हेटौंडामा सह -योग शिक्षक प्रशिक्षण
हेटौंडा/ पतन्जलि योग जिल्ला समितिको आयोजनामा हेटौंडामा सह योग शिक्षक प्रशिक्षण सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाको प्रवर्द्धनमा वडाका विभिन्न टोलमा शनिवारदेखि निरन्तर सह योग शिक्षक तालिम सुरु गरिएको हो ।
तालिममा पतन्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टोनि हेगन स्मृति पार्कका अध्यक्ष इन्द्र नेपाल लगायतले प्रशिक्षण दिने उक्त तालिम निशुल्क रुपमा प्रदान गरिएको हो । मानिसलाइ स्वस्थ बनाउने कार्य भएको हुँदा पतन्जलि योग समिति मकवानपुरले दशकोैदेखि योग साधनाका क्षेत्रमा लागिपरिरहेको अध्यक्ष थापाले यस्तो बताए “प्रतिकुल मौसमका कारण मानिसहरुमा नया नया किसिमका रोग तथा महामारीले चुनौति दिइरहेकोले यसबाट बच्नका लागि योग नै प्रमुख माध्यम हो । “विगत १५ बर्षदेखि निरन्तर पतंजलि योग जिल्ला समिति मकवानपुरबाट योग साधना ध्यान जस्ता प्रशिक्षणहरु विभिन...








