Breaking News 2

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघकै आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ ।   मनहरी( ५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रूम्बालाई आइतवार साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ । मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए ।...
दक्षिण कोरियाको कार्यवाहक राष्ट्रपति हान डक सूविरुद्ध  संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित

दक्षिण कोरियाको कार्यवाहक राष्ट्रपति हान डक सूविरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं / दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक(सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त हुने भएका छन् । यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ । गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक(सू कार्यवाहक राष्ट्रपति बनेका थिए । महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो। महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो। सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो ।...
काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि एक महिनाका लागि बन्द हुने

काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि एक महिनाका लागि बन्द हुने

Breaking News 2, समाचार
हेटौँडा / काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । सडक विभागले उक्त सडक बन्द गर्ने सुचना जारी गरेपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने जनाएको छ ।...
पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै

पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै

Breaking News 2, कोशी प्रदेश, प्रदेश १, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन चाड सलनालको अवसरमा पुर्वी नेपाल समाज अन्तर्गत रहेर आयोजना गर्न लागिएको सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको पोस्टर सयुक्त रुपमा २२ तारिख आइतबार सार्वजनिक गरिने भएको छ । सौलको दोङ्देमुन स्थित रहेको पुर्वी नेपाल समाजको सभाहलमा सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि पोस्टर सार्वजनिक गर्न लागिएको हो । एनसीसी दक्षिण कोरियाको सहजिकरणमा पुर्वी नेपाल समाज अन्र्तत खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको खोटाङ हलेसी सांगीतिक सौगात भाग-५ र पुर्वी नेपाल समाजको समन्वयमा भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाजले आयोजना गर्न लागिएको रात्रिकालिन कार्यक्रमहरुको सयुक्त रुपमा पोष्टर सार्वजनिक गरिने कार्यक्रममा सहभागि हुनको लागि आयोजकले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन् । खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रम जनवरी २९ तारिखको दिउसो हुनेछन् भने अन्य कार्यक्रम...
दक्षिण कोरियाकोे राष्ट्रपति युन सुक येओल विरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू

दक्षिण कोरियाकोे राष्ट्रपति युन सुक येओल विरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू

Breaking News 2, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार
सोल / दक्षिण कोरियाकोे राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोगबारे संवैधानिक अदालतले सुनुवाइ प्रक्रिया सुरू गरेको छ । सैनिक शासन घोषणा गरेको र देशलाई राजनीतिक उथलपुथलमा डुबाएको आरोपमा राष्ट्रपति युनविरुद्ध शनिबार महाभियोग प्रस्ताव संसदबाट पारित भईसकेको छ । संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै निलम्बनमा परेका युनलाई हटाउने वा पुनर्बहाली गर्ने विषयमा ९ सदस्यीय अदालतले निर्णय लिनेछ । त्यसका लागि अदालतसँग अब ६ महिनाको समय बाँकी छ । पद रिक्त भएको खण्डमा भने ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनुपर्ने व्यवस्था रहेको छ । छिमेकी देश उत्तर कोरिया र देशभित्रकै केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको दाबी गर्दै उनले सैनिक शासन लगाउनुपरेको बताएका थिए । राष्ट्रपतिले सैनिक शासन लागू गरेको केही समयमै सेनाले एउटा आदेश जारी गर्दै संसद्का गतिविधि र राजनीतिक प्रदर्शनमा प्रतिबन्ध लगायो । व...
अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

Breaking News 2, अन्तर्राष्ट्रिय, अपराध/ अनुसन्धान, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, समाचार
काठ्माउडौँ/ अमेरिकाको विस्कन्सिन राज्यमा एक छात्राले गोली हानेर दुईजनाको हत्या गरेकी छिन् । एक विद्यालय भएको घटनामा ६ विद्यार्थी घाइते भएका छन् । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेको समाचारमा उल्लेख छ । उनले गोली चलाउनुको कारण खुलेको छैन । परिवारको सहयोगमा प्रहरीले ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।...
कार्की १७६ मत प्राप्त गर्दै एमाले हेटौंडा उपमहानगर कमिटि अध्यक्षमा विजयी

कार्की १७६ मत प्राप्त गर्दै एमाले हेटौंडा उपमहानगर कमिटि अध्यक्षमा विजयी

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ एमाले उपमहानगरको दोस्रो अधिवेशनमा उपमहानगर कमिटि अध्यक्षमा बोलबहादुर कार्कीले १७६ मत प्राप्त गर्दै विजयी भएको हो ।  कार्कीका निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठले १३३ मत प्राप्त गरेका थिए । यसै गरी उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मत सहित विजयी भएका छन् । अन्य उपाध्यक्षका उम्मेदवार धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याए । सचिवमा शान्ता गौतम १९७ मत सहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत ल्याए । उपसचिव खुल्लामा शान्तेकुमार तामाङ्ग ७४ मत सहित विजयी बने । अन्य उपसचिवका उम्मेदवारहरु सुरेश मिजारले ६७, कवि रेग्मी ४१, भीम तिमल्सिना ३४, शिवबहादुर थापा ३९, र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याए । उपसचिव महिलामा चन्द्रावती पनेरु १४६ मत सहित विजयी बन्दा रन्जिता सिलवाल ७९ र जुना दङ्गालले ६९ मत ल्यादै विजयी भएका छन् ।...
पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

Breaking News 2, अर्थ, समाचार
काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै हिजो भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९।५० रुपैयाँ र डिजेल मट्टितेल १४८।५० रुपैयाँ पर्ने निगमले जनाएको छ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले त्यहाँबाट नयाँ मूल्यसूची आएसँगै मूल्य समायोजन गर्ने गरेको छ ।...
एनपीएलमा  पोखरालाई सुदूरपश्चिम रोयल्सले पाँच रनले हराउँदै प्लेअफमा

एनपीएलमा पोखरालाई सुदूरपश्चिम रोयल्सले पाँच रनले हराउँदै प्लेअफमा

Breaking News 2, खेलकुद, मधेस प्रदेश, मनोरञ्जन, समाचार
काठ्माण्डौँ/ नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ ।  सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट भयो । पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले पाँच विकेट लिए । यस्तै हर्मित सिंहले तीन र सैफ जइबले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनायो । सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । यस्तै रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए । यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पु...
दक्षिण कोरियामा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

दक्षिण कोरियामा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछार तथा नेपालको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा दक्षिण कोरियामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । आउदो जनवरी २८ सलनालको पहिलो दिनमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो । मञ्जुश्री संवत २८६१ ( सर्प वर्ग ) को स्वागतमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रीत थुप्रै कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाका महासचिव दावा फिञ्जो योञ्जन तामाङले लाबा मिडियालाई जानकारी दिएका छन् । घेदुङ द्धारा सञ्चालित शैक्षिक कल्याणकारी कोषको बृद्धि बिकासको निम्ती आयोजना गर्न लागिएको कार्यक्रम सफल पार्नको निम्ति सहयोग गर्नको लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् । सौलको एच.डब्लु कन्भेन्सन हलमा आयोजना हुने कार्यक्रम दिउसो ४ बजेदेखि राती १० बजे सम्म कार्यक्रम हुने जनाएको छ ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"