मकवानपुरगढीमा सोनाम ल्होछार कार्यक्रम हुने- मकवानपुरगढी घेदुङमा ६ सदस्य थप
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले दमार चौरमा सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढीगाउँपालिका समितिको बिहीबार बसेको बैठकले ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको हो ।
तामाङ संस्कार रितिरीवाजको जर्गेना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिले जनाएको छ । ल्होछार कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै तामाङ संस्कृति झल्काउने तामाङ सेलो नृत्य, तामाङ सेलो गायन,बोेम्बो झाक्रि,लामा ताम्बाको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । तामाङ समुदायको मुख्य परिकारहरुको स्थानियहरुले स्टल राखी प्रर्दशन समेत गर्ने छ । यसै गरी सोनाम ल्होछार कार्यक्रममा ४ देखि ५ हजार दर्शकशरुले अनुगमा गर्ने अनुमान गरिएको छ । कार्यक्रमको लागि ८ देखि १० लाख खर्च हुने अनुमान गरिएको उक्त पालिका घेदुङका अध्यक्ष सानो कान्छा थि...








