हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै, तयारी पूरा
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा उपमहानगरपालिकाको सहयोगमा हुने मेयरकप फुटबल प्रतियोगिता यही शनिबारबाट सुरु हुने भएको छ।
बिहीबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा समितिका सदस्य सुनिल लोप्चनले टिम प्रतिनिधिहरूको उपस्थितिमा गोलाप्रथाबाट खेल तालिका सार्वजनिक गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता हेटौंडा–४ र हेटौंडा–११ को टिमबीच प्रतिस्पर्धा हुनेछ। खेल हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दिउँसो २ बजे सुरु हुने कार्यक्रम छ । प्रतियोगितामा उपमहानगरपालिकाका १९ वटै वडाका टिमहरू सहभागी हुनेछन्। अन्य खेलको समय तालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ । विजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न...







