बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजिनामा दिन एमालेको आग्रह
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजिनामा दिन आग्रह गरेका छन् ।
मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक बिज्ञपति जारी गर्दै वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजिनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको छ ।
जारी बिज्ञप्तीमा भनिएको छ ''देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं।''
''यसका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्...






