समाचार

उद्योग मन्त्रीद्धारा एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन

उद्योग मन्त्रीद्धारा एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमती प्रदेशमा उद्योग तथा भुमि प्रशासन मन्त्री सुकु माया तामाङले एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन गरेका छन् । बुधबार मकवानपुर उद्योग वाणिज्य संघको कार्यलयमा मन्त्री तामाङको प्रमुख आतिथ्यतामा उक्त सेन्टरको उद्धघाटन गरिएको हो । कार्यक्रममा मन्त्री तामाङले युवा तथा महिलाहरुको भावना अनुरुप कार्य गर्नका लागि उद्योग वाणिज्य संघको आयोजना राम्रो भएको बताए । संघले गरेको कार्यको प्रशंसा गर्दै मन्त्री तामाङले ईक्युवेसन, लर्निङ्ग सेन्टरको व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभा अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष उज्जवल चौलागाई, संघका पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जिवन काजि मकाजु लगायतको उपस्थित रहेको थियो ।...
मनहरीका ३ जना बालिका बेपत्ता

मनहरीका ३ जना बालिका बेपत्ता

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ प्रतापपुरका ३ जना बालिका  बेपत्ता भएका छन्। मनहरी ७ मा अवस्थित ब्रम्हाकालि मा . वि कक्षा ३ मा अध्यनरत छात्राहरू १२ बर्षिय मनिसा राई , ११ बर्षिय सुस्मा राई , ८ बर्षिय आरोसि राई बेपत्ता भएका छन । उनिहरु स्कुलबाट ३:२० बजे छुट्टिएर घर हिढेका थिए तर अहिले सम्म पनि घर नआएकाे आफन्तहरु बताउछन । बालिकाहरुको स्थानिय , प्रहरी द्वारा खोजि कार्य जारी रहेको बताईएको छ ।...
मउवा संघको निर्वाचनमा अग्रवालको प्यानल घोषणा सहित प्रतिबद्धता पत्र समेत सार्वजनिक

मउवा संघको निर्वाचनमा अग्रवालको प्यानल घोषणा सहित प्रतिबद्धता पत्र समेत सार्वजनिक

Breaking News 2, मुख्य समाचार, समाचार
हेटौंडा  / यही पुस २७ गते हुन गईरहेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अनिल अग्रवालको प्यानल घोषणा गरेका छन् । सोमबार अनिल अग्रवाल प्यानलले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका हुन् । अनिल अग्रवाल प्यानलको उपाध्यक्षमा उद्योग तर्फ रविन्द्र प्रसाद घिमिरे, वाणिज्य तर्फ उपाध्यक्षमा राजु अधिकारी, एशोसियटतर्फ विष्णु खनाल र वस्तुगत तर्फ काव्यमणि अधिकारीको रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार अग्रवालले संघको मूलभूत उद्देश्य र भूमिकामा व्यवसायीको हकहितको संरक्षण गर्ने बताए । यस्रै गरी स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने , संघको संस्थागत विकास गर्ने र आर्थिक मन्दीको प्रभाव कम गर्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आन्तरिक राजस्व कार्यालयको परिसरमा परामर्श केन्द्र स्थापना गरी व्यवसायीहरूलाई कर प्रणालीबारे जनचेतना अभिवृद्धि गरिने समेत उनले बताएका छन् । भीमफेदी कुलेखान...
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको गयो भूकम्प,  मकवानपुर सम्म धक्का महसुस

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको गयो भूकम्प, मकवानपुर सम्म धक्का महसुस

Breaking News 1, समाचार
काठ्माण्डौ / चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ देखि मकवानपुर सम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।...
मउवा संघमा मताधिकारको विषयमा विवाद , सदस्यता कायम राख्न जिल्ला प्रशासनलाई  निवेदन

मउवा संघमा मताधिकारको विषयमा विवाद , सदस्यता कायम राख्न जिल्ला प्रशासनलाई निवेदन

Breaking News 1, समाचार
हेटौंडा / निर्वाचनको मिति नजिकिएसँगै मकवानपुर उद्योग बाणिज्य संघमा विवाद बढेको छ । मताधिकारको विषयलाई लिएर संघका ९ जना साधारण सदस्यको टोलीले एशोसिएट सदस्यता कायम राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निवेदन दिएको छ । प्रशासन कार्यालयमै पुगेर टोलीले सहायक जिल्ला प्रमुख अधिकारी ढोलकराज अधिकारीलाई न्याय माग गर्दै निवेदन हस्तान्तरण गरेको हो । मउवा संघले केही समय अघि आसन्न निर्वाचनको प्रयोजनार्थ संघमा आवद्ध सदस्यहरुलाई सदस्यता नवीकरण गर्न सूचना निकालको थियो । सेवा उद्योग तथा वाणिज्यतर्फका उद्योगी तथा व्यवसायीले एशिसिएटमा परिमार्जन गर्न संघमा निवेदन दिएका थिए । मणि खाद्यान्न सेन्टरका सञ्चालक काव्यमणि अधिकारी, बानियाा ट्रेडर्सका सञ्चालक राजेश बानियाा, ओम बाबा बैद्यनाथ भण्डारका प्रालि सञ्चालक सुदर्शन खरेल, ए एण्ड ए इन्टरप्राइजेनका सञ्चालक अरुण कुमार दाहाल, आर वि आर्वान विल्डर्स एण्ड सप्लार्...
संस्थाको गरिमा उच्च राख्ने गरी काम गर्छु – अग्रवाल

संस्थाको गरिमा उच्च राख्ने गरी काम गर्छु – अग्रवाल

Breaking news 3, समाचार
हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघमा करिब १७ वर्ष अगाडि आमन्त्रित सदस्य भएर म प्रवेश गरेका अनिल अग्रवालले यही पुष २७ गते हुने संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनले ३ कार्यकाल सदस्य ३ कार्यकाल सह–कोषाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएर संघमा नेतृत्व गरिसकेका छन् । अब बाँकी रहेको पद भनेको अध्यक्ष पद नै हो र मेरो उम्मेदजारी स्भाविक रहेको उनले बताए । व्यवसायीहरुको मर्म र भावनालाई राम्रो संग बुझेको उनले स्पष्ट पारेका छन् । उनिहरुको समस्यालाई नजिकैबाट बुझेकोले समस्या समाधान लाई विगतमा चालेका पाइला पर्याप्त नरहेकोले अझै पाइला चान्ले अग्रवालले बताएका छन् । उनले भने व्यवसायीहरुको हकहित एवम् प्रवद्र्धनको लागि संघबाट गर्न सकिने गतिविधि बारे म जानकार छु , त्यसकारण एक पटक नेतृत्वमा नै रहेर काम गर्ने मेरो चाहाना छ । , उद्योग व्यवसायीज्यूहरुले विश्वास गरेर यस पटक सहयोग गर्ने उनले...
मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौँडा / मकवानपुरको मनहरी गाउँपालिकामा बाघले आतंक मच्चाएका छन् ।   बाघले जन धनको क्षति समेत गरेका छन् । बाघले आईतबार एक वृद्ध ७० बर्षकी कान्छिमाया रुम्बाको ज्यान लिएको छ । र सोमबार बिहान पुनः ७ वटा बाख्रा समेत मारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।  ...
आज तमु ल्होसार, बागमती प्रदेश प्रमुख द्धारा शुभकामना

आज तमु ल्होसार, बागमती प्रदेश प्रमुख द्धारा शुभकामना

Breaking News 1, समाचार
हेटौंडा / गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यसै अवसरमा बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटाले तुम ल्होसारको अवसरमा शुभकामना व्यत्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले आज शुभकामना सन्देश प्रकाशन गर्नुहुदै नेपालको खास...
मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघकै आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ ।   मनहरी( ५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रूम्बालाई आइतवार साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ । मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए ।...
दक्षिण कोरियामा भएको विमान दुघर्टनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

दक्षिण कोरियामा भएको विमान दुघर्टनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
सोल / दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा मृत्यु हुनेको संख्या कम्तिमा १७७ जना पुगेको छ । ६ जना क्रु मेम्बर समेत गरेर १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् । यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ । राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"