बागमती प्रदेश

कांग्रेस र  एमाले बीच भाग-बन्डा नमिल्दा बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाको दाबी पेश गर्न ढिलाई

कांग्रेस र  एमाले बीच भाग-बन्डा नमिल्दा बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाको दाबी पेश गर्न ढिलाई

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामाको दाबी पेश गर्न ढिलाई हुने भएको छ । कांग्रेस संसदीय दल नेता लामाले सोमबार बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी थियो तर नेपाली कांग्रेस र  एमाले बीच मन्त्रालय भाग बन्डा नमिल्दा ढिलाई भएको हो । कांग्रेसका नेताहरुले आजै मुख्यमन्त्री पदमा दाबी पेश गर्ने बताएका थिए । तर सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका दल नेता जगन्नाथ थपलिया आकस्मिक रुपमा काठमाडौं हिँडेपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रक्रिया रोकिएको हो । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजे भित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेको थियो । आइतबार माओवादीका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार ...
बागमतीका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्व सरकारले गरेका कार्यहरु सार्वजनिक

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्व सरकारले गरेका कार्यहरु सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ राजनीतिक समीकरण परिवर्तन भई केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बने पछि बागमती प्रदेशमा नेपालि कांग्रेसको नयाँ सरकार गठन हुदै छ । बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल नेतृतवको सरकार ढल्ने भए पछि उनले  आफ्नोे ढेड बर्षे अवधिको कार्यकालमा सम्पन्न गरिएका कार्यहरु आईतबार सार्वजनिक गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलको १८ १८ महिने कार्यकालमा बागमती प्रदेश सरकार पुर्वधार र आर्थिक प्रगति गर्न सफल भएको दावि गरेका छन् । उनले ६ सय मिटर सडक कालोपत्रे, पाँच दर्जन पक्की पुल निर्माण सम्पन्न भएको बताए । नीतिगत काम , संगठन संरचना व्यवस्थित ढंगले पास भई जिल्ला जिल्लामा सेवा प्रवाह भईरहेको बताए । उनले करिब चार सय हेक्टर भन्दा माथि सिँचाइ र खानेपानी आयोजना सम्पन्न भएको छ बताए । कृषि क्षेत्रमा नयाँ नीति अवलम्वन गरको मुख्ये बताए । स्थानिय सरकार संग समन्वय गरी प्राविधिक...
बागमती प्रदेशका श्रममन्त्री लम्सालले १४ महिनामा के-के काम गरे ?

बागमती प्रदेशका श्रममन्त्री लम्सालले १४ महिनामा के-के काम गरे ?

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा/ बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले १४ महिनाको अवधिमा सम्पन्न गरेका कार्यहरु सार्वजनिक गरेका छन् । बागमती प्रदेशमा शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढल्ने भएपछि २०८० जेठ ७ गते देखि २०८१ साउन ६ गते सम्म आफुले गरेका कार्यहरु आईतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।  मन्त्री लम्सालले १४ महिनामा गरेका कार्यहरु : १) यातायात व्यवस्था विभागबाट इडीयल सिस्टम प्रदेश सरकार माताहत ल्याई जनअपेक्षा अनुसार छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन उक्त प्रविधिमा पहुँचको सुनिश्चितता र स्पेशिफिकेशन प्राप्त भई प्रिन्टिङ मेसिन र स्मार्टकार्ड खरिद प्रक्रिया अगाडि बढाउने अवस्था तयार गरिएको । २) मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूमा रहेको सवारी साधनहरूको अभिलेखलाई डिजिटलाइजेशन तथा आर्केभिङ गर्ने कार्यको पूर्वाधार (हार्डवेयर, सफ्ट...
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजिनामा दिन एमालेको आग्रह

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजिनामा दिन एमालेको आग्रह

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजिनामा दिन आग्रह गरेका छन् । मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक बिज्ञपति जारी गर्दै वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजिनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको छ । जारी बिज्ञप्तीमा भनिएको छ ''देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं।'' ''यसका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्...
बागमती प्रदेश सरकारबाट एमालेका ५ मन्त्री बाहिरिए

बागमती प्रदेश सरकारबाट एमालेका ५ मन्त्री बाहिरिए

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ५ मन्त्री बाहिरिएका छन् । सोमबार हेटौंडा २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका हुन् । एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिनेमा दिएका हुन् ।...
बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौँडा / बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने भएको छ । सङ्घमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने हुदा मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने तयारी गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिन र मन्त्रीबाट राजीनामा दिन रोकिएका एमालेका मन्त्रीले आइतबार मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने दिएका हुन् ।...
बागमती प्रदेश सरकारले ६४ अर्ब भन्दा माथि बजेट ल्यायो

बागमती प्रदेश सरकारले ६४ अर्ब भन्दा माथि बजेट ल्यायो

Breaking News 1, अर्थ, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार  रुपैया बजेट ल्याएको हो ।   प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको २ अर्ब ४६ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएकोमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २१ करोड, श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड, स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड, सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ९१ करोड, युवा तथा खेलकुद मन्त्रालयका लागि ७४ करोड, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयका लागि ६ अर्ब ९३ करोड ,...
बागमती प्रदेशको आर्थिक वर्षको बजेट असार १ मा प्रस्तुत गरिने

बागमती प्रदेशको आर्थिक वर्षको बजेट असार १ मा प्रस्तुत गरिने

Breaking News 1, अर्थ, बागमती प्रदेश, समाचार
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ ।   प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको बजेट सार्वजनिकीकरणका लागि असार १ गते ४ बजेका लागि बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको सभामुख पाठकको भनाई छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । संसद् विकास कोष खारेज भएपछि बजेटमा सन्तुलन कायम गर्न सरकारले प्रत्येक सांसदहरूको ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । उक्त बजेट संसद्को बैठकबाट सार्वजनिक गर्ने तयारी अनुसार असार १ ...
बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितीमा ५ जना नियुक्त

बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितीमा ५ जना नियुक्त

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार
हेटौंडा/ बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितीको सदस्यमा ५ जनालाई नियुक्ति गरेका छन् । शुक्रबार सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको एक कार्यक्रमका बिच अफ ट्रष्टीमा सदस्य नियुक्ति गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बोर्ड अफ ट्रष्टीमा नियुक्त भएका प्रा. डा . चन्द्रमणि पौडेल , कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुररानी ढुङ्गेल र किरण चन्द्र दाहाललाई मनोनयन पत्र प्रदान गरि खादा लगाइ बधाई दिएका थिए ।   कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले बोल्दै संबैधानिक ब्यबस्था अनुसारको एकल अधिकार को सुचीमा रहेको विश्वविद्यालयको स्थापना गर्ने अधिकारलाई प्रयोग गर्ने गरि प्रदेश विश्वविद्यालयको स्थापना गर्ने बताए । संरक्षक समितीका नियुक्त भएका सदस्यहरुले जिम्मेवारी अनुसार काम कारवाही संचालन गर्न सुझाव दिए । संरक्षक समितीलाई प्रदेश सरकारले कुनै हस्तक्षेप नगर्न...
नेपाल भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

नेपाल भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

बागमती प्रदेश, समाचार
हेटौंडा /  जेष्ठरनेपाल भारत मैत्री संघको बागमती प्रदेश कार्यसमिति मनोनयनका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौंडामा नेपाल भारत मैत्री संघ आयोजनामा प्रदेश कार्यसमिति मनोनयन गरिएको हो । संघको बिधानअनुसार प्रदेशबाट प्रतिनिधित्व केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष हुने र प्रदेश अध्यक्षले प्रदेश कार्यसमिति चयन गर्ने प्रावधान अनुरुप केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश अध्यक्ष माधवप्रसाद तिमल्सिनाले प्रदेश कार्य समिति मनोनयन गरेका हुन् । प्रदेश कार्यसमिति उपाध्यक्षमा नारायण श्रेष्ठ, सचिवमा बिनोद न्यौपाने, कोषाध्यक्षमा तिलक बहादुर न्यौपाने, सदस्यहरुमा बविन लिगल, देबी सुवेदी लगायत मनोनित भएकाछन् । त्यस्तै मंगलबार नै सरोज अधिकारीको अध्यक्षतामा मकवानपुर जिल्ला कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा उमा निरौला र बिनोद थापा, सचिवमा गंगा प्रसाद पौडेल, कोषाध्यक्षमा राजे...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"