खेलकुद

नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

Breaking news 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो । नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो । अनलाईन खबरबाट साभार...
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो । अनलाईन खबरबाट साभार...
नेपाल फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित

नेपाल फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित

Breaking News 1, खेलकुद
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट तृकोणत्मक शृंखलाको मंगलबार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । नेदरल्यान्ड्सको जितमा ओपनर ब्याट्सम्यान माइकल लेभिटले ५४ रनको योगदान गरे । डच टोलीका लागि साइब्रान्डले पनि ४८ रनको योगदान गरे । बिक्रमजित सिंहले २९ रन बनाए भने म्याक्स ओ’डडले पनि २२ रन बटुलेको थियो ।  ...
प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हरायो

प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हरायो

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाण्डौ / इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हराएको छ । गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको आर्सनलले सेफिल्ड युनाइटेडलाई फराकिलो गोल अन्तरले हराएको हो । आर्सनलका लागि खेलको ५ औँ मिनेटमै मार्टीन ओडीगार्डले गोल गरेर अग्रता बनाएका थिए । त्यसपछि खेलको १३ औँ मिनेटमा जेडेन बोग्लेले आत्मघाती गोल गरे । त्यस्तै १५ औँ मिनेटमा गाव्रील मार्टीनेलीले, २५ औँ मिनेटमा कइ हार्भजले, ३९ औँ मिनेटमा डेक्लन राइसले एक÷एक गोल थपे । खेलको ५८ औँ मिनेटमा बेन ह्वाइटले गोल थपे । जितसँगै आर्सनल २७ खेलमा ६१ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । २७ खेलमा ६३ अङ्क रहेको लिभरपुल शीर्ष र म्यानचेस्टर सिटी ६२ अङ्कसहित दोस्रो स्थानमा छ । समान २७ खेलमा १३ अङ्क रहेको सेफिल्ड पुछारमा छ ।...
त्रिकोणात्मक शृङ्खलाको उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स आज भिड्दै

त्रिकोणात्मक शृङ्खलाको उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स आज भिड्दै

Breaking News 1, खेलकुद
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उापधिको लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ । लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए । लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।  ...
टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन् ।...
टिम ११ द्धारा राष्ट्रिय क्रिकेट  सम्मानित

टिम ११ द्धारा राष्ट्रिय क्रिकेट सम्मानित

Breaking News 1, खेलकुद, समाचार
काठमाडौँ / नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एप टिम ११ ले एसियन गेम्स २०२३ मा भएको नेपाल र भारत बिचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो । टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका रु.१० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का रु.२० हजार र विकेट लिने खेलाडीलाई प्रति विकेट रु.२० हजार दिने घोषणा गरेको थियो । सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत रु.१ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत रु.७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत रु ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत रु.६० हजार, करन के.सीले एक चौका र २ छक्का प्रहार गरेबापत रु....
त्रिकोणात्मक टी -२० सिरिजमा नेदरल्याण्डसमाथि नेपाल ६ विकेटले विजयी

त्रिकोणात्मक टी -२० सिरिजमा नेदरल्याण्डसमाथि नेपाल ६ विकेटले विजयी

Breaking News 1, खेलकुद, प्रमुख समाचार
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटले जित दर्ता गरेको छ । आज कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाउन सफल भएको  हो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोड्दै जित दर्ता गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रनमा समेटिएको थियो ।...
नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

Breaking News 1, खेलकुद, मुख्य समाचार
काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । शीर्ष दुईमा रहँदै फाइनल खेल्न आज बिहान साढे ११ बजे देखि टीयु क्रिकेट मैदानमा सुरु हुने खेल नेपाललाई जित्नै पर्ने दबाब सिर्जना भएको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ । आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ ।...
हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समिति १५ नम्बर वडाको आयोजनामा वडा अध्यक्ष कप हुने भएको छ । २८६० औ सोनाम ल्होछारको अवसरमा हेटौंडा १५ नम्बर वडाको प्रायोजनमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । शुक्रबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै पालिकाको १९ वटा वडाको खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुन लागेको बारे जानकारी दिएको हो । चैत ९ गते देखि २२ गते सम्म हेटौंडाको गौरीटार रगंशालामा प्रतियोगिता चल्ने हेटौंडा १५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिले बताए । प्रतियोगितामा विजेता टिमले नगत १ लाख प्राप्त गर्ने छन् भने उपविजेता टोलिले ५० हजार प्राप्त गर्ने छन् । यसै गरी प्रत्यक म्याचको म्यान अफ द म्याच घोषित हुनेले उचित नगत पुरस्कार प्राप्त गर्न समितिका अध्यक्ष नेगिले बताए । यसै गरी वडा र टोलमा खेलाडी उत्पादन गर्ने खेलाडी लोक प्रीय बनाउने उद्देश्यले प्रतियोगिताको आयोजन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"