मुख्य समाचार

मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ मा भने मतगणना कार्य जारी रहेको छ ।  हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम ३३ हजार ६३४ मत सहित अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले १० हजार ८०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहँदा नेकपा (एमाले) का रामेश्वर राना मगर ले १० हजार ३३७ मत ल्याएका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा ले ७ हजार ९७१, नेपाली कम्युनिष्ट पार्टीका बिजय गौतम ले ७ हजार ५०८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह ले ३ हजार ९३२, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ (महर्जन) ले ९४२, स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई ले ४८० तथा मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा ले १३१ मत प्राप्त गरेका छन् ।...
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा खसेको कुल ९१ हजार २४१ मतमध्ये उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा  एमालेका महेश बर्तौलाले १९ हजार ६२४ मत प्राप्त गरेका छन् । उप्रेतीले बर्तौलाभन्दा १२ हजार १०१ मतान्तरले जित निकालेका हुन् । यसैगरी नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का लवशेर विष्टले १२ हजार ७५४ मत ल्याएका छन् ।...
मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना जारी,  रास्वपाका उम्मेदवार अग्रस्थानमा

मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना जारी, रास्वपाका उम्मेदवार अग्रस्थानमा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । हालसम्मको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दुवै क्षेत्रमा अग्रस्थानमा देखिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले १९ हजार २३५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेकपा (एमाले) का उम्मेदवार रामेश्वर राना मगरले ३ हजार ९९९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २ हजार ३७६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले १ हजार १६१ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र लामाले ७५९ मत प्राप्त गरेका...
संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६ को तयारी अन्तिम चरणमा

संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६ को तयारी अन्तिम चरणमा

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, मुख्य समाचार, समाज
दक्षिण कोरिया। आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाको आयोजनामा हुन लागिएको “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी फेब्रुअरी १ तारिख का दिन “पर्व, संस्कृति, एकताको आधार ! चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमको तयारी लगभग पूरा भएको महासङ्घका अध्यक्ष शुभराज भोम्जन ले जानकारी दिएका छन्। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा शुभकामना आदान–प्रदानका साथै मौलिक परिकार, आदिवासी चाडपर्व तथा संस्कृतिबारे विभिन्न जातीय संस्थाका अध्यक्षहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महासङ्घको ९औँ कार्यसमितिको पहिलो कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपालीहरूलाई सक्रि...
मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ । मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो । यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले...
राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको मुख्यमन्त्री बानियाँको टिप्पणी

राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको मुख्यमन्त्री बानियाँको टिप्पणी

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराए । मुख्यमन्त्री बानियाँले विधि र प्रक्रिया नपु¥याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । निर्माण व्यवसायीहरुलाई बैंकहरुले पनि पछिल्लो समय दुःख दिने गरेको समेत उहाँले उल्लेख गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जानाए । त्यसैगरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कु...
मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / दलित महिला संघ ९फेडो० मकवानपुरले जिल्लाका चार स्थानीय तहमा क्रियाशील ३० वटा दलित महिला समूहलाई उद्यमशीलता विकासका लागि बीउँ पूँजी वितरण गरेको छ । गुरुवबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, बकैया, भीमफेदी र मनहरी गाउँपालिकाका महिला समूहलाई २५–६० हजार रुपैयाँसम्मको बीउँ पूँजी हस्तान्तरण गरिएको हो । फेडोका अनुसार हेटौंडाबाट २० समूह, बकैयाबाट ८ समूह तथा भीमफेदी र मनहरीबाट एक–एक समूहले पूँजी प्राप्त गरेका छन् । उद्यम प्रवद्र्धन कार्यसूची अन्तर्गत ६० हजार र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ सहयोग पुर्‍याइएको सचिव विमला विश्वकर्माले बताउनुभयो । उहाँले प्रत्येक समूहका महिलालाई बीउँ पूँजी वितरण गर्नु अघिसम्म आवश्यक सीप, व्यवसाय योजना र समूह व्यवस्थापन सम्बन्धी तालिम दिइएको जानकारी दिनुभयो । आत्मनिर्भरतातर्फ दलित महिलाको यात्रा फेडोले ...
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाचार
दक्षिण कोरिया / नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको कार्यसमिति, संरक्षक, सल्लाहकार समिति, सम्पूर्ण प्रदेश समाज, ल्ऋऋ विधान मसौदा समिति तथा एनसीसी संस्थागत संरचना समितिको विशेष संयुक्त बैठक भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । दुङदेमुनस्थित निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न उक्त बैठकले संस्थालाई पुनःसंरचना सहित अझ बलियो र सक्रिय बनाउने लक्ष्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले २०२६ जनवरी ४ गते विधान संशोधन भेला आयोजना गर्ने निर्णय गर्नुका साथै तत पस्चात मात्रै अहिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ । ८ संस्थालाई अझ सबल बनाउने प्रतिबद्धता । बैठकमा सहभागीहरूले गौरवशाली इतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरियालाई संस्थागत संरचना, सञ्चालन शैली र संगठनात्मक कोरिया र सदस्यतामा अझ मजबुत बनाउँदै अगाडि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाका पूर्वअध्यक...
मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
हेटौंडा/ समुदाय स्रतमै क्यान्सर परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–४ मा निशुल्क क्यान्सर परीक्षण शिविर आयोजना गरिएको छ । सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा आयोजित उक्त शिविर जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रोटर क्लब अफ मकवानपुर, रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ यलको समन्वयमा सम्पन्न भएको हो । शिविरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भर लाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले महिला तथा पुरुष दुवैका लागि क्यान्सर सम्बन्धी परीक्षण, परामर्श तथा सचेतनामूलक सेवा प्रदान गरेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको कार्यक्रम संयोजक मेनुका दाहालले बताइन् । अघिल...
भारतीय राजदूत श्रीवास्तवद्धारा भौतिक पूर्वाधारमन्त्री  घिसिङलाई पुलका सामग्री हस्तान्तरण

भारतीय राजदूत श्रीवास्तवद्धारा भौतिक पूर्वाधारमन्त्री घिसिङलाई पुलका सामग्री हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / भारत सरकारले बाढी–पहिरो प्रभावित क्षेत्रका सडक सञ्जाल पुनःस्थापना गर्न नेपाललाई यस वर्ष पनि १० वटा बेलीब्रीज उपलब्ध गराएको छ । हेटौंडास्थित सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई पुलका सामग्री प्रतीकात्मक रूपमा हस्तान्तरण गर्नुभयो । राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको ऐतिहासिक र सहयोगी सम्बन्धलाई उल्लेख गर्दै पूर्वाधार विकासमा भारतको निरन्तर सहयोग रहने बताए । मन्त्री घिसिङले गत वर्ष उपलब्ध गराइएका बेलीब्रीजकै कारण बाढी–पहिरो प्रभावित राजमार्ग छिट्टै सञ्चालनमा ल्याउन सहयोग पुगेको बताए । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका ती पुल ७० मिटरभन्दा बढी लम्बाइ र ५.२५ मिटर चौडाइका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार तत्कालै ४ स्थानमा जडानको तयारी सुरु भएको छ । उपलब्ध १० मध्ये हाल एक म...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"