नेकपा एमालेले हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्ने
हेटौंडा - नेकपा एमाले मकवानपुरले चैत १८ गते ९सोमबार० हेटौंडामा बृहत जागरणसभा आयोजना गर्ने भएको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् ।
जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको हो । जागरणसभा हेटौंडाको बुद्धचोकमा हुनेछ । जागरणसभा भन्दा अगाडि हेटौंडाको चार स्थानबाट विशाल (याली निकालिने भएको एमाले मकवानपुरका अध्यक्ष पोख्रेलले जानकारी दिए । सोमबार बिहान १० बजे पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट (याली निस्किने उनले बताए । गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमाल...



