अपराध/ अनुसन्धान

अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

Breaking News 2, अन्तर्राष्ट्रिय, अपराध/ अनुसन्धान, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, समाचार
काठ्माउडौँ/ अमेरिकाको विस्कन्सिन राज्यमा एक छात्राले गोली हानेर दुईजनाको हत्या गरेकी छिन् । एक विद्यालय भएको घटनामा ६ विद्यार्थी घाइते भएका छन् । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेको समाचारमा उल्लेख छ । उनले गोली चलाउनुको कारण खुलेको छैन । परिवारको सहयोगमा प्रहरीले ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।...
विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा हेटौँडा बाट सात करोड रुपैयाँ बराबरका सामान हराए

विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा हेटौँडा बाट सात करोड रुपैयाँ बराबरका सामान हराए

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
हेटौँडा/  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा हेटौँडामाबाट सात करोड रुपैयाँ बराबरका सामान हराएको छ । विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएको भन्दै वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिशसमेत गरेको छ । प्राधिकरणले केन्द्रीयस्तरमा छानबिन समिति गठन भएको थियो । हेटौँडाको जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो । समितिले तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीमाथि कारबाही अघि बढाइएको महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले बताएका छन् ।...
१ सय ७५ केजी गाँजा सहित बकैँयाका सुमन र सुशील पक्राउ

१ सय ७५ केजी गाँजा सहित बकैँयाका सुमन र सुशील पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा/ लागु औषध गाजा सहित मकवानपुर प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्रदेश ०३–००१ च १५८४ नं को पिकअप गाडीलाई जाँच गर्दा १ सय ७५ केजी गाँजा फेला पारेको हो । गाडी चालक मकवानपुर बकैया गाउँपालिका ४ का २४ वर्षीय सुमन लामा र बकैया ११ बस्ने २४ वर्षीय सुशील ब्लोनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
हेटौंडा बाट १११ किलो लागू औषध गाँजा सहित १ जना भारतिय नागरिक पक्राउ

हेटौंडा बाट १११ किलो लागू औषध गाँजा सहित १ जना भारतिय नागरिक पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / मकवानपुरको हेटौंडा बाट १११ किलो लागू औषध गाँजा सहित १ जना भारतिय नागरिक पक्राउ परेको छ । हेटौंडा –३ पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा नहरी तर्फबाट बिरगन्ज तर्फ जादै गरेको बा १० च ५३३ नंम्बरको योद्धा पिकअप गाडी रोकी चेक जाच गर्ने क्रममा लागूऔषध गाँजा बरामद गरेको हो । सवारी चालक भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षिय महोमद समिरलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिएका छन् ।...
हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ परेको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंबर– ९ बस्ने २० वर्षिय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षिय दावा थिङलाई पक्राउ गरेको हो । मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नंबरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो । पिकअप गाडी सहित घलान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।...
सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई  आज काठमाडौँ लगिदैँ

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई आज काठमाडौँ लगिदैँ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।...
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनमा  पक्राउ पुर्जी

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पक्राउ पुर्जी

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, समाचार
काठमाण्डौ / रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।   गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो । साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए । चितवन प्रहरीका अनुसार लामिछाने र जोशीसँगै जीबी ग्रुप अफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपक लामा, स्प्रिङउड रियलस्ट...
बागमती प्रदेश कृषि  मन्त्रालयलले पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई गर्यो कारबाही

बागमती प्रदेश कृषि मन्त्रालयलले पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई गर्यो कारबाही

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ बागमती प्रदेशमा पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई कारबाहीसहित जरिवाना तिराइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत अगावै कानुनविपरीत फार्म सञ्चालनमा ल्याइएकोले ५ लाख रुपैयाँ जरिवाना तिराएको हो । कारबाही पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–८, स्थित जि.जे पोल्ट्री प्रालि र काभ्रेको पनौती नगरपालिका–६ मा रहेको सफल कृषक ह्याचरी एण्ड ब्रिडिङ फार्म प्रालि रहेका छन् । कृषि मन्त्रालय मातहतको वातावरणीय अध्ययन प्रतिवेदनको जाँचबुझ गरि दाय प्रदान गर्न गठित समितिको सिफारिसमा प्रदेशकै वन तथा वातावरण मन्त्रालयले जरिवाना गराउने निर्णय गरेको हो । समितिले पोल्ट्री फर्मको अनुगमनमा कानुनविपरीत सञ्चालनमा आएको देखिएपछि कारबाहीका लागि कृषि मन्त्रालय हुँदै वन मन्त्रालयमा सिफारिस गरेको थियो । गत १७ भदौमा जिजे पोल्ट्री प्रालिलाई ५ लाख ५ हज...
रवि र छवि विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी

रवि र छवि विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।   गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ । गोर्खा मिडिया नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका पूर्व डीआईजी जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ ।...
लुटपाट गर्ने उद्देश्यले गोली हानेको थियो शिक्षक बम्जन माथि, घटनामा संलग्न आरोपित एक जना पक्राउ

लुटपाट गर्ने उद्देश्यले गोली हानेको थियो शिक्षक बम्जन माथि, घटनामा संलग्न आरोपित एक जना पक्राउ

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि गत आइतबार गोली प्रहार भएको थियो । गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए । बम्जनले आफूमाथि डाँका समूहले लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका छन् । पर्साको वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई बाटो ढुकेर बसेको बताए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"