लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा
काठमाडौँ । काठमाडौँमा लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । उता सोही पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतोले जनकपुरमा आयोजना गरेको संवाद कार्यक्रममा लोसपाकै अधिकांश कार्यकर्ता सहभागी भएका छन् ।
बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् । काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए ।
राष्ट्रिय मुक्ति...







