Breaking News 2

हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै, तयारी पूरा

हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै, तयारी पूरा

Breaking News 2, खेलकुद, प्रमुख समाचार, समाचार
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा उपमहानगरपालिकाको सहयोगमा हुने मेयरकप फुटबल प्रतियोगिता यही शनिबारबाट सुरु हुने भएको छ। बिहीबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा समितिका सदस्य सुनिल लोप्चनले टिम प्रतिनिधिहरूको उपस्थितिमा गोलाप्रथाबाट खेल तालिका सार्वजनिक गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता हेटौंडा–४ र हेटौंडा–११ को टिमबीच प्रतिस्पर्धा हुनेछ। खेल हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दिउँसो २ बजे सुरु हुने कार्यक्रम छ । प्रतियोगितामा उपमहानगरपालिकाका १९ वटै वडाका टिमहरू सहभागी हुनेछन्। अन्य खेलको समय तालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ । विजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न...
सातै प्रदेशका युवाको सहभागितामा हेटौंडामा प्रदेश युवा सम्मेलन

सातै प्रदेशका युवाको सहभागितामा हेटौंडामा प्रदेश युवा सम्मेलन

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको छ । सम्मेलन भोलि बैशाख २८  देखि ३० गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवाको भूमिका, शिक्षा, सिप र सृजनशीलता, जलवायु परिवर्तनसँग सम्बन्धित दिगो विकास, सिपमूलक तालिमको आवश्यकता र प्राथमिकता, नीति निर्माणमा युवा सहभागिता तथा नेतृत्व विकासलगायत विषयमा ६ वटा छलफल सत्र आयोजना गरिनेछ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार, सम्मेलनमा बागमती प्रदेशका ११९ वटै स्थानीय तहबाट एकरएक जना प्रतिनिधि सहभागी हुनेछन् । साथै, देशका सातै प्रदेशका युवा परिषद् तथा सामाजिक विकास मन्त्रालयको सिफारिसमा अन्य प्रदेशका युवाको पनि सहभागिता रहनेछ । करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक...
महिला गोल्डकपको उपाधि जित्ने एपीएफ र पुलिस दुबै टिमको दाबी

महिला गोल्डकपको उपाधि जित्ने एपीएफ र पुलिस दुबै टिमको दाबी

Breaking News 2, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा/ गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । हेटौंडामा जारी प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । बुधबार गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरेका छन्। एपीएफका प्रशिक्षक जिवेश पाण्डेले टिमले धेरै मेहनत गरेकोले उपाधि जित्ने विश्वास व्यक्त गरे। उनले रक्षात्मक नभई आक्रमक खेल खेल्ने बताए । एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेल्दा विश्राम गर्न नपाए पनि फाइनलमा जित्ने लक्ष्यसाथ मैदान उत्रने बताइन् । पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले एपीएफ बलियो टिम भए पनि आफूहरू पनि जित्ने मनस्थितिमा रहेको बताए । उनले एपीएफलाई रोक्ने रणनीति तयार भइसकेको जानकारी दिए। पुलिसकी कप्तान निरुता थापाले पनि उपाधि जित्ने आत्मविश्वास व्यक्त गरिन् । मंगलबारको सेमिफाइनलम...
महिला गोल्डकपको फाईलमा एपीएफ र पुलिस आमनेसामने

महिला गोल्डकपको फाईलमा एपीएफ र पुलिस आमनेसामने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  सातौँ शहीद स्मृति स्थानीय तह स्तरीय राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा  उपाधिका लागि दुई विभागीय टोली – एपीएफ क्लब र नेपाल पुलिस क्लब आमनेसामने भिड्ने भएका छन् । मंगलबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एपीएफ मकवानपुरले संकटालाई २–० गोलले पराजित गर्दै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको हो। एपीएफका लागि रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा पहिलो गोल गरिन् भने ७६ औं मिनेटमा अनिता केसीले दोस्रो गोल थपिन्। दुबै गोलमा कप्तान अनिता बस्नेतले असिष्ट गरेकी थिइन्। खेलमा प्रभावशाली प्रदर्शन गरेकी रेनुका नगरकोटी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले चितवनलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अब उपाधिका लागि एपी...
महिला गोल्डकप आज देखि सुरु हुँदै , उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने

महिला गोल्डकप आज देखि सुरु हुँदै , उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आज वैशाख १९ गते शुक्रबारदेखि सुरु हुँदैछ । महिला फुटबललाई प्रोत्साहन गर्न पहिलोपटक विशेष रूपमा आयोजना गरिएको यो प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बैशाख २५ गते सम्म सञ्चालन हुदैं छ । उद्घाटन खेल आज साँझ ४ बजे सुरु हुने छ, जसमा रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर र चितवन जिल्ला महिला टिम आमनेसामने भिड्नेछन्। प्रतियोगितामा विभागीय र जिल्लास्तरीय गरी ८ टोलीको सहभागिता रहेको छ। खेलाडीहरूमध्येमा राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरू पनि छन्। विजेता टोलीले नगद ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट स्कुटर प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित ६१ लाख रुपैयाँ खर्...
नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभा हेटौंडामा हुदैं

नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभा हेटौंडामा हुदैं

Breaking News 2, Uncategorized
हेटौंडा / नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभा आगामी वैशाख छब्बीस गते र सत्ताइस गते हेटौंडामा आयोजना हुँदैछ। यस कार्यक्रममा देशभरका साठी जिल्लाका व्यवसायी, सात प्रदेशका प्रतिनिधि र महासंघको केन्द्रीय नेतृत्व गरी करिब एक हजार व्यवसायी सहभागी हुनेछन्। महासंघका केन्द्रीय उपाध्यक्ष तथा साधारणसभाका संयोजक छतेन्द्र आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिँदै, यस सभाले मोबाइल व्यापारसँग सम्बन्धित अवसर र चुनौतीका विषयमा गहन छलफल गर्ने जानकारी दिए। “अस्वभाविक प्रतिस्पर्धा र त्यसले व्यवसायमा पारिरहेको असरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा खुला र बन्द सत्रमा छलफल हुनेछ,” आचार्यले भने। साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुहुनेछ। कार्यक्रम हेटौंडास्थित रोयल पार्टी प्यालेसमा हुनेछ । आयोजकले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । कार्यक्रमस्थलमा...
हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / खेलकुद पत्रकारिता सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम मंगलबारदेखि हेटौँडामा सुरु भएको छ। बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको तालिमले खेलकुद क्षेत्र सशक्त बनाउन सञ्चारकर्मीहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्र सरकारले प्राथमिकतामा न राख्नु दुःखद भएको उल्लेख गरे। बागमती प्रदेशका ८० प्रतिशत खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेको अवस्थामा खेलकुद मन्त्रालयका लागि ६१ करोड रुपैयाँ मात्रै बजेट तोकिनु दुर्भाग्यपूर्ण भएको बताए। राज्यको चासो कम हुँदा खेलकुद क्षेत्रबाट युवा पलायनसमेत बढिरहेको उल्लेख गरे। प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार खेलकुद क्षेत्रको विकास परम्परागत शैलीबाट सम्भव छैन।...
१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

Breaking News 2, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा । मकवानपुर थाहा नगरपालिकामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेका छन् । १३ बर्षीय छोरीलाई बलात्कार गरेको भन्दै ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ । पीडित छारीले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक–पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ । पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए ।...
मानव सेवा आश्रमले गरेको महायज्ञमा ४ करोड भन्दा बढी रकम संकलन

मानव सेवा आश्रमले गरेको महायज्ञमा ४ करोड भन्दा बढी रकम संकलन

Breaking News 2, अर्थ, प्रमुख समाचार, समाचार
हेटौंडा / महायज्ञ प्रेसमिट हेटौंडा ९ स्थित मानव सेवा आश्रममा चैत्र १७ गते देखि २४ गते सम्म सञ्चालन भएको श्रीमत भागवत ज्ञान महायज्ञमा ४ करोड भन्दा बढी रकम संकलन भएको छ । रोल शनिवार मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजना गर्दै संकलित रकम सार्वजनिक गरेको हो । महाज्ञमा नगद , चेक र क्युवारबाट १ करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ रकम संकलन भएको र प्रतिबद्वता रकम २ करोड ८७ लाख ६२ हजार १ सय २३ रुपैयाँ रहेको सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो । यस्तै सरकारी निकाय, स्थानिय वडा र पालिकाबाट २ करोड ३५ लाख ८७ हजार ३ सय ६६ रुपैयाँ, नारायणी यातायात व्यवसायी सहितका संघ संस्थाहरूबाट १८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, र व्यक्तिगतबाट २९ लाख १९ हजार ५० रुपैयाँ प्रतिबद्धता रकम रहेको सचिव पौडेलले बताउनुभयो । प्रतिबद्धता रकम मध्ये ७ लाख २५ हजार ७ सय २ रुपैंया संकलन भएको उहाँले बताउनुभयो । त्यसैगरी जिन्सि बरा...

पत्रकार महासंघले बुझाए मुख्यमन्त्री र मकवानपुरका जिल्ला प्रमुखलाई ज्ञापनपत्र

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा- नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कार्बाही गर्न माग गरेको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र महाँसंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्बाहीका लागि माग गर्नुभयो । ज्ञापनपत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृह माथी भएको आक्रमण निन्दनीय भएको र दोसीलाई कार्बाही गर्नका लागि लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिकाका माग र पहलकदमी गर्ने समेत माग गर्नु भएको छ । यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार महासंघबाट प्राप्त ज्ञापनपत्र आजै गृहमन्त्रालयमा पठाइने र दोसीलाई कार्बाही गर्नका लाग...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"