शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको चाड सोनाम ल्होछार आज देशका विभिन्न स्थानमा सास्कृतिक रुपमा मनाईदै
अन्जना तामाङ
हेटौंडा/नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा आधारित देश हो । हरेक जातजातिले फरक–फरक चाडपर्व मनाउने गर्छन् । सबैले आआफ्नै विशेषता रहेका छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् । नेपाल एक धर्म निरपेक्षतामा आधारित राष्ट्र पनि हो । जहा विविध धर्मालम्बि, जातजातिको बसोबास रहेको पाईन्छ । विभिन्न प्रकारका जातजातिको हिसाबमा फरक चाड, संस्कार भेषभुषा, रितिरीवाज मान्ने गर्छन् ।
नेपालमा तानाशाही राणा शासनपछि ३० वर्षे पञ्चायति व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी तामाङ जातिय आन्दोलका दौरानमा राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको अपस्था थियो । करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर...








