समाज

५ प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने

५ प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने

समाचार, समाज
काठमाडौँ / हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...
बझाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

Breaking News 2, समाचार, समाज
काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति साढे ११ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पातालचौर आसपास थियो । भूकम्पले क्षति पुर्याए नपुर्याएको जानकारीमा आएको छैन ।
शुभराज भोम्जनको चन्चले मेरो मन  बोलको मेल भर्सन गीत सार्वजानिक

शुभराज भोम्जनको चन्चले मेरो मन बोलको मेल भर्सन गीत सार्वजानिक

Breaking News 1, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया /  शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो । लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत  अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने  समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन। यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निभाएका छन । बि. स. २०७३ साल देखिनै शुभराज भोम्जनको ...
मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर- १ स्थित बादरखोल्सी  भित्रि सडकखण्डमा  टिप्पर दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का रातोमाटे बस्ने २२ वर्षिय सुकदेव पाख्रिनको मृत्यु भएको  हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो। स्थानीय लेनडाँडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा प्र–०३–००१ ख १४८९ नम्बरको टिप्पर आफै अनियन्त्रित भई रोडबाट १५० मिटर तल खस्दा  पाख्रिनको मृत्यु भएको जनाएको छ । दुर्घटनामा चालकलाई उद्दार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा आज बिहान सवा २ बजे डाक्टरले मृत्यु घोषणा गरेका थिए ।...
ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ हेटौडा उपमहानगरपालिका वडा नम्बर- १५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानको पहलमा ईएनसि  संस्थाका प्रमुख चेत थोकरको सहयोगमा ज्ञानज्योति विद्यालयका विद्यार्थीहरुलाई बिहिबार ट्रयाक सुट वितरण गरिएको हो । हेटौंडा -१५ का वडा सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको जनाएको छ । ५० हजार रकम बराबरको ४५ थान ट्रयाक सुट वितरण गरिएको नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिनुभयो । विद्यालयमा अध्यनरत विपन्न र आर्थिक अवस्था कमजोर भएका तामाङ र चेपाङ समुदायका विद्यार्थिलाई सहयोग गरिएको घलानले जानकारी दिनुभयो ।...
उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह

उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह

समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष्य बनस्तम थिङले घरमै गएर सेवा प्रदान गर्नु भएको छ ।राक्सिराङ गाउँपालिका वडा नं ३ बसोबास गर्ने सर्मिला सुनारलाई अपाङ्गता परिचय पत्र वितरण गर्नु भएको हो । सुनार गम्भीरताको आधारमा अति अशक्त र प्रकृतिको आधारमा शारीरिकरुपमा अशक्त छिन् । यसरी घरमै पुगेर सेवा प्रवाह गर्न पाउदा खुसी मिलेको उपाध्यक्ष्य थिङले बताउनु भएको छ । । यस्तै पालिका अन्तर्गत रहेर हाल सम्म ५७ जनालाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरिसकेका उपाध्यक्ष्य थिङले जानकारी दिनुभयो ।...
चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

Breaking News 1, प्रवास, मनोरञ्जन, समाचार, समाज
सउल /आउदै गरेको सलनालको अवसरमा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतीक सौंगात भाग -४ को विषयमा जानकारी दिनको लागि आउदो आइतवार जनवरी १४ तारिखको दिनमा सौलको दोङ्देमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा पत्रकार सम्मेलन हुने भएको छ । समाजले आपतकालिन राहत कोषको निर्माणको उद्धेश्य राखेर आउदै गरेको सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखमा चर्चित ब्याण्ड सबिन राइ एण्ड द फारह ब्याण्डलाइ कोरिया ल्याएर सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ ।   उक्त कार्यक्रमको हाल सम्मको तयारीको विषयमा श्रोता दर्शक र सरोकारवालाहरु माँझ जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको संस्थाको अध्यक्ष राजु राइले जानकारी दिएका छन । पुर्वाञ्चल सरोकार समितिको समन्वयमा हुदै गरेको उक्त कार्यक्रममा थुप्रै राष्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रह...
चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

Breaking News 1, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाज
सौल/आउदै गरेको सलनालको अवसरमा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतीक सौंगात भाग -४ को विषयमा जानकारी दिनको लागि आउदो आइतवार जनवरी १४ तारिखको दिनमा सौलको दोङ्देमुन स्थित निक ट्राभलको सभाहलमा पत्रकार सम्मेलन हुने भएको छ । समाजले आपतकालिन राहत कोषको निर्माणको उद्धेश्य राखेर आउदै गरेको सलनालको दोश्रो दिन जनवरी १० तारिखमा चर्चित ब्याण्ड सबिन राइ एण्ड द फारह ब्याण्डलाइ कोरिया ल्याएर सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ । उक्त कार्यक्रमको हाल सम्मको तयारीको विषयमा श्रोता दर्शक र सरोकारवालाहरु माँझ जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको संस्थाको अध्यक्ष राजु राइले जानकारी दिएका छन । पुर्वाञ्चल सरोकार समितिको समन्वयमा हुदै गरेको उक्त कार्यक्रममा थुप्रै राष्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।...
माछा मार्ने क्रममा एक युवकको मृत्यु

माछा मार्ने क्रममा एक युवकको मृत्यु

Breaking News 1, समाचार, समाज
हेटौंडा / मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर —४ स्थित झुरझुरे बस्ने गोपाल थिङको माछा मार्ने क्रममा मृत्यु भएको छ । ३५ बर्षिय थिङको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलामा माछा मार्ने भनेर घरबाट निस्केर हिडेको र घरमा नफर्केको कारण खोजी गर्दै जाने क्रममा सोमबार बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।...
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

समाचार, समाज
काठमाडौं, १३ मंसिर । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो । विवाहदर्ता पछि समलिंगी जोडी रामबहादुर गुरुङले सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए । समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरेका छन् । यो घटना आगामी दिनका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । सुरुमा उनीहरुको विवाह गाउँपालिकाले दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकर...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"