अफर सहित दक्षिण कोरियामा फोनमनी रेमिटको सेवा सुचारु

Breaking News 2, अर्थ, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । विगत लामो समयदेखि स्टारेमिटको नामबाट सञ्चालनमा रहेको स्टारेमिट कम्पनीको नाम परिवर्तन भई फोनमनी रेमिटको नामबाट बम्पर अफर सहित सेवा सुचारु भएको छ । रेमिट सेवा र नेपालको दुईवटा बैंकहरुको सेवा समेत प्रदान गर्नेगरी फोनमनी रेमिटले आफ्नो सेवा सुचारु गरेको हो । फोनमनी रेमिटले दक्षिण कोरियाको सौल स्थित दोङदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रिय कार्यालय मार्फत सेवाको सुचारु गरेको हो । रेमिट सेवा संगै इ-सेवा सम्बन्धी सेवाहरु दक्षिण कोरियाबाटै लिन सकिने छ । फोनमनी रेमिटबाट नेपालको लक्ष्मी सनराइज बैंकको  OrangeNxt एप र नबिल बैंकको सेवा लिन सकिने छ । फोनमनीले नेपालको इ-सेवा मनीट्रान्सफर संग सहकार्य गरेर नेपालीहरुलाई छिटो र भरपर्दो तरिकाले पैसा पठाउने व्यवस्था गरेको छ । फोनमनी रेमिटबाट पैसा पठाउदा हालको लागि सर्भिस चार्ज नलाग्नेगरी सेवा प्रदान गरिरहेको बजार व्यवस्थापन प्रमुख ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"