स्थानीय तह विशेष

पहिलो सहभागितामै चर्च ब्वाइजले बागमती गोल्डकपको उपाधि जित्यो

पहिलो सहभागितामै चर्च ब्वाइजले बागमती गोल्डकपको उपाधि जित्यो

Breaking news 3, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौँडा / पहिलो सहभागितामै चर्च ब्वाइजले मकवानपुरको बागमती गाउँपालिकामा भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधी हात पारेको हो । चर्च ब्वाइजको उपाधी दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधी जितेको हो । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन...
भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा / पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने बताएका छन् । बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको पूर्व प्रधानमन्त्री प्रचण्डले बताए । देशबाट भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिने उनको भनाई छ । अध्यक्ष प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको समेत दाबी गर्नुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार रहेको समेत उहाँले उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा ...
आगामी फाल्गुन ४ गते देखि तिन दिने प्रथम पदमपोखरी महोत्सव हुदैं

आगामी फाल्गुन ४ गते देखि तिन दिने प्रथम पदमपोखरी महोत्सव हुदैं

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी लोकतान्त्रिक चोकमा प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव हुने भएको छ । बुधबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फाल्गुन ४, ५ र ६ गते तिन दिने महोत्सव हुने सम्बन्धमा जानकारी गराएको हो । संस्कार संस्कृति एवम् कला र साहित्यको जगेर्ना गरौं, स्थानिय व्यापार कृषि उपज उत्पादनलाई प्रवर्धन गरौं भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले बताउनु भयो । पदमपोखरीको पहिचानलाई उचाईमा उठाउन आन्तरिक पर्यटनलाई टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनु भएको छ । महोत्सवले उत्पादन र बजारीकरणको अवधाराणाको विकास, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्धन गर्न र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउन सहयोग गर्ने वडा अध्यक्ष पेम्बा लामाले बताउनु भयो । महोत्सवमा स्था...
हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ समपन्न

हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ समपन्न

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले “ह्याङलान काईरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यले २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौँडा–१०, टिसिएन चौरमा बिहीबार महोत्सव आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममै विभिन्न क्षेत्रबाट तामाङ सँस्कृतिको जगेर्ना तथा योगदान गरेको भन्दै सञ्चारकर्मी लगायतलाई सम्मान समेत गरिएको थियो । यसैगरी सँँस्कृतिक कार्यक्रमम...
आज सोनाम ल्होछार , हेटौंडामा बृहत साँस्कृतिक कार्यक्रम सहितको ल्होछार कार्यक्रमको आयोजना

आज सोनाम ल्होछार , हेटौंडामा बृहत साँस्कृतिक कार्यक्रम सहितको ल्होछार कार्यक्रमको आयोजना

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक २८६१ डुल , सा पुख्री ल्हो वर्गसोनाम ल्होछार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि ल्होछार म...
हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुदैं

हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुदैं

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा माघ १७ गते महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । “ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यका साथ २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको अवसर पारेर महोत्सवको आयोजना गर्न लागिएको जिल्ला घेदुङका अध्यक्ष कालु घलानले जानकारी दिए । महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरुकने गायन तथा नृत्य प्रस्तुती रहनुका साथै लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन हुने घेदुङका सचिव किरणमान बलले बताए । महोत्सवमा तामाङ समुदायका मौलिक भेषभुषा तथा खानाका परिकारहरु प्रदर्शन हुने र सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम...
हेटौंडा ३ नं वडा आईतबार बालमैत्री घोषणा हुदैं

हेटौंडा ३ नं वडा आईतबार बालमैत्री घोषणा हुदैं

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका ३ नं वडालाई आईतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडाघोषणा  गरिने भएको छ । शुक्रबार वडा कार्यलयले पत्रकार सम्मेलनको आयोजना गर्दै. बालमैत्री वडा घोषणा गरिने सम्बन्धमा जानकारी गराएको हो । बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ वडालार्ई बालमैत्री वडा घोषणा गरिन लागिएको बालमैत्री वडा घोषणा कार्यक्रमका संयोजक एवम् वडा अध्यक्ष ढलक बहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४९ वटा सुचकहरु १०० प्रतिशत १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी १ वटामा ९५ प्रतिशत नतिजा हाँसिल गरेको भन्दै वडालाई बालमैत्री घोषणा गर्न लागिएको बताएका छन् । यसै गरी वडामा बालविवाह शुन्य अवस्थामा रहेको र ३ जना बालश्रमिकको उद्वार गरि पारिवारिक ...
बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

Breaking News 2, अन्तर्वार्ता, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बषौदेखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् । मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाण्डौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा बनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सन्तोषि वनकरियाले सोधेको प्रश्नको जवाफ दिदैँ उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति श्रेष्ठले सरकारको तर्फबाट जग्गाधनी पुर्जा लगाएत अन्य अधिकारको क्षेत्रमा काम भैरहेको बताउनुभयो । वनकरिया समुदायले जग्गा प्राप्तीका लागि विभिन्न ठाउँमा बुझाएको विज्ञप्तीको प्रतिलिपी आफ्नो समितिमा समेत वडाध्यक्ष मार्फत उपलब्ध गरा...
मकवानपुरगढिमा माघ १२ गते  सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

मकवानपुरगढिमा माघ १२ गते सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको सास्कृतिक कार्यक्रम हुने भएको छ । बिहिबार नेपाल तामाङ्ग घेदुङ मकवानपुरगढि गाउँपालिका कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ १२ गते शनिबार कार्यक्रम हुने सम्बन्धमा जानकारी दिएको हो । तामाङ समुदायको भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य -ले -कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सोनाम ल्होछार कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको तामाङ सेलो सािगंतिक प्रस्तुति र नृत्य प्रस्तुति रहने जनाएको छ । कार्यक्रममा ताम्बा, लामा तथा झाँकी प्रदर्शन, भेषभुषा र खानाका स्टलहरु समेत राखिने घेदुङ गढि गाँउपालिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए । यसै गरी कार्यक्रम सञ्चालन गर्न गाँउपालिका र अन्य प्रायोजक सं...
मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौँडा / मकवानपुरको मनहरी गाउँपालिकामा बाघले आतंक मच्चाएका छन् ।   बाघले जन धनको क्षति समेत गरेका छन् । बाघले आईतबार एक वृद्ध ७० बर्षकी कान्छिमाया रुम्बाको ज्यान लिएको छ । र सोमबार बिहान पुनः ७ वटा बाख्रा समेत मारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"