नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने प्रचण्डको उद्यघोष
हेटौंडा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलनको उद्यघोष गरेका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टचार , व्यथिति विरुद्ध आफ्नो नेतृत्वमा नयाँ आन्दोलन छिटै ल्याउने बताएका हुन् । नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने उनको भनाई छ ।
अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष्य प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप समेत लगाएका छन् । ओली सरकारलाई उज्यालो मन नपरेको टिप्पणी गर्दै देशलाई अँध्यारोमा लैजाने काम गरिहेको बताए । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कड...








