स्थानीय तह विशेष

भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा र बागमती गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रम जेष्ठ १० गतेदेखि १४ गतेसम्म सञ्चालन भएको हो । समापन कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलानले सभाध्यक्ष तथा  बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको हो । पालिकाका उपाध्यक्ष तिमल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै तामाङ भाषामा विद्यालय तहदेखि उच्च तहसम्म शिक्षा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । यसै गरी सभाध्यक्ष घलानले भाषाको संरक्षणले मात्र समुदायको पहिचान स्थापित हुने उल्लेख गर्दै विद्यालय तहमा मातृभाषामा शिक्षा दिनु बच्चाको हृदयसम्म पुग्नु भएको बताउनुभयो । प्...
आँचल साहित्य मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

आँचल साहित्य मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / आँचल साहित्य कला पुञ्ज मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १७ गते कार्यक्रम हुन सम्बन्भमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आयोजना हुने सो कार्यक्रममा विभिन्न बहस, परामर्श, कविता वाचन तथा सम्मान–पुरस्कार वितरण कार्यक्रम रहने संस्थाकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार यस वर्षे अक्षयकोषबाट प्रदान हुने पाँचवटा सम्मानहरू स्थगति गरिएको छ । तथापि विभिन्न क्षेत्रमा सक्रिय प्रतिभालाई प्रोत्साहन गर्न चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने बताईएको छ । मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८१ तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत जैसे बनाललाई प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । शिक्षासेवी देवप्रसाद श्रेष्ठद्वारा स्थापना गरिएक...
भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु

भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा ः पूर्व मकवानपुरको बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो । बागमती प्रदेशका नेपाल तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलानको सभाध्यक्षता एवम्े गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घलानले सहभागीहरूलाई प्रशिक्षणमा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले भाषा संरक्षण र प्रयोगमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रशिक्षणमा भाषा विज्ञ अजितमान तामाङ र नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष तथा अभियानकर्मी मोहन बहादुर गोलेले प्रशिक्षण दिनुभएको थियो । भाषा वि...

पुराना पुलको मर्मत र तौल नियन्त्रण कडाइ गर्न नारायणी यातायात व्यवसायी कम्पनीको माग

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  देशभरका पुराना तथा जीर्ण पुलहरूको मर्मत, राजमार्ग सुरक्षा, सवारीको भारवहन क्षमता नियन्त्रण, र ढुवानी कर प्रणालीको प्रभावकारी कार्यान्वयनको माग गर्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.ले सरकारसँग ध्यानाकर्षण गराएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलिले प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् । देशभर धेरै पुलहरू जीर्ण अवस्थामा रहेका कारण सवारी सुरक्षामा गम्भीर जोखिम देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ती पुलहरूको विधिक परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नति वा पुनर्निर्माण कार्य तत्काल अघि बढाउन कम्पनीले आग्रह गरेको छ । त्यस्तै, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोकेर चल्ने सवारी साधनहरूलाई कडाइका साथ नियमन र कारबाही गर्नुपर्नेमा अध्यक्षले जोड दिएका छन् । अध्यक्ष पराजुलिका अनुसार सडक र पुलमा बढी भार परेको कारण...
मातृभूमि साहित्य महोत्सव २०८२ जेठ १५ र १६ गते हेटौंडामा हुँदै

मातृभूमि साहित्य महोत्सव २०८२ जेठ १५ र १६ गते हेटौंडामा हुँदै

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मातृभूमि साहित्य समाजको आयोजना तथा हेटौंढा उपमहानगरपालिकाको प्रवर्धनमा मातृभूमि साहित्य महोत्सव २०८२ हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत यही जेठ १५ र १६ गते हेटौंढा द्द स्थित पल्पसा प्याराडाइजमा महोत्सव हुने जानकारी गराएको हो । कार्यक्रम संयोजक हयग्रीव आचार्यका अनुसार महोत्सवमा विभिन्न विधामा योगदान पु¥याएका सात जना व्यक्तित्वहरूलाई नगद राशिसहित सम्मान गरिने छ । सम्मानित हुनेमा काठमाडौंका साहित्यकार गीता रेग्मी लाई ‘मायादेवी मातृभूमि पुरस्कार २०८०’ प्रदान गरिने छ । उक्त पुरस्कारको राशि २१ हजार रहेको कार्यक्र संयोजक आचार्यले जानकारी दिनु भयो । त्यस्तै, ‘राजकुमार स्मृति मातृभूमि सम्मान २०८०’ बाट (धरान) का चन्द्र गुरुङ र ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०’ बाट माधव काफ्ले (रौतहट) नगद रु १५ हजार सहित सम्मानित हुने छन् । यसैगरी, ‘होमनाथ बलदेवी मातृभूमि छन्द स...
बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो- नगर प्रमुख लामा

बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो- नगर प्रमुख लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र बोर्डका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले हेटौंडा व्यवस्थापन बोर्डले शुद्ध खाने पानी वितरण गर्दै आएको बताउनु भयो । हेटौंडा उपहानगरपालिकाले न्युनतम शुल्क तिरिसकेपछि विभिन्न वडाबाट जोड्ने काम भईरहेको बताउनु भयो । ५० बर्षको योजना , प्रदेश सरकार र स्थानिय सरकार डिपिआर फाईन्डआउट गरेर टेन्डरको चरणमा पुगेको बताउनु भयो । यसै गरी उहाँले खाने पानी व्यस्थापनका कर्मचारीलाई अझ जिम्मेवारी पुर्वक काम गर्न आग्रह गर्नु भयो । उहाँले खानेपानी बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो । कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०८०...
सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा १४ मा निर्माण सम्पन्न

सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा १४ मा निर्माण सम्पन्न

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  तामाङ समुदायको सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रमका बीच हेटौंडा नगर प्रमुख मीनाकुमारी लामाले उक्त पार्कको उद्घाटन गरेकी हुन् । हेटौंडा–१३ र १४ नम्बर वडाको सिमानामा निर्माण गरिएको डम्फु पार्क तामाङ समुदायको सांस्कृतिक तथा सामाजिक मूल्य झल्काउने स्थलका रूपमा निर्माण गरिएको हो । पार्क उद्घाटन गर्दै मेयर लामाले तामाङ समुदायको सांस्कृतिक पहिचान जोगाउन र नयाँ पुस्तामा यसको चेतना फैलाउन पार्क निर्माण गरिएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “तामाङ समुदायको पहिचान डम्फु हो, जुन हरेक सांस्कृतिक कार्यक्रममा आवश्यक हुन्छ। यसले समुदायको गौरव बोकेको छ । यो पार्क उपमहानगरपालिकाको गौरवको योजना हो ।” वडा नं. १४ का अध्यक्ष दिपक खड्काले आफ्नो वडामा तामाङ समुदायको बाहुल्यता रहेकोले डम्फु पार्कको ...
हेटौंडामा नारी संरक्षण केन्द्रद्वारा ६६ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेटौंडामा नारी संरक्षण केन्द्रद्वारा ६६ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

शिक्षा, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको हेटौंडामा नारी संरक्षण केन्द्रले आज सुरक्षा र शिक्षा परियोजनाको सामुदायिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत ६६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रम नारी संरक्षण केन्द्रकी अध्यक्ष दीपा कुमारी गुरुङको नेतृत्वमा आयोजना गरिएको थियो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुरका मन लामा, कार्यक्रम संयोजक ध्रुव अधिकारी, कोशिष बागमती प्रदेशकी फोकल पर्सन शकुन्तला पौडेल, हिमराइट्स मकवानपुरका फिल्ड सुपरभाइजर इन्द्रकुमारी तामाङ लगायतको पनि उपस्थिति थियो। कार्यक्रम संयोजक जेरोम घलेले बताएअनुसार, आमा वा बुबा मध्ये कोही नभएको, मानव बेचबिखन र विभिन्न प्रकारका हिंसाबाट प्रभावित, सिमान्तकृत र आर्थिक रुपमा कमजोर विद्यार्थीहरूलाई यो सहयोग...
मनहरी गाउँपालिकामा लैङ्गिक नीति र कार्यविधिको अध्ययन- प्रमुख चुनौती र सुधारका सुझाव

मनहरी गाउँपालिकामा लैङ्गिक नीति र कार्यविधिको अध्ययन- प्रमुख चुनौती र सुधारका सुझाव

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ महिला उत्थान समाज मकवानपुरले मनहरी गाउँपालिकामा ‘लैङ्गिक समानता तथा सामाजिक समावेशिता सम्बन्धी नीति, रणनीति, निर्देशिका तथा कार्यविधि २०८१’ को अध्ययन तथा विश्लेषणमा छलफल गरिएको छ । बुधबार मनहरी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्वतन्त्र परामर्शदातासरिता दाहालले विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दाहालका अनुसार, अध्ययनको उद्देश्य गाउँपालिकाले हालसम्म महिलाको आर्थिक सशक्तिकरण, लैङ्गिक हिंसा रोकथाम, सामाजिक न्याय लगायतका क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नु हो। साथै, कार्यान्वयनमा देखिएका अप्ठ्यारा र कठिनाइको विश्लेषण गर्दै आगामी दिनका लागि स्पष्ट सुझाव दिनु पनि अध्ययनको अभिप्राय रहेको बताईएको छ । उनले प्रस्तुत प्रतिवेदनमा तीनवटा अध्ययन विधि प्रयोग गरिएको जानकारी दिइन् । पहिलो, दस्तावेज समीक्षा, जसअन्तर्गत विगत तीन वर्षक...
हेटौंडा इन्फिल्डर्स मकवानपुरको १२ औं वार्षिकोत्सवमा सहयोग हस्तान्तरण

हेटौंडा इन्फिल्डर्स मकवानपुरको १२ औं वार्षिकोत्सवमा सहयोग हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई फरक क्षेत्रमा नगद सहयोग हस्तान्तरण गरेको छ ।   क्लबका अध्यक्ष राजक शाहीको नेतृत्वमा हेटौंडा–१५, रातोमाटेमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थललाई रु १० हजार नगद सहयोग प्रदान गरिएको थियो । त्यस्तै, बोन म्यारो क्यान्सरबाट पीडित हेटौंडा–१५, गौरिटार निवासी हेमन्त नेगीको उपचार सहयोगार्थ उनका परिवारलाई रु ४१ हजार ५ सयको चेक हस्तान्तरण गरिएको हो । उक्त सहयोग कार्यक्रमले क्लबको सामाजिक प्रतिबद्धता दर्शाएको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारी, स्थानीय समाजसेवी,लगायतको यपस्थित रहेको थियो ।हेटौंडा इन्फिल्डर्स मकवानपुरले विगतमा पनि सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न सहयोग कार्यक्रम गर्दै आएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"