सरस्वती माध्यमिक विद्यालयका बालबालिकालाई साइकल वितरण
मकवानपुर / मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण गरिएको छ ।
गाउँपालिकाको वडा नं। १ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत साईकल बितरण गरेको हो । ३ किलेमिटर टाढाबाट पैदल बिद्यालय आउने बिद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यले साईकल बितरण गरिएको वडाध्यक्ष आशिष तितुङले जानकारी दिए ।
भौगोलिक दुरी र साइकल चल्ने बाटो भएको आधारमा वडा कार्यालयले विद्यार्थी छनौट गरेको हो । साईकल नजाने टाढाका बिद्यार्थीहरुलाई वडाले बिद्यालय आसपास हेस्टलको ब्यवस्था गर्ने योजना रहेको समेत अध्यक्ष तितुङले बताए ।
वडाको एक मात्र माध्यमिक बिद्यालयमा कक्षा ६ देखि १० मा अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको बिद्यालयका प्रधानाध्यापक सुकदेव अधिकारीले बताए । बिद्यार्थीको नियमित उपस्थितिका लागि टाढ...








