Breaking News 2

रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै

रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै

Breaking News 2, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, मनोरञ्जन
दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले कोरियाली चाड छुसकको अवसरमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । छुसकको पहिलो दिन सेप्टेम्बर १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । “प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना मुताबिक दक्षिण कोरियामा सक्रिय रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख सोमबारका दिन साझ ६ बजेदेखि 서울시 종로구 종로63-8( 호텔 파노라마) 종각역 3번 출구 स्थित रहेको होटेल पानोरमाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम गर्नेभएको हो । बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। कार्यक्रमको तयारी तिब्र गतिमा भईरहेको आयोजकले ज...
भिमफेदीका मगर कोठामा मृत अवस्थामा फेला

भिमफेदीका मगर कोठामा मृत अवस्थामा फेला

Breaking News 2, समाचार
हेटौंडा / हेटौडा -२ नम्बर स्थित ओम भवन नजिक मणिखाद्यान्न पसल अगाडी आनन्द अग्रवालको घरको दोस्रो तलामा भाडामा बस्दै आएका एक युवक मृत अवस्थामा फेला परेका छन् । भिमफेदी गाउँपालिका वडा नंबर–५ धुसेनी घर भएका २४ वर्षका कृष्ण रुचाल मगर मृत अवस्थामा फेला परेका हुनु । रुचाललार्ई उनी सुत्ने कोठाको भुईमा निजको काकाको छोरी रबिना रुचाल मगरले बेहोस अवस्थामा देखि तत्काल प्रहरीलाई खवर गरेकी थिइन । यस विषयमा थप अनुसंधान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछी सबै जानकारी हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।...
हेटौंडामा सह -योग शिक्षक प्रशिक्षण

हेटौंडामा सह -योग शिक्षक प्रशिक्षण

Breaking News 2, समाचार, स्वास्थ्य
हेटौंडा/ पतन्जलि योग जिल्ला समितिको आयोजनामा हेटौंडामा सह योग शिक्षक प्रशिक्षण सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाको प्रवर्द्धनमा वडाका विभिन्न टोलमा शनिवारदेखि निरन्तर सह योग शिक्षक तालिम सुरु गरिएको हो । तालिममा पतन्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टोनि हेगन स्मृति पार्कका अध्यक्ष इन्द्र नेपाल लगायतले प्रशिक्षण दिने उक्त तालिम निशुल्क रुपमा प्रदान गरिएको हो । मानिसलाइ स्वस्थ बनाउने कार्य भएको हुँदा पतन्जलि योग समिति मकवानपुरले दशकोैदेखि योग साधनाका क्षेत्रमा लागिपरिरहेको अध्यक्ष थापाले यस्तो बताए “प्रतिकुल मौसमका कारण मानिसहरुमा नया नया किसिमका रोग तथा महामारीले चुनौति दिइरहेकोले यसबाट बच्नका लागि योग नै प्रमुख माध्यम हो । “विगत १५ बर्षदेखि निरन्तर पतंजलि योग जिल्ला समिति मकवानपुरबाट योग साधना ध्यान जस्ता प्रशिक्षणहरु विभिन...
सहकारी ठगीमा संलग्न पाँच जनालाई ब्युरो सीआईबीले गरे पक्राउ

सहकारी ठगीमा संलग्न पाँच जनालाई ब्युरो सीआईबीले गरे पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो । सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल लगायत रहेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा बचतकर्ताले जम्मा गरेको १५ करोड,९१ लाख, चार हजार ७३६ रुपैयाँ अपचलन तथा हिनामिना गरेको पाइएको छ ।...
जेसीज कप ब्याडमिन्टन प्रतियोगिता-  देब र नरेन्द्रको टिमले जिते उपाधि 

जेसीज कप ब्याडमिन्टन प्रतियोगिता- देब र नरेन्द्रको टिमले जिते उपाधि 

Breaking News 2, खेलकुद, समाचार
  हेटौंडा /  नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको टिमले जितेकाछन् । शनिबार भएको फाईनल खेलमा संग्राम खत्री र मधुसुदन चौधरी टिमलाई पराजित गरि देब र नरेन्द्रको टिमले उपाधि जितेको हो । शनिबार नै भएको सेमिफाइनल खेलमा देब अर्याल र नरेन्द्र मोक्तानको टिमले र सुवाश थापा र समराज पाख्रीनको टिमलाई पराजित गरि र संग्राम खत्री र मधुसुदन चौधरीको टिमले रामचन्द्र कार्की र बिमल बिष्टको टिमलाई पराजित गरि दुई टिम फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी संग्राम खत्री भएका थिए । उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे । प्रतियोगिताका लागि प्रथम नगद पुरस्कार पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले आफ्ना स्वर्गीय हजुरबुवा रण...
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको दोस्रो अधिवेशन तथा सम्मेलन सम्पन्न

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको दोस्रो अधिवेशन तथा सम्मेलन सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको दोस्रो अधिवेशन तथा सम्मेलन हालै सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित अखण्ड हरि कीर्तन मन्दिरमा आयोजना गरिएको थियो। सम्मेलनले रामकुमार सिलवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष कृष्ण हरि परियार, सचिव मालती विश्वकर्मा र कोषाध्यक्ष रन्जित रम्तेल रहेका छन्। सदस्यहरूमा रामशरण विश्वकर्मा, प्रशान्त सुनार, रविना विश्वकर्मा, सरिना घतानी, कमला सुर्खेती, शारदा सिं सुनार र प्रकृति परियार चयन भएका छन्। यो नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको रहनेछ। सम्मेलनले तीन जना सल्लाहकारहरू पनि मनोनयन गरेको छ। जंगबहादुर विश्वकर्मा, सुनिता दर्नाल र रुपक कालिराज सल्लाहकारका रूपमा चयन भएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका उपाध्यक्ष मन बहादुर विश्वकर्माको प्रमुख ...
हेटौंडामा एलिसा हत्या प्रकरण- हत्यारा आरोपित खान अझै फरार

हेटौंडामा एलिसा हत्या प्रकरण- हत्यारा आरोपित खान अझै फरार

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, समाज
हेटौंडा / मकवानपुरको हेटौँडा–१० मा रहेको रत्न होटल एण्ड लजमा गत सोमबार हेटौंडा–११ थानाभर्याङ्की एलिसा न्यौपानेको रहस्यमय अवस्थामा शव फेला पर्यो । २३ वर्षीया न्यौपानेको हत्यारा आरोपित समीर खानलाई प्रहरीले खोजी गरिरहेका छन् । तर हालसम्म प्रहरीले खानलाई पक्राउ गर्न नसकेपछि तत्काल पक्राउ गर्न परिवारले आग्रह गरेको छ । आइतबार बेलुकी ५ बजेको समयमा प्रेमिका खानसँग गएकी एलिसा सोमबार मृत अवस्थामा फेला परेको थियो । खानले एलिसाकी भाइलाई समेत यसअघि मार्ने धम्की दिएको एलिसाकी भाई अनिश न्यौपानेले बताएका छन् । एलिसाले समिर खान संग आफु राजि खुसी विवाह गरेको बताईएको छ तर विवाह प्रमाण पत्र भने नरहेको परिवारले जनाएको छ । खान पहिले नै विवाहित रहेको एलिसाको परिवारले बताएका छन् ।...
हेटौंडामा  २७ हजार धारा मार्फत साढे तीन करोड लिटर पानी वितरण

हेटौंडामा २७ हजार धारा मार्फत साढे तीन करोड लिटर पानी वितरण

Breaking News 2, समाचार
हेटौंडा / हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड मार्फत २७ हजार वटा धारा मार्फत दैनिक साढे तीन करोड लिटर पानी वितरण भइरहेको छ । बोर्डले आज बितेको आर्थिक वर्ष २०८०।०८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यसका विषयमा जानकारी दिएको हो । पहिले खानेपानीको अभाव हुने गरेको भएपनि अहिले भने पानीको अअभाब हुन नदिनका लागि समवेवहरु निर्माण गर्दै गएको र त्यस अनुसार काम गर्दै गएको खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । अअहिले बोर्डबाट मासिक रुपमा एक करोड १६ लाख रुपैयाँको मासिक बिलिङ हुने गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले बताए । हेटौंडामा रहेका खानेपानीका उपभोक्ता समितिहरुलाई पनि बोर्डमा ल्याउने र उनीहरुलाई पानी वितरणमा सहज बनाउँदै लगिएको बोर्डका सदस्य इन्द्र प्रसाद नेपालले बताए ।...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा /राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिर्जना कला केन्द्रमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घलानले लोक र मौलिकताको संरक्षणमा जोड दिए। उनले भने, ूलोक र मौलिकता जोगाउनु पर्छ। पहिले गीत सुन्न मेला र पर्वमा जानुपर्ने अवस्था थियो, तर अहिले त्यस्तो छैन। यसको संरक्षण गर्ने भूमिका हामी सबैको हो।ू उनले नेपालको सांस्कृतिक धरोहरको रूपमा रहेको लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताए। संस्थाका उपाध्यक्ष चन्द्र बहादुर बजगाईले स्वागत मन्तव्य दिएका थिए भने सचिव काजीमान गोले ९अमर०ले संगठित प्रतिवेदन ...
भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर जिल्ला भेला सम्पन्न 

भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर जिल्ला भेला सम्पन्न 

Breaking News 2, समाचार
हेटौडा / हेटौडा स्थित वृन्दावन रेस्टुरेन्टमा आज भदौ ३ गते भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर भेला एक कार्यक्रम बीच सम्पन्न भएको छ। रौतहट जिल्ला अध्यक्ष विनोद काफ्लेको सहजकर्तामा सञ्चालित उक्त भेलामा केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवीले विवाहित महिलाहरूलाई चुडा, सिन्दुर, लिपिस्टिक आदि सँग माया बस्नु भनेको पुरुष प्रधान समाजको दास्तासँग माया बस्नु हो भन्ने कुरामा सबै सचेत हुन जरुरी छ। महिलाहरुले आफूहरू सँग बिहे गर्दा पुरुषहरुले आफूलाई सिन्दुर हाल्दा आफ्नो बिहे भएको तर पुरुषहरुलाई आफूले केही नहाल्दा पुरुषको बिहे कसरी भएको यसतर्फ पनि तर्क गर्नुपर्ने कुरा राख्नुभयो। श्रीमान श्रीमती आधाआधा भएपछि सबै कुरामा आधा हुने होइन र रु महिला पुरुषको दासी होइन, किन महिलाले श्रीमानको खुट्टा धोएर पिउनुपर्ने रु श्रीमानले श्रीमतीको खुट्टा धोएर पिउँदा के हुन्छ रु किन नपिउने रु अब यस्तो प्रश्न महिलाहरुले गर्न...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"