हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान
काठ्माण्डौ - नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाण्डौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् । वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ । नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ ।
यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख...






