पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा जग्गा जगदम्बा स्टिलको पोल्टामा
बारा । देशको मेरुदण्ड नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई पत्राचार गरेर यस सम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगको पत्र पाएलगत्तै वन्यजन्तु विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई पत्र पठाउँदै ५ दिनभित्र जवाफ माग गरेको हो ।फागुन १ गते वन्यजन्तु विभागलाई आयोगले पठाएको पत्रमा जीतपुरसिमरा उपमहानगरस्थित जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा बढी जग्गा अतिक्रमण गरेको भन्ने सम्बन्धमा के कसो भएको हो, राय प्रतिक्रियासहित सम्बन्धित कागजात उपलब्ध गराउन भनिएको छ ।
निकुञ्जको जग्गा अतिक्रमणको सम्बन्ध...







